समाचार

खोरेत मुक्त अभियान सञ्चालन गरिँदै

चितवन। जिल्लाका दुई वडामा खोरेत रोग मुक्त अभियानको तयारी गरिएको छ । भरतपुर महानगरपालिका–६ र रत्ननगर नगरपालिका–१२ मा सो अभियान सञ्चालन गर्न लागिएको हो । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरले दुई वडालाई खोरेत रोग मुक्त अभियान सञ्चालनको लागि काम सुरु गरेको हो । कार्यालयका सूचना अधिकारी डा प्रभात न्यौपानेका अनुसार दुई पालिकाका दुई […]

रोङमा व्यावसायिक गुन्द्रुक उत्पादन

मङ्गलबारे। इलामको रोङ गाउँपालिकामा व्यावसायिक गुन्द्रुक उत्पादन थालिएकोे छ । गाउँपालिकाको पहलमा नै गुन्द्रुकको उत्पादन सुरु गरिएको हो । गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले पालिकावासीले उत्पादन गरेको मुला र रायोको सागबाट व्यावसायिक रुपमा गुन्द्रुक उत्पादन थालिएको बताउनुभयो । उहाँले ‘ब्रान्डिङ’ गरेर बजारमा लैजाने तयारी भइरहेको जानकारी समेत दिनुभयो । प्रायः भान्सामा अमिलो खाद्य पदार्थ बढी […]

सामूहिक लगानीमा सूर्यमुखी फूलखेती

घोराही। दाङको तुलसीपुर उपमहानगरपालिका–१४ पन्ननपुरमा व्यावसायिक सूर्यमुखी फूलको खेती फस्टाएको छ । स्थानीय तीर्थराज केसीसहित पाँच जनाको सामूहिक लगानीमा थालिएको सूर्यमुखी फूलको खेती फस्टाउँदै गएको हो । कृषि पेसामा केही नयाँ गर्ने सोचका साथ यो व्यवसाय सुरु गरिएको केसीले बताउनुभयो । “अहिले स्थानीय तथा अन्य वडाका नागरिक फूलको सौन्दर्य हेर्न, फोटो खिच्न र टिकटक बनाउन […]

ताप्लेजुङमा अलैँचीका बोट सुक्न थाले

फुङ्लिङ। ताप्लेजुङमा अलैँचीका बगान हरिया हुनुपर्नेमा राताम्य भएर बोट ढलिरहेका देखिन्छन । अलैँचीका बोट सुकेर बगान सोत्तर भएका छन् । अलैँची बगानमा डढेलोको जोखिम पनि उत्तिकै छ । फक्ताङलुङ गाउँपालिका–५ तापेथोकका कृषक सुशन लिम्बूले लगाएको अलैँची बगानको अवस्था यस्तै रहेको छ । कुनै समयमा कालो सुनको उपनामले परिचित अलैँची अहिले बगानमै सुक्न थालेको छ । […]

गाउँमा मौरीपालनमै रमाएका छन् वाग्ले

दमौली। तनहुँको शुक्लागण्डकी नगरपालिका–१ नयाँगाउँका ३२ वर्षीय सुरज वाग्लेलाई कहिल्यै विदेश जान मन लागेन । विदेशमा गर्ने दुःख स्वदेशमै गरे पर्याप्त आम्दानी हुने र सन्तुष्टि मिल्नेमा उहाँ विश्वस्त हुनुहुन्छ । त्यसैले विदेश जानुको साटो वाग्लेले तीन वर्षअघि मौरीपालन व्यवसाय थाल्नुभएको हो । मौरीपालनबाट उहाँले मनग्य आम्दानी गर्दै आउनुभएको छ । “विदेशमा गर्ने दुःख स्वदेशमा नै […]

चापाकोटका किसान सामूहिक आलु खेतीमा

वालिङ। स्याङ्जाको चापाकोट नगरपालिकाका किसानले सामूहिकरुपमा आलु उत्पादन गरेका छन् । जिल्लाकै समथर र आलु उत्पादनका दृष्टिले उर्वरभूमि चापाकोटका किसानले समूहमार्फत लगाएको आलु यतिबेला भित्र्याउने बेला भएको छ । चापाकोट नगरपालिकाका–८, ९ र १० का विभिन्न ठाउँमा सामूहिक रुपमा आलु खेती गरिएको हो । एक्ला एक्लैभन्दा पनि सामूहिकरुपमा आलु खेती गर्दा काम गर्न पनि सहज […]

च्याउको बजार खोज्दै तुलसा

दाङ। गरे के हुँदैन ? भन्ने भनाइ नेपाली समाजमा निकै सुनिन्छ । तर काम गरेर देखाउनेको सङख्या भने निकै कम हुन्छ । तर सामान्य काममा पनि निरन्तरको मेहनत र लगाव हुने हो भने स्वदेशमै पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ दाङ तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरकी ५८ वर्षे तुलसा बुढा मगर । पछिल्लो डेढ […]

आजको मौसम : मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

ललितपुर। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार प्रि–मनसु गतिविधि सक्रिय रहेकाले पछिल्ला दिनमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ । “प्रि–मनसुन भनेको मनसुनअघिको समय हो, […]

जङ्गली जनावरबाट खेती जोगाउन तारजाली वितरण

अर्घाखाँची। जङ्गली जनावरले खेतबारीमा लगाएको अन्नबाली, तरकारी तथा फलफूल खानएर दुःख दिन थालेपछि अर्घाखाँचीको धातिवाङमा जङ्गली जन्तुको नियन्त्रण गर्न तारजाली वितरण गरिएको छ । बाँदर, बँदेल, दुम्सी, खरायोलगायत चराचुरुङ्गीले खेतबारीमा लगाएको अन्नबाली खाँदा कृषक हैरान भएकाले पाणिनी–६ धातिवाङमा ९८ कृषकलाई तारजाली वितरण गरिएको वडाध्यक्ष कृष्णप्रसाद पौडेलले बताउनुभयो । रैथाने बालीका रुपमा रहेको मकै, गहुँलगायतका सबै […]

चैते धान खेती विस्तार गरिँदै

टीकापुर। कैलालीमा यस वर्ष एक हजार एक सय हेक्टरमा चैते धान खेती विस्तार हुँदैछ । कृषि ज्ञान केन्द्र कैलाली, स्थानीय सरकार र रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फको सहयोग तथा किसानको आफ्नै पहलमा उक्त क्षेत्रफलमा चैते धान खेती गर्न थालिएको हो । कृषि ज्ञान केन्द्र कैलालीको अनुदान सहयोगमा विभिन्न २२ वटा कृषक, कृषि सहकारी र […]