समाचार

वर्षा नहुँदा अलैँचीका बोट सुक्न थाले

ताप्लेजुङ। पर्याप्त वर्षा नहुँदा नगदेबालीका रूपमा रहेको अलैँचीका बोट सुक्न थालेका छन् । ताप्लेजुङका ग्रामीण क्षेत्रमा लगाइएको अलैँची खेती सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । यस वर्ष पर्याप्त वर्षा नहुँदा र लामो समय खडेरी परेका कारण अलैँचीका बोट सुक्न थालेका किसानले बताएका छन् । सिरीजङ्घा गाउँपालिका–७ खेवाङका गङ्गाराम भट्टराईले यस वर्ष पाइप तथा कुलोबाट […]

व्यासमा कृषकलाई मकैको बीउ वितरण

तनहुँ। तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको छ मेट्रिक टन मकैको बीउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा उक्त बीउ उपलब्ध गराएको हो । व्यासका चौधवटै वडाका कृषकलाई मकैको बीउ वितरण गरिएको हो । कृषकलाई अरुण–२, रामपुर कम्पोजिट, मनकामना–३ लगायत जातको मकैको बीउ वितरण गरिएको व्यास कृषि शाखाका कृषि अधिकृत प्रतिमा बगालेले जानकारी […]

कृषिमा प्रविधिको प्रयोग बढ्दो

गलेश्वर। कृषिमा यान्त्रीकरण भएपछि म्याग्दीका किसानको बाली उत्पादनमा वृद्धि भएको छ । परम्परागतरुपमा जोत्दै आएको खेतबारीलाई आधुनिक यन्त्रको प्रयोग गर्दा कम लागतमा उत्पादनमा वृद्धि भएको किसानको भनाइ छ । किसानको धेरै समय खेतबारी खनजोतमा नलाग्ने र काम गर्न सहज हुने भएपछि यान्त्रीकरणतर्फ किसानको आकर्षण बढेको छ । बेनी नगरपालिका–२ खवराका अगुवा कृषक चन्द्रबहादुर कार्कीले पुर्खौंदेखि […]

सुदूरपश्चिममा कृषि उत्पादन बढ्यो

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षमा कृषि क्षेत्रको उत्पादन र उत्पादकत्वमा वृद्धि भएको छ । खेती गर्ने तरिकामा सुधार गरी किसान व्यावसायिक बन्न थालेपछि कृषिजन्य उत्पादनमा वृद्धि भएको हो । कृषि निर्देशनालय दीपायलका निर्देशक यज्ञराज जोशीले कृषिजन्य उत्पादन दुई प्रतिशतले बढेको जानकारी दिनुभयो । “कृषिजन्य उत्पादन दुई प्रतिशतले बढेको छ, फलफूल उत्पादनमा पनि उल्लेखनीय सुधार आएको […]

वयस्क भाले गैँडा मृत फेला

नवलपुर। चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा एउटा वयस्क भाले गैँडा मृत भेटिएको छ । निकुञ्जको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा पर्ने अमलटारी क्षेत्र अन्तर्गत सेहरी पोष्ट नजिक २० वर्षीय भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीले बुधबार बिहान गस्ती टोलीले निकुञ्जको मुख्य क्षेत्रमा मृत गैँडा फेला […]

बदाम खेतीबाट राम्रो आम्दानी गर्दै नारु

बझाङ। खप्तडछान्ना गाउँपालिका वडा नं. ५ कालुखेतीका गिरीले बदाम खेती गर्न थालेको दुई दशक भइसक्यो । विसं २०५८/५९ सालतिर खानेपानी कार्यालय बाजुराबाट फर्किएपछि व्यावसायिक रूपमा कृषिखेती सुरु गर्नुभएका गिरीले मौसमी तरकारी, उन्नत जातको खाद्यबाली आफैँ पटक–पटक परीक्षण गर्दै खेती बढाउनुभएको हो । व्यावसायिक रूपमा बदाम खेती गर्ने एक्ला किसान हुनुहुन्छ, नारु गिरी । विभिन्न तरकारी, […]

आँप र लिचीका बोटमा झपक्क मञ्जर

महोत्तरी। यसपाली फलफूलखेती गर्ने किसानको मुहारमा खुसी छाएको छ । आँप, लिचीलगायतका फलका बोटमा झपक्क मञ्जर लागेपछि उनीहरु रमाएका हुन् । बगैँचामा आँप र लिचीका बोटका हाँगा मज्जरको भारले लपक्क नुहेका देखिन्छ । फलफूल खेतीमा राजा मानिने आँपमा पात नै नदेखिने गरी बोटमा मज्जर लागेको छ । त्यसैगरी लिचीका बोट पनि राम्ररी फुलेका छन् । बगैँचामा […]

कृषकलाई डेढ करोड अनुदान

म्याग्दी। कृषि ज्ञान केन्द्र म्याग्दीले चालु आर्थिक वर्ष २०७९/८० मा रु डेढ करोडभन्दा बढी अनुदान वितरण गर्न फार्म, समूह र सहकारी छनोट गरेको छ । रु. एक करोड ५१ लाख बजेट विनियोजन भएको १० वटा अनुदानका कार्यक्रममा छनोट भएका कृषि फार्म, सहकारी र समूहसँग सम्झौता थालिएको केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख किरण सिग्देलले ९२ […]

लोमान्थाङमा हिमपात, तल्लो मुस्ताङमा वर्षा

म्याग्दी। उपल्लो मुस्ताङको लोमान्थाङमा आज बिहानदेखि हिमपात भएको छ । मुस्ताङमा यो वर्ष पहिलो पटक हिउँ परेको हो । जिल्ला सदरमुकाम जोमसोमलगायत तल्लो मुस्ताङमा भने वर्षा भएको छ । लोमान्थाङका छिरिङ वाङ्दी गुरुङले यो वर्षको पहिलो पटक हिउँ परेको बताउनुभयो । मार्फामा रहनुभएका घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले तल्लो क्षेत्रमा पानी परिरहेको र डाँडामा हिउँ […]

रामपुरका किसानलाई आलु स्याहार्ने चटारो

रामपुर। खेतमा उत्पादन भएको आलु खन्ने चटारोले यमकान्ती गौतमलाई भ्याइनभ्याई छ । लामो समयदेखि आलु उत्पादन गर्दै आउनुभएकी उहाँ यतिबेला आलु खन्ने र भण्डारण गर्ने कार्यमा व्यस्त हुनुहुन्छ । रामपुर नगरपालिका–७ का अगुवा किसान गौतम यस क्षेत्रमा आलु उत्पादन गर्ने किसानमध्ये उहाँ अगपङ्क्तिमा हुनुहुन्छ । बीउ तथा खायन आलु उत्पादन गर्ने गौतम अहिले साढे सात […]