समाचार

आलु महोत्सवमा पाँच करोडको आलु बिक्री

गण्डकी। आलु गाउँको नामले परिचित हेमजा आलु महोत्सव रु. पाँच करोड बराबरको कारोबार गर्दै सम्पन्न भएको छ । गत चैत २६ गतेदेखि सुरुआत भएको ११ औँ संस्करणको राष्ट्रिय हेमजा महोत्सवमा ८० टन आलु बिक्री हुँदा रु. पाँच करोडको कारोबार भएको हो । हेमजाको आलु छिटो पाक्ने, विषादी कम प्रयोग हुने तथा स्वादिष्ट रहेकाले त्यहाँ उत्पादित […]

पहाडी जिल्लामा बाँदर आतङ्क रोक्न सांसदको माग

ललितपुर। प्रतिनिधिसभाका सांसदहरुले मुलुकभरका पहाडी जिल्लामा बाँदरले किसानका बालीनाली सखाप गरी दुःख दिएको भन्दै समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद रामहरि खतिवडाले पहाडी जिल्लामा बाँदरले किसानलाई दुःख दिएर आतङ्क मच्चाइरहेको बताउँदै समाधानका लागि आग्रह गर्नुभयो । उहाँले बाँदरको व्यावसायिक व्यापार गर्न र निर्यात गर्न सकिने बारेमा सोच्ने […]

वनस्पति उद्यान तथा अनुसन्धानमा पर्यटकको आकर्षण

ललितपुर।गोदावरीको वनस्पति उद्यान तथा अनुसन्धान केन्द्र पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै गएको छ । उद्यानको छेउबाटै बग्दै गरेको खोलाको मूलसंँगैको वन क्षेत्र, चराचुरुङ्गीको मधुर आवाज तथा शान्त वातावरणले झनै आकर्षण बनाएको यस केन्द्रमा स्वदेशी तथा विदेशी पर्यटक दिनहुँ सयौँको सङ्ख्यामा आउने गर्दछ्न । समुद्रिक सतहदेखि एक हजार ४८० देखि दुई हजार मिटरको उचाइमा रहेको काठमाडौँ […]

पानी नपरेपछि गुजाराको चिन्ता

महोत्तरी। वैशाखे तरकारीका लहरा कक्रिँदै र सुक्दै गएपछि यहाँका तरकारी उत्पादक किसान गुजाराको चिन्ताले पिरोलिएका छन् । वैशाख लाग्नेबित्तिकै बढेको रापले उत्पादन दिनेबेलाका तरकारीका लहरा र बोट सुक्दै गएकाले किसानको चिन्ता बढेको हो । “खेतबारीमा भान्टा, परवल, घिराैँला, झिगनी, रामतोरिया, करेला, फर्सी र लौकालगायत तरकारी फसल पानीको अभाबमा सुकिरहेका छन्” भङ्गाहा–४ का किसान बहुरा महतोले […]

सोमबार गुल्मीमा मह दिवस मनाइँदै

रेसुङ्गा।गुल्मीको मुसिकोट नगरपालिका–८ र ९ मा रहेको सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रमले सोमबार मह दिवस मनाउँदैछ । मौरीपालन व्यवसायलाई थप व्यवसायीकरण गरी गुल्मीलाई महमा आत्मनिर्भर बनाउने उक्त दिवसको लक्ष्य रहेको छ । मौरी स्मार्टमा हाल ५१ किसान सङ्गठित रहेको अध्यक्ष चुमा घर्तीमगरले जानकारी दिनुभयो । मौरी स्मार्टले पहिलो वर्षलाई आधार वर्षको रूपमा लिएको र सोअन्तर्गत […]

डढेलोले देशभर वायु प्रदूषण बढ्दै

काठमाडौँ। हाल केही दिन यतादेखि देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ । डढेलोकै कारण काठमाडौँ उपत्यकासहित देशभर वायु प्रदूषण बढ्दै गएको र केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै गएको वातावरण विभागले जनाएको छ । विभागका अनुसार अहिले पनि काठमाडाैँ उपत्यकामा रहेका सबैजसो वायु प्रदूषण मापन केन्द्रले हावा प्रदूषित भएको जनाएका […]

निगुरो बेचेर मनग्य आम्दानी

कावासोती। पूर्वी नवलपरासी कावासोती–११ की मनमाया बोटे दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्नुहुन्छ । उहाँले चैतदेखि साउन, भदौसम्म निगुरो टिपेर आफ्नो छ जना परिवारको खर्च चलाउँदै आउनुभएको छ । दैनिक रु चार सयदेखि रु छ सयसम्म आम्दानी हुने उहाँ बताउनुहुन्छ । मनमायाजस्तै कावासोती–१२ की रीता माझी पनि परिवार पाल्न र छोराछोरीको पढाइ खर्च जुटाउन […]

‘जिउलोमा खेती गर्नुभन्दा पाटनमा यार्सा टिप्न सहज’

जुम्ला। जुम्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलोमा मार्सी धानको खेती घट्दै गइरहेको छ । विश्वको उच्च स्थानमा कालीमार्सी धान फल्ने छुमचौर जिउलोमा अहिले मार्सी धानखेती विस्तारै घटेको पातारासी गाउँपालिका–३ का स्थानीयवासी मुनबहादुर एडीले जानकारी दिनुभयो । यहाँका कतिपय किसानले जौँ, गहुँ, मकै, आलु रोप्ने गर्छन् । कतिपयले खेत बाँझै राख्ने गरेका छन् । खेतमा कालीमार्सी […]

किसानलाई गहुँ बाली भित्र्याउन भ्याइनभ्याई

कैलाली। कैलालीका किसानलाई यतिबेला खेतमा पाकेको गहुँ बाली भित्र्याउन भ्याइनभ्याई भएको छ । हिउँदको समयमा लगाएको गहुँ बाली पाकिसकेपछि उनीहरूलाई गहुँ बाली भित्र्याउन भ्याइनभ्याई भएको हो । खेतमा लगाएको गहुँ बाली, मसुरो पाकेर तयारी अवस्थामा भएपछि कृषक यस समयमा निकै व्यस्त छन् । धनगढी उपमहानगरपालिका–२ भन्सार कटानगाउँकी कृषक सताल्ली रावलले खेतमा गहुँ बाली पाकेर बिग्रिने […]

पाउने भए होस्दीवासीले शुद्ध पिउने पानी

रामपुर। गाउँमा खानेपानीको सुविधा नहुँदा स्थानीयले दूषित पानी उपभोग गर्न बाध्य छन् । सफा, शुद्ध र स्वच्छ पिउने पानीको अभावले खोला किनारका मूल, कुवाको पानी सिधैँ पिउन विवश छन्, रामपुर–१० होस्दीका स्थानीय । वर्षौँदेखि खानेपानीको आशामा रहेका यहाँका स्थानीयले अहिलेसम्म पनि सफा, शुद्ध खानेपानी उपभोग गर्न पाएका छैनन् । सरकारको ‘एक घर, एक धारा’ कार्यक्रमअनुसार […]