समाचार

दाङमा यस वर्ष मह उत्पादनमा कमी

घोराही। दाङमा यो वर्ष मह उत्पादन घटेको छ । मौसमको प्रतिकूल असर, वायु प्रदूषण, वनस्पतिमा फूल नफुलेका कारण यो पटक मह उत्पादनमा कमी आएको हो । यो वर्ष जिल्लामा करिब तीन सय टन मह उत्पादन भएको छ । गत वर्ष जिल्लामा करिब चार सय ५० टन मह उत्पादन भएको थियो । पछिल्ला वर्षमा वायु प्रदूषण […]

डडुवा, रानीटार र झुलेटारमा फस्टायो तरकारी खेती

चौतारा। सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवा, रानीटार र झुलेटारका तीन सय घरधुरीले तरकारी खेतीबाटै राम्रो आम्दानी गर्दै आएका छन् । “म दुई वर्ष अघिसम्म विदेश जाने चक्करमा थिए, अहिले यो तरकारी खेतीबाट राम्रै आम्दानी भएको छ”, गोलभेँडा टिप्दै डडुवाकी मीना नेपालले भन्नुभयो । दुईचार पैसाका निम्ति निकै कष्ट भोग्नुभएको नेपाललाई अहिले तरकारी व्यवसायबाट राम्रो आम्दानी […]

मूल्य पाउन थाल्यो अण्डाले

चितवन। अण्डाले मूल्य नपाएपछि कुखुरापालक व्यवसायी छ महिनाअघि सङ्गठित भए । देशैभरका ठूला व्यवसायी भेला भएर व्यवसाय जोगाउनका लागि अन्तिम प्रयासको थालनी गरे । उनीहरूले नेपाल लेयर्स कुखुरापालक सङ्घ गठन गरेर देशव्यापीरूपमा बजारीकरणमा जुटेका थिए । यतिबेला अण्डाको मूल्य प्रतिक्रेट ३० वटाको रु दुई सय ४० हाराहारीमा झरेको थियो । विसं २०७९ असोज २९ गते […]

कागतीखेतीका लागि पकेट क्षेत्र कार्यक्रम कार्यान्वयन हुँदै

देउखुरी। सङ्घीय सरकारले सुरु गरेको कागती पकेट क्षेत्र कार्यक्रमअन्तर्गत तुलसीपुर उपमहानगरपालिकामा यो कार्यक्रम कार्यान्वयन गर्न थालिएको छ । सङ्घीय सरकारले जिल्लाका दशवटा स्थानीय तहमध्ये उक्त उपमहानगरपालिकालाई कागती पकेट क्षेत्र घोषणा गरेको थियो । सो घोषणासँगै कागती खेतीको विस्तारका लागि उपमहानगरपालिकाले खेती विस्तार, प्राविधिक दक्षता, रोगकीरा नियन्त्रणको काम अघि बढाएको छ । पहिलो चरणअन्तर्गत व्यावसायीकरुपमा कागती […]

जुम्लामा मार्सीधानको खेती घट्दै

जुम्ला। जुम्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलोमा कालीमार्सीधानको खेती घट्दै गएको छ । कालीमार्सीधान रोप्दा रोग, किरा लाग्नुका साथै उत्पादन पनि कम हुने भएकाले यहाँका किसानले जौ, गहुँ, मकै, आलु रोप्न थालेपछि मार्सीधानको खेती घट्दै गएको हो । कालीमार्सी धान फल्ने विश्वको उच्च स्थान मानिएको छुमचौर जिउलोमा कतिपय किसानले जौ, गहुँ, मकै, आलु रोपेका छन् […]

प्रविधिमा किसानको आकर्षण बढ्दो

बेदकोट। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरीले खेत जोत्न राँगा, गोरुको प्रयोग गर्न छाड्नुभएको पाँच वर्ष भइसक्यो । खेत जोत्न उहाँ अचेल ‘पावर टिलर’को प्रयोग गर्नुहुन्छ । उहाँको यहाँ साढे चार बिगाहा जमिन छ । वर्षौंदेखि उहाँले तरकारी, उखु, गहुँ तथा धान खेती गर्दै आउनुभएकामा अहिले कृषि उपकरणको प्रयोग गरेर खेती गर्नुहुन्छ । “अगाडि राँगाले […]

देशभर तीन दिनसम्म तुँवालो रहने

काठमाडौँ। केही दिनयतादेखि डढेलोका कारण काठमाडौँ सहित देशभर वायु प्रदूषण बढ्दै गएको छ । काठमाडाैँ उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने जनाइएको छ । प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने गरी हावा नचल्ने र पानी पर्ने पनि सम्भावना नरहेकाले प्रदूषण अझै केही दिन स्थिर रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको […]

मकै बेचेर जीवन निर्वाह गर्दै

भजनी। कैलालीको टीकापुर नगरपालिका–१ भूपु कमैया शिविरका कलैया थारु दैनिक मजदुरी गरेर जीविका चलाउँदै आउनुभएको थियो । दिनभर अरुकोमा मजदुरी गरेर जीविका चलाउँदै आउनुभएका कलैयाले अचेल सडक छेउमा मकै पोलेर बिक्री गर्नुहुन्छ । अरुको बारीबाट मकै खरिद गरेर उहाँ श्रीमतीसहित दिनभर मकै बेच्न व्यस्त देखिनुहुन्छ । सानो मकै रु २० र ठूलो मकै २५ मा […]

गोदाममा थन्किए काठका भाँडाकुँडा

वालिङ। स्याङ्जाको चापाकोट–९ चोसीका लीलबहादुर कामी उमेरले तीन बीस पूरा हुनुभयो । आफू जान्ने भएदेखि अहिलेसम्म निरन्तररुपमा काठका भाँडाकुँडा बनाएर जीविकोपार्जन गर्दै आउनुभएको छ । साँचो र लोताको प्रयोग गरी काठका विभिन्न भाँडाकुँडा बनाउन उहाँले आफ्नै बाबुबाजेहरुहरुबाट सिक्नुभयो । आम्दानीको मुख्य स्रोतका रुपमा काठको ठेका, ठेकी, मदानी, अम्खोरा, कचौरा, गिलास, थाललगायत सामग्रीहरु निर्माण गर्दै आउनुभएको […]

म्याग्दीमा आगलागीबाट ७० हेक्टर वन क्षेत्र क्षति

गलेश्वर। वैशाख महिना सुरु भएपछि म्याग्दीको विभिन्न ठाउँका जङ्गलमा भएको आगलागीले ७० हेक्टर वन क्षेत्रमा क्षति पु¥याएको छ । आइतबार दिउँसोदेखि जिल्लाको बेनी नगरपािलका–३ भकिम्लीको गजुरे सामुदायिक वनमा लागेको भीषण आगलागी सोमबार बिहानसम्म पनि नियन्त्रणमा लिन सकिएको छैन । यसैगरी गत शुक्रबारदेखि बेनी –२ ज्यामरुककोटको सल्लेरी र अर्थुङ्गे सामादायिक वनमा भएको आगलागी नियन्त्रणमा आएको जिल्ला […]