समाचार

लामो समयपछिको वर्षाले किसान खुसी

मङ्गलबारे। लामो समयपछि पानी परेपछि इलामका किसान खुसी भएका छन् । हिजो साँझदेखी रातिसम्म पानी परेकाले किसान खुसी भएका हुन् । असोजको पहिलो हप्तादेखि पानी नपरेकामा हिजो साँझदेखि रातिसम्म पानी परेको थियो । पानी परेपछि अलैँची र चिया किसानले ठूलो राहत महसुस गरेका छन् । आलु, तोरी तथा तरकारी लगाएका किसानले पनि लामो समय पछिको […]

चमेराको जीवनचक्र सङ्कटमा

लुम्बिनी। जैविक विविधताका लागि उपयोगी चमेराको जीवनचक्र सङ्कटमा परेको छ । यो उड्नसक्ने एकमात्र स्तनधारी प्राणी हो । मुन्टोे तल पारी रुख, गुफा, घरका छाना आदि ठाउँमा झुन्डिएर रहेको देखिने चमेरो प्रजाति विस्तारै हराउँदै गएको छ । पृथ्वीको खाद्यचक्र, पारिस्थितिकीय प्रणाली र वातावरण सन्तुलनका लागि निकै महत्वपूर्ण मानिने स्तनधारी प्राणीमध्येका एक प्रजाति चमेरा लोपोन्मुख अवस्थामा […]

रित्ता घर रुँगेर बसेको आर्थर डाँडाखर्क गाउँ

कुश्मा। सदरमुकाम कुश्मादेखि बसमा कच्ची सडक हुँदै डेढ घण्टाको दूरीमा पुग्न सकिने सुन्दर र रमणीय गुरुङ गाउँ छ आर्थर डाँडाखर्क । गाउँमा बिजुली, घरघरमा खानेपानीको धारो, अङ्ग्रेजी माध्यमको पठनपाठन, स्तरोन्नति पर्खदै गरेको स्वास्थ्यचौकी र पक्की हुने क्रममा रहेको चाक्ला ग्राभेलिङ सडकले गाउँमा भौतिक विकास हुँदै गएको सङ्केत गर्छ । तर, यति हुँदाहुँदै पनि गाउँमा मान्छे […]

लालबन्दीबाट एक अर्बको तरकारी निकासी

सर्लाही। सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब बढीको तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले गत साउन १ देखि माघ मसान्तसम्ममा तरकारी निकासीबाट रु एक अर्ब ६६ लाख ६३ हजार तीन सय ५० रकम आर्जन गरेको समितिका व्यवस्थापक शम्भु […]

बाँझो जग्गामा सामूहिक आलु खेती

बेनी। म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङको मरेनीमा २० वर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयवासीले व्यावसायिक सामूहिक आलु खेती सुरु गरेका छन् । लगनशील बहुउद्देश्यीय कृषक समूहले मरेनीमा ४४ रोपनी जग्गामा झाडी फडानी गरेर आलु खेती विस्तार गरेका हुन् । एक महिनादेखि बाँझो जग्गाको झाडी फँडानी गर्ने काम सुरु गरिएकोमा खनजोत सकेर आलु लगाइएको समूहका अध्यक्ष गौसरा विकले […]

हिमपात नहुँदा भोकमरीको जोखिम

बझाङ। सुर्मा गाउँपालिका–१ दौलिचौरका राजेन्द्रबहादुर बुढा खेतबारीमा हेर्दै टोलाउनुहुन्छ । मङ्सिरमा छरेको गहुँ फागुनको मध्यतिर पनि नउठेपछि आउँदो वर्ष खाद्य सङ्कट हुने भन्दै चिन्ता व्यक्त गर्नुहुन्छ । जिल्लाको लेकाली भेगमा पुसको महिनामा बाक्लो हिमपात भएपछि माघ–फागुनमा गहुँ हुर्किसक्थ्यो । खेतबारी नै हरियाली हुन्थ्यो । बुढा भन्नुहुन्छ, “यो सिजनमा त गहुँले चारैतिर हरियाली हुन्थ्यो । खेत […]

रोगको प्रकोपले सुक्न थाले केराका बोट

गलेश्वर। विगत दुई वर्षदेखि म्याग्दीमा गरिएको व्यावसायिक केरा खेतीमा देखिएको गवारो रोगको प्रकोप नियन्त्रण हुन नसक्दा केरा खेती सुकेर खेर गएको छ । धान फल्ने खेत मासेर गरिएको केरा खेतीमा रोग लागेपछि किसान चिन्तित छन् । केरामा खपटे घुन र गवारो रोगको प्रकोपका कारण बोट तथा पात सुक्ने, कोसा पोटिलो नहुने रोग देखिएको छ । […]

फोहरलाई मोहर बनाउने परियोजनाले जगायो आशा

झापा। झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडसहित तीन नगरपालिकाले सहलगानीमा फोहरमैला व्यवस्थापन गर्ने बायोग्यास परियोजना निर्माण गरेका छन् । निर्माणको अन्तिम चरणमा रहेको परियोजना केही महिनाभित्रै सञ्चालनमा आउने तयारीमा छ । जिल्लाको मध्यभागमा रहेको विर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिका परियोजनामा जुटेका हुन् । चार वर्षदेखि निरन्तर निर्माण भइरहेको परियोजना कनकाई नगरपालिका–२ को सुकेडाँगीमा रहेको छ । […]

सात महिनामा चौध गैँडा मरे

चितवन। चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा गरी चालु आर्थिक वर्ष २०७९/८० को फागुन ९ गतेसम्ममा १४ गैँडा मरेका छन् । निकुञ्ज क्षेत्रमा १२ तथा ण्वन क्षेत्रमा दुई गैँडा मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आवमा चोरी सिकारीले तीन गैँडा मरेका छन् । जसमध्ये दुई निकुञ्ज क्षेत्रमा र एउटा वन क्षेत्रमा […]

गुल्मीमा राँगाको तथ्याङ्क सङ्कलन गरिँदै

रेसुङ्गा। गुल्मीमा राँगाको तथ्याङ्क सङ्कलन गरिने भएको छ । भैँसीपालनलाई थप व्यवस्थित गर्नका लागि सत्यवती गाउँपालिकाले राँगाको तथ्याङ्क सङ्कलन गर्न लागेको हो । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद खनालका अनुसार यसबारे गाउँपालिकाले किसानसँग छलफल गरिरहेको छ । राँगा पाल्ने तीन किसानलाई रु. तीन हजारसहित सम्मानसमेत गरिएको खनालले बताउनुभयो । “राँगाको यथेष्ट तथ्याङ्क सङ्कलन गरी योजना […]