समाचार

बाँझो जग्गामा सामूहिक आलु खेती

बेनी। म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङको मरेनीमा २० वर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयवासीले व्यावसायिक सामूहिक आलु खेती सुरु गरेका छन् । लगनशील बहुउद्देश्यीय कृषक समूहले मरेनीमा ४४ रोपनी जग्गामा झाडी फडानी गरेर आलु खेती विस्तार गरेका हुन् । एक महिनादेखि बाँझो जग्गाको झाडी फँडानी गर्ने काम सुरु गरिएकोमा खनजोत सकेर आलु लगाइएको समूहका अध्यक्ष गौसरा विकले […]

हिमपात नहुँदा भोकमरीको जोखिम

बझाङ। सुर्मा गाउँपालिका–१ दौलिचौरका राजेन्द्रबहादुर बुढा खेतबारीमा हेर्दै टोलाउनुहुन्छ । मङ्सिरमा छरेको गहुँ फागुनको मध्यतिर पनि नउठेपछि आउँदो वर्ष खाद्य सङ्कट हुने भन्दै चिन्ता व्यक्त गर्नुहुन्छ । जिल्लाको लेकाली भेगमा पुसको महिनामा बाक्लो हिमपात भएपछि माघ–फागुनमा गहुँ हुर्किसक्थ्यो । खेतबारी नै हरियाली हुन्थ्यो । बुढा भन्नुहुन्छ, “यो सिजनमा त गहुँले चारैतिर हरियाली हुन्थ्यो । खेत […]

रोगको प्रकोपले सुक्न थाले केराका बोट

गलेश्वर। विगत दुई वर्षदेखि म्याग्दीमा गरिएको व्यावसायिक केरा खेतीमा देखिएको गवारो रोगको प्रकोप नियन्त्रण हुन नसक्दा केरा खेती सुकेर खेर गएको छ । धान फल्ने खेत मासेर गरिएको केरा खेतीमा रोग लागेपछि किसान चिन्तित छन् । केरामा खपटे घुन र गवारो रोगको प्रकोपका कारण बोट तथा पात सुक्ने, कोसा पोटिलो नहुने रोग देखिएको छ । […]

फोहरलाई मोहर बनाउने परियोजनाले जगायो आशा

झापा। झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडसहित तीन नगरपालिकाले सहलगानीमा फोहरमैला व्यवस्थापन गर्ने बायोग्यास परियोजना निर्माण गरेका छन् । निर्माणको अन्तिम चरणमा रहेको परियोजना केही महिनाभित्रै सञ्चालनमा आउने तयारीमा छ । जिल्लाको मध्यभागमा रहेको विर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिका परियोजनामा जुटेका हुन् । चार वर्षदेखि निरन्तर निर्माण भइरहेको परियोजना कनकाई नगरपालिका–२ को सुकेडाँगीमा रहेको छ । […]

सात महिनामा चौध गैँडा मरे

चितवन। चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा गरी चालु आर्थिक वर्ष २०७९/८० को फागुन ९ गतेसम्ममा १४ गैँडा मरेका छन् । निकुञ्ज क्षेत्रमा १२ तथा ण्वन क्षेत्रमा दुई गैँडा मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आवमा चोरी सिकारीले तीन गैँडा मरेका छन् । जसमध्ये दुई निकुञ्ज क्षेत्रमा र एउटा वन क्षेत्रमा […]

गुल्मीमा राँगाको तथ्याङ्क सङ्कलन गरिँदै

रेसुङ्गा। गुल्मीमा राँगाको तथ्याङ्क सङ्कलन गरिने भएको छ । भैँसीपालनलाई थप व्यवस्थित गर्नका लागि सत्यवती गाउँपालिकाले राँगाको तथ्याङ्क सङ्कलन गर्न लागेको हो । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद खनालका अनुसार यसबारे गाउँपालिकाले किसानसँग छलफल गरिरहेको छ । राँगा पाल्ने तीन किसानलाई रु. तीन हजारसहित सम्मानसमेत गरिएको खनालले बताउनुभयो । “राँगाको यथेष्ट तथ्याङ्क सङ्कलन गरी योजना […]

खडेरीका कारण हिउँदे बालीको उत्पादन घट्यो

पर्वत। लामो समयदेखि वर्षा नहुँदा पर्वतमा हिउँदे बालीनाली प्रभावित बनेका छन् । झन्डै पाँच महिनासम्म वर्षा नहुँदा कृषकहरुले लगाएको आलु, गहुँ, जौ, तोरी लगायतका हिउँदे खेतीको उत्पादन ह्वात्तै घटेको पाइएको छ । पर्वतमा यतिबेला खेतमा मकैबाली लगाउने बेला भएको छ । तर वर्षा नहुँदा धान काटेपछि बाँझै रहेको खेत जोत्नसमेत नपाएको कृषकहरुले गुनासो गरेका छन् […]

किसानलाई जानकारी दिन डिजिटल मेसिन

झापा। कनकाई नगरपालिकाले किसानलाई मोबाइल एपमार्फत कृषिसम्बन्धी जानकारी दिने उद्देश्यले डिजिटल मेसिन जडान गरेको छ । हेफर नेपालले नगरपालिकालाई सो डिजिटल मेसिन प्रदान गरेको हो । मेसिनको प्रयोगमार्फत किसानलाई पालिकाले डिजिटल प्रविधिमा जोडेको हो । स्थानीयस्तरमा रहेका किसानलाई कृषि सूचना प्रविधिमा पहुँच बढाइ कृषि उत्पादन र किसानको उत्पादकत्व बढाउने उद्देश्यका साथ कनकाई नगरपालिकालाई डिजिटल मेसिन […]

योजना बनाउनुपूर्व किसानसँग छलफल

बलेवा। कृषि तथा पशुजन्य उत्पादन वृद्धि र बजारीकरणका लागि बागलुङको बरेङ गाउँपालिकाले किसानसँग छलफल थालेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउनुपूर्व किसानसँग छलफल थालेको हो । किसानका समस्या एकातर्फ र गाउँपालिकाको बजेट तथा कार्यक्रम अर्कोतर्फ हुने गरेकाले किसानका समस्या पहिचान गर्न छलफल थालिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । […]

पाखो जमिनमा गरिएको अम्रिसो खेती आयआर्जनको माध्यम

गलेश्वर। म्याग्दीका ग्रामीण भेगका किसानलाई भिरालो जमिन, पाखो र खेतबारीका डिलमा लगाइने अम्रिसो आम्दानीको बलियो स्रोत बनेको छ । पछिल्लो समय अम्रिसोको मूल्य वृद्धि हुँदै गएपछि यहाँका किसान उत्साही भएका छन् । दुई वर्षअघि प्रतिकिलो रु. ४० का दरले मुस्किलले बिक्री हुने गरेको अम्रिसो अहिले प्रतिकेजी रु. एक सय २५ मा बिक्री हुन थालेपछि यहाँका […]