समाचार

तनहुँमा वार्षिक १७ लाख लिटर दूध बिक्री

तनहुँ। जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ तनहुँले वार्षिक १७ लाख लिटर दूध बिक्री गर्ने गरेको छ । व्यास नगरपालिका–११ रानीगाउँस्थित कार्यालय रहेको सङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । सङ्घले यसबाट दुग्ध उत्पादक कृषकलाई वर्षिक रु. १० करोड प्रदान गर्ने गरेको छ । सङ्का अनुसार एक हजार एक सय ५४ कृषक दुग्ध […]

वन्यजन्तु बढेपछि किसान हैरान

महोत्तरी। “न खेतबारीको बाली भन्न पाइन्छ, न घरको मकैको थाक्रो”, बँदेल, दुम्सी, निलगाई र बाँदर सताएपछि वीरक्तिँदै महोत्तरी बर्दिबास–५ की राधा उपाध्याय भन्नुहुन्छ, “यो बालीनाली यिनलाई नै लगाइदिएजस्तै भयो ।” खेतबारीको बालीनाली खाएर नपुगेर बाँदरले घरआँगनका थाक्रामा झुत्याएर राखिएको मकै पनि उधिनेर दिक्क बनाएको ६५ वर्षीया राधाको बिलौना छ । खेतबारीमा बाँदर, निलगाई र बँदेलले […]

श्रम ऐन कार्यान्वयन नहुँदा चिया श्रमिक मारमा

झापा। बिहानीको सुरुआतसँगै चियाको चुस्कीमा मीठो अनभूति गर्ने आम आदत भइसकेको छ । त्यही चियाको बिरुवा हुर्काउनेदेखि कारखानामा पसिना बगाउने श्रमिकका लागि भने श्रम ऐन र सामाजिक सुरक्षा कोष ऐन कार्यान्वयन नहुँदा चियाको विषय अमिलो अनुभूति हुने गरेको छ । खासगरी पूर्वी नेपालमा उत्पादन हुने चिया बगान र उद्योगमा ८० हजार बढी श्रमिक कार्यरत छन् […]

‘ढकमक्क फूलको बगैँचाले आनन्द दिन्छ’

ललितपुर। विगत १० वर्षदेखि सङ्घीय संसद् सचिवालय भित्रको काम छोडेर फूलबारीको स्याहार सुसारलाई रोज्नुभयो वसन्त गिरीले । चावाहिल स्थायी ठेगाना भएका उहाँले फूलबारीको मोहले आफूखुसी काम परिवर्तन गरेको बताउनुभयो । तीन वर्षसम्म कार्यालय सहयोगीका रुपमा सेवारत उहाँ सचिवालयमा करार सेवाको कर्मचारी हुनुहुन्छ । वातावरण अनुकूलको फूलहरुको विरुवा माग गरी केही बिरुवा नर्सरीबाट त केही फूलबारीकै […]

विदेशको कमाइ स्वदेशमा लगानी

गलकोट। बागलुङ नगरपालिका–३ खहरेस्थित सिमलचौरका खड्क केसीलाई जापानको राम्रो कमाई र व्यवसाय छोडेर गाउँको माटोले तान्यो । १२ वर्षको विदेश बसाइलाई बिट मारेर गाउँ फर्कनुभएका उहाँले स्वदेशको आफ्नै माटोमा केही गर्ने लक्ष्यका साथ कृषिसँगै ‘ एग्रो रिसोर्ट’मा लगानी गर्नुभएको छ । ९ वर्ष अघिदेखि सञ्चालनमा ल्याएको पशुपालनलाई उहाँले हालै रिसोर्टमा परिमार्जन गर्दै लगानी विस्तार गर्नुभएको […]

माछा पालक कृषकलाई अचार बनाउने तालिम

देउखुरी। माछापालनमा नेपालकै उत्कृष्ट मानिएको रुपन्देहीको छपियामा माछाको सीपमूलक अचार बनाउने तालिम सञ्चालन गरिएको छ । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत स्थानीय माछा पालक कृषकलाई सीपमूलक अचार बनाउने तालिम प्रदान गरिएको हो । तालिममा गाउँपालिका उपाध्यक्ष तारा थारूले सीपलाई व्यावसायिक रुपमा प्रयोग गर्नसके माछापालनबाट व्यवसायी बन्न […]

बन्दीपुरमा ‘रैथाने बाली र मकै प्रवद्र्धन’ कार्यक्रम

तनहुँ। बन्दीपुर गाउँपालिकाले रैथाने बाली र मकै प्रवद्र्धन कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ । रैथाने बालीको संरक्षण तथा मकै प्रवद्र्धनका लागि कृषकलाई प्रोत्साहन गर्न गाउँपालिकाले यस किसिमको कार्यक्रम ल्याएको हो । आर्थिक वर्ष २०७९/८० का लागि नेपाल सरकारको ससर्त अनुदानअन्तर्गत वार्षिक स्वीकृत कार्यक्रमअनुसार कृषकसँग आवेदन माग गरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । […]

तरकारी खेतीले फेरिएको जिन्दगी

सुन्दरहरैँचा। मोरङ सुन्दरहरैँचा नगरपालिका–११ स्थित शुक्रबारेका कृषक मोहनलाल श्रेष्ठले २५ वर्षदेखि निरन्तररूपमा व्यावसायिक तरकारी खेतीमा सक्रिय रहेर मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । पाँच दशकअघि सामान्य किसान परिवारमा जन्मनुभएका मोहनलालले न्यू दीपा कृषि फार्म दर्ता गरेर व्यावसायिकरुपमा कृषि पेसा अपनाउनुभएको हो । उहाँले कृषि विकास बैंकबाट रु. ६० हजार ऋण गरी तरकारी खेती सुरू […]

बजार अभावले बङ्गुरपालन व्यवसाय चौपट

उर्लाबारी। अठार वर्ष वैदेशिक रोजगारीमा रहेर पसिना बगाउनुभएका मोरङको उर्लाबारी–९ का रमेश सुन्दास मेहनत गरे देशमै आफ्नै देशमा आम्दानी गर्न सकिन्छ भन्ने उद्देश्य बोकेर करिब पाँच वर्ष अघि नेपाल फर्किनुभयो । उहाँले आयआर्जन हुने विभिन्न उपाय खोजी गर्ने क्रममा पारिवारिक सहमतिमा बङ्गुरपालन व्यवसाय थाल्नुभयो । सुरुआतमा सुन्दासले वैदेशिक रोजगारीमा आर्जन गरेको धनबाट व्यवसाय स्थापना गर्ने […]

कौसी खेतीबाट व्यवसायलाई टेवा

गण्डकी। दृढ इच्छाशक्तिसँगै लगनशीलता हुने हो भने तरकारी खेतीका लागि जग्गा नै चाहिन्छ भन्ने छैन । घरको छातमा पनि राम्रो उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ यहाँकी होटल व्यवसायी डिलमाया कार्की । पोखरा महानगरपालिका–१७ आँखा अस्पताल चोकमा होटल व्यवसाय गर्दै आउनुभएकी कार्कीले कौसीमा तरकारी खेती गरेर थप आम्दानी गर्नुभएको छ । उहाँ यस क्षेत्रका […]