समाचार

घट्दै निकुञ्जको घाँसे मैदान

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदानको क्षेत्रफल घट्दै गएको छ । मिचाहा प्रजाति बढ्दै जानु र बजेट अभावमा काम हुन नसक्दा घाँसे मैदान घट्दै गएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा सन् १९७० को दशकमा कूल क्षेत्रफलको २० प्रतिशत घाँसे मैदान थियो । सन् २०१५ मा गरिएको सर्वेक्षणले क्षेत्रफल घटेर नौ दशमलव […]

फैलिँदै लम्पीस्किन रोगको सङक्रमण

देउखुरी। दाङमा पशुमा लाग्ने लम्पीस्किन रोगको सङक्रमण बढ्दै गएको छ । पछिल्लो समय जिल्लाको बङ्गलाचुली, राप्ती, लमही, गढवा, राजपुर, घोराहीका लगायत क्षेत्रका रोगको सङक्रमण बढेको जनाइएको छ । बङ्गलाचुली गाउँपालिकाको वडा नं ४, ५, ६, ७ र ८ मा बढी मात्रामा रोग सङक्रमण देखापरेको छ । रोगका कारण बङ्गलाचुली–७ जबरकोटका टीकाराम नेपाली, जुद्धबहादुर नेपाली, वडा […]

कोभिड पछि खाद्ध सुरक्षा कसरी गर्ने?

कोराना भाईरस सवभन्दा पहिले चीनको वुहान शहरबाट उत्पति भयो । यो भाईरसबाट संसारका सवै देशहरु प्रभावित भए । नेपालमा शुरुमा यो भाईरसबाट थोरै नोकसानको अपेक्षा गरिएको थियो तर पछि गएर धेरै नै नोकसान भयो । नेपालमा कोरानाको यो लहरमा अहिले सम्म १२ हजार भन्दा बढी मान्छेको मृत्य भईसकेको छ । तीन महिनाको लकडाउन पछि देशमा […]

इलाममा टि टेस्टिङ, प्रतिकेजी रु १० हजार चिया बिक्री

मंगलबारे। यस सिजनको चियाको टिपाई सुरु भएसँगै विदेशी चिया व्यापारी इलाम आउन थालेका छन् । तेस्रो देशका चिया पारखी तथा चिया व्यापारीहरु चियाको गुणस्तर हेर्न र चिया चाख्न इलाम आउने गरेका छन् । शनिबार २७औँ चिया दिवसको अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा पर्यटकीय क्षेत्र अन्तुमा ‘टि टेस्टिङ’ गरिएको हो । टि टेस्टिङमा […]

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

ललितपुर। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायमै छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । काठमाडौँमा भने हिजो बेलुकापछि पानी पर्न रोकिएको भए पनि आज पनि हिजोको जस्तै गरी पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनुभयो । उहाँका […]

डोल्पामा जेठ १ गतेदेखि सम्पूर्ण यार्सा पाटन खुला गरिने

जाजरकोट। डोल्पामा यार्सागुम्बा सङ्कलनका लागि आगामी जेठ १ गतेदेखि सम्पूर्ण यार्सा पाटन खुला गरिने भएको छ । जिल्ला समन्वय समितिको सदरमुकाम दुनैमा बसेको बैठकले से–फोक्सुण्डो राष्ट्यि निकुञ्जभित्र र विभिन्न सामुदायिक वनमा रहेका यार्सा पाटन जेठ १ गते र असार १ गतेसम्म खुला गर्ने निर्णय गरेको हो । बैठकमा डोल्पा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकाय, […]

गाई संरक्षणबाट धार्मिक पर्यटनको प्रवद्र्धन

रामपुर। तीन वर्षअघि रामपुरका स्थानीयलाई खेतबारीमा लगाएका बालीनाली स्याहार्न पाइन्छ या पाइदैन भन्ने निकै पिरलोले सताउँथ्यो । गाउँघरमा उत्पादन दिन यत्रतत्र छाडा छाडिएका गाईवस्तुले खेतबारीमा लगाएका अन्नबाली, तरकारीबाली खाएर नष्ट बनाउँथ्यो । यहाँका स्थानीयले अहिले भने छाडा पशुचौपायाको समस्या भोग्नुपरेको छैन । पाल्पाको रामपुर नगरपालिकाले छाडा छाडिएका, हेयका रुपमा लिइएका गाईलाई संरक्षणका लागि गौशाला सञ्चालन […]

खुलारुपमा माछामासुको बिक्री र बधमा रोक

विराटनगर। विराटनगर महानगरपालिकाले आजदेखि खुलारुपमा माछामासु बिक्रीवितरण र बध गर्न रोक लगाएको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुलारुपमा माछामासुको बिक्रीवितरण र बध गर्न रोक लगाएको महानगर प्रमुख नागेश कोइरालाले बताउनुभयो । उक्त अभियानलाई सफल पार्न बिहीबार महानगरले सरोकारवालासित अन्तक्र्रिया गरेको थियो । स्वच्छ मासु खान पाउने उपभोक्ताको अधिकार भएकाले मासु […]

पशुपालनबाट आत्मनिर्भर बन्दै कृषक

हेटौँडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ भोर्लेमा एउटा परिवार आफ्नै मेहनतमा रमाइरहेको छ । पैसा कमाउन विदेश जानुभन्दा पनि स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने उदाहरण भोर्लेका प्रवीण दङ्गालको दम्पतीले प्रस्तुत गरेकाछन् । सरकारी वा गैरसरकारी क्षेत्रको जागिरभन्दा पनि आफ्नै मेहनतमा धेरै पैसा कमाउन सकिन्छ भन्ने उद्देश्यले दङ्गालले चार वर्ष अगाडिदेखि व्यावसायिकरुपमा गाईपालन गर्दै आएका हुन् । […]

चितवनमा गाईभैँसीमा लम्पीस्किन रोग

चितवन। चितवनमा गाईभैँसीमा लम्पीस्किन रोग देखापरेको छ । यो रोग ‘क्याप्री पोक्स’ नामक जिवाणुका कारण हुने गर्दछ । गर्मी याममा लामखुट्टे, झिङ्गालगायतका कारण यो रोगको प्रकोप देखिने गरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत रामचन्द्र आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार विगत केही दिनदेखि जिल्लामा यो रोगको सङ्क्रमण फैलिएको छ […]