काठका सामग्री बनाउने सीप हस्तान्तरण गरिँदै
देउखुरी। बङ्गलाचुली –३ भेँडाबारीका लालबहादुर रानाले २२ वर्षको उमेरबाट सिकर्मी र डकर्मीको काम गर्दै आउनुभएको थियो । उहाँलाई भाँडा बनाउने तालिम लिन पाए त घर छेउमा भएका काठको सदुपयोग गर्न सकिन्थ्यो होला भन्ने लागेको थियो । उहाँले भनेजस्तै घरेलु तथा साना उद्योग कार्यालयले आयोजना गरेको काठका भाँडा बनाउने तालिममा भाग लिने अवसर पाउनुभएको छ । […]