समाचार

मकै बालीमा अमेरिकी फौजी कीराको प्रकोप

गलेश्वर। म्याग्दीको मालिका गाउँपालिका– ५ देवीस्थानकी किसान रमिला बूढा मकै बालीमा अमेरिकन फौजी कीराको आक्रमणले सताएपछि चिन्तित भएकीछिन् । हरियाली बनेको मकै कीराका कारण क्षति पुगेकाले उत्पादनमा घट्ने उनको गुनासो छ । “करिब चार रोपनी जमिनमा मकै लगाइएकोमा कीरा लागेर हैरान पारेको छ, गतवर्ष पनि यस्तै समस्याले पिरोलेको थियो, अहिले पनि समस्या उस्तै छ, किसानलाई […]

वर्डफ्लु पीडित किसानलाई राहत

चितवन। जिल्लाका वर्डफ्लु पीडित किसानलाई राहत उपलब्ध गराउन थालिएको छ । सङ्घीय सरकारले वर्डफ्लु पीडित किसानलाई राहत दिने निर्णय गरेसँगै जिल्लाका किसानले आजदेखि राहत रकम पाउन थालेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सुशील केसीका अनुसार विसं २०७८ कात्तिक १२ देखि २०७९ असार ७ गतेसम्म जिल्लामा वर्डफ्लुको सङ्क्रमण देखिएकाले कुखुरालगायत अन्य […]

प्राङ्गारिक खेतीमा लागेपछि किसानलाई सहज

महोत्तरी। बजारमा तरकारी बिसाउनासाथ किसान चन्देश्वर राय दनुवारको वरीपरी ग्राहक झुम्मिहालछन् । उहाँको तरकारी एकैछिनमा बिक्री हुन्छ । तरकारी खेतीमा विषादीको प्रयोग नगर्ने महोत्तरी जिल्लाको भङ्गाहा–४ रामनगरका दनुवारले उत्पादन गर्नुभएको तरकारी ग्राहकले खोजीखोजी किन्ने गरेका छन् । “तरकारीको भारी बिसाउना बिक्री सुरु भइहाल्छ भने एकैछिनमा सकिन्छ पनि”, उहाँले भन्नुभयो, “ “मूल्यमा पनि खासै मोलमोलाई हुँदैन, […]

धानबाट आम्दानी हुने नदेखिएपछि एकिकृत रुपमा सुन्तला खेती

गलकोट। बागलुङ नगरपालिका–९ तित्याङको अदुवाबारीस्थित एउटै पाटो खेतमा झण्डै पाँच सय सुन्तलाका बिरुवा हुर्किरहेका छन् । राम्रो धान फल्ने खेत तीन वर्षयता सुन्तला बगैँचामा परिणत भएको हो । कम लगानीमा धेरै आम्दानी दिने सुन्तला खेतीका लागि भकुण्डेका पाँचभाइले खेत मासेर सुन्तला रोपेका हुन् । बागलुङ नगरपालिका–१० भकुण्डे घर भएका ती दाजुभाइले १८ रोपनी जग्गामा लगाएका […]

२७औँ ‘राष्ट्रिय चिया दिवस’ तीन दिन मनाइने

ललितपुर। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २७औँ ‘राष्ट्रिय चिया दिवस’ मनाउने भएको छ। बिहीबारदेखि शनिबारसम्म दिवस मनाउने बोर्डले बुधबार पत्रकार सम्मेलनमार्फत गराएको हो। तीन दिन मनाइने दिवसमा चिया प्रवद्र्धनसम्बन्धी विभिन्न कार्यक्रम गरिनेछन्। दिवसमा चिया उत्पादक किसान, प्रशोधक, उद्योगी व्यवसाय, विक्रेता, उपभोक्ता, विभिन्न राष्ट्रबाट सहभागी हुने कूटनीतिज्ञलगायत विशिष्ट व्यक्तिको सहभागिता रहने बोर्डल जानकारी दिएको छ। […]

मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा क्षणिक वर्षाको सम्भावना

ललितपुर। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहेको छ। आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना […]

मकै बालीमा अमेरिकन फौजी कीराको प्रकोप

पर्वत। पर्वतमा कृषकले लगाएको मकै बालीमा अमेरिकन फौजी कीराको प्रकोप देखिएको छ । मौसमको प्रतिकूलताका कारण यसको प्रकोप बढ्दै गएको हो । लामो समयको खडेरीका कारण मकैका बोटमा शत्रु जीव ‘अमेरिकन फौजी कीरा’ को प्रकोप देखिन थालिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । विभिन्न स्थानमा उक्त कीराको लार्भाले मकैको बोटको पात र गुभा खाएको पाइएको […]

तरकारी बेच्न परिचयपत्र अनिवार्य

दाङ। तुलसीपुर उपमहानगरपालिकाले कृषिजन्य वस्तु बिक्री वितरणका लागि परिचयपत्र अनिवार्य गरेको छ । स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारीकरणका लागि अनिवार्य परिचयपत्र वितरण गर्न लागिएको हो । स्थानीय उत्पादन बिक्री वितरण गर्ने लक्ष्यअनुरुप यो कार्य अगाडि बढाइएको उपमहानगरपालिकाका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए । “अहिले बजारमा भारतबाट आएको तरकारी र बाहिरबाट आएका व्यापारीको वर्चश्व […]

मनाङवासी यार्सागुम्बा टिप्न हिमाली भेगतर्फ

मनाङ। बहुमुल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि मनाङवासी लेकतर्फ लागेका छन् । आम्दानीको स्रोतका रूपमा रहेको औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि उनीहरु यतिबेला जिल्लाका विभिन्न ठाउँ पुगेका छन् । मौसम अनुकूल भएसँगै मनाङवासी यार्सागुम्बा सङ्कलनमा व्यस्त हुन थालेका छन् । मनाङवासीको आयस्रोत कृषि तथा जङ्गली औषधिजन्य जडीबुटी हो । जडीबुटी सङ्कलनका लागि नासों गाउँपालिकाअन्तर्गत पहिलो चरणमा […]

पहिचान बन्दै सिस्नो, बाँको र आलु

बलेवा। वनमा खेर गइरहेको बाँको अहिले भान्सामा पुगेको छ । सिपालुको हात लागेपछि बाँको गुन्द्रुक बन्छ । बारीमा झाडी बनेको सिस्नोको माग अधिक छ । सीप सिकेका महिला सिस्नोको धुलो बनाउँछन् । प्याकिङपछि सिस्नो सबैको भान्सामा पुग्छ । तरकारीका लागि मात्रै प्रयोग गरिने आलु खाजा बनेको छ । चिप्स बनाएपछि आलुको मूल्य दोब्बर पर्छ । […]