समाचार

सुदूरपश्चिमा पशुमा ‘लम्पी स्कीन’ रोगको समस्या

कञ्चनपुर। सुदूरपश्चिम प्रदेशमा ‘लम्पी स्कीन’ रोगको सङ्क्रमणबाट पशुपालक किसान प्रभावित हुन थालेका छन । रोगका कारण पशु धमाधम मर्न थालेपछि किसान समस्यामा परेका हुन । पशुको शरीरभरि गिर्खा देखा पर्ने र त्यस पछि घाउ भई निको नहुने समस्या रहेको पशुपालक किसानको भनाइ रहेको छ । गाई गोरुले मुखबाट फिँज निकाल्ने, शरीर पूरै तातो हुने, नाकबाट […]

जडीबुटी निकासी घट्यो

दाङ। दाङमा यस वर्ष जडीबुटी निकासा घटेको छ । जिल्लामा दुई लाख किलो बराबर जडीबुटी निकासा भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष आधाले निकासा घटेको हो । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भक्तबहादुर चौधरीका अनुसार निजी वनबाट सबैभन्दा बढी कालीकाठ ७३ हजार ५३० किलो निकासा भएको छ […]

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखामा खाद्यान्न मौज्दान न्यून

हुम्ला। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय हुम्लाको गोदाममा समयमै खाद्यान्न ढुवानी नहुँदा मौज्दात कम हुँदै गएपछि बिक्रीमा समस्या भएको छ । चालुु आर्थिक वर्षका लागि हवाई तथा पैदलमार्गबाट निर्धारित कोटाको खाद्यान्न ढुवानीको जिम्मा लिएका निजी विमान कम्पनी र पैदलमार्गबाट ढुवानीको जिम्मा पाएका आपूर्तीकर्ताले समयमै खाद्यान्न ढुवानी नगर्दा मौज्दात न्यून भएको हो । […]

बाख्रापालनको व्यावसायीकरणमा जोड

रामपुर। बाख्रापालनलाई व्यावसायीकरण गर्न पाल्पाको निस्दी गाउँपालिकाका किसानलाई माउ बाख्रा वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत निस्दी–४ मा साना व्यावसायिक उत्पादन केन्द्रको बाख्रा पकेट कार्यक्रममा आवद्ध किसानलाई माउ बाख्रा प्रदान गरिएको छ । पकेट कार्यक्रममा सहभागी रहेका ५५ किसानलाई प्रतिव्यक्ति एक/एकका दरले माउ बाख्रा वितरण गरिएको गाउँपालिकाका पशुस्वास्थ्य शाखा प्रमुख ओमबहादुर मश्राङी बताउनुहुन्छ […]

खेर गएको पातको दुनाटपरी आम्दानीको स्रोत बन्दै

देउखुरी। घोराही उपमहानगरपालिका– १७ डवरीका महिलरुले दुनाटपरी बनाइ बिक्री गरेर आम्दानी गर्दै आएका छन् । जङ्गलमा खेर जाने सालको पातवाट दुनाटपरी बनाउँदै आएका महिला आम्दानी हुन थालेपछि निकै खुसी भएका छन् । समूहमार्फत चार वर्ष अघिदेखि दुनाटपरी बनाएर बिक्री गर्न थालेदेखि आम्दानी हुन थालेको उनीहरु बताउँछन् । विसं २०७४ मा इपिआरसी नेपालले गाउँका महिलालाई टपरी […]

खाद्यले उचित मूल्य नदिएपछि गाउँमै गहुँ बिक्री गर्दै किसान

बेदकोट। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान चेतराज चौधरीले यसपटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई गहुँ बेच्नुभएन । उत्पादित ५३ क्विन्टल गहुँ उहाँले गाउँमै बिक्री गर्नुभयो । खाद्यले निर्धारण गरेको गहुँको मूल्यभन्दा राम्रो मूल्य गाउँमै पाएपछि खाद्यलाई गहुँ बिक्री नगरिएको कृषक चौधरीले बताउनुभयो । “गाउँमै गहुँको राम्रो मूल्य पाइयो, “हामीले रु चारहजारदेखि रु चार हजार […]

मधुवाको समस्याले किसान हैरान

महोत्तरी। आँपका मज्जर नै मधुवा (आँप र लिची फलका मञ्जरी र पातमा लाग्ने एक प्रकारको किरा) ले डढाएर सखाप पारेपछि बगैँचा खेतीका किसान निरास बनेका छन् । आँपका बोटमा पात, हाँगा नदेखिने गरी मज्जर (मञ्जरी, फूल) खिल्दा यसपालि बगैँचा खेतीबाट राम्रो आम्दानी लिने आश बोकेका किसान गर्मी चर्कदै गएसँगै मधुवाले मज्जर भसक्क डढाएपछि निरास भएका […]

आजको मौसम : चट्यांङसहित वर्षाको सम्भावना

ललितपुर। यतिबेला देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव छ। सोही कारण कोशी र सुदूरपश्चिम लगायतका देशका पहाडी भूभागमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहने भएको छ। दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको […]

बगर खेतीबाट आत्मनिर्भर बन्दै किसान

दाङ। कुनै बेला राप्ती नदी पसेर खेतीयोग्य जमिनलाई कटान गरी बगरमा परिणत गराएको ठाउँ अहिले हरियाली देखिन्छ । त्यहाँ लटरम्म खरबुजा तथा तरकारी फलेका छन् ।त्यही खेतीबाट उनीहरु लखपति पनि बनिसकेका छन् । बगरे खेतीबाटै लखपति बनेका किसानहरूमा अहिले ठूलो जोस र जाँगर पलाउनाका साथै आफूलाई आर्थिक रुपमा सफल र सबल पनि बनाएका छन् । […]

महिला कृषकलाई तरकारी खेती तालिम

सिमकोट। हुम्ला सदरमुकामस्थित सिमकोट गाउँपालिका कृषि शाखाले महिला कृषकका लागि तरकारी खेतीसम्बन्धी दुईदिने तालिम सञ्चालन गरेको छ । महिला आयाआर्जनका’ लागि मौसमी तथा बेमौसमी तरकारी खेतीसम्बन्धी तालिम आयोजना गरिएको हो । सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका स्थानीय महिला कृषकका लागि तालिम सञ्चालन गरिएको कृषि शाखा नायबसुब्बा विमला सिंहले बताए । कम्तीमा महिलाको भान्सामा अग्र्यानिक तरकारी पुग्न […]