समाचार

कुरिलो खेतीबाट मनग्य आम्दानी

मध्यविन्दु। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगपालिका–३ ब्रमस्थानमा करिब डेड बिघा जमिनमा पदम मोक्तानले कुरिलो खेती गर्दै आउनुभएको छ । बिगत चार वर्षयता लोट्स कृषि तथा पशुफार्म दर्ता गरी अन्य तरकारी तथा फलफूल खेती गर्दै आउनुभएका मोक्तानले विगत दुई वर्षदेखि कुरिलो खेती गर्न थालेको बताउनुभयो । अन्य खेतीमा भन्दा भौगोलिक वातावरण तथा माटोको हिसाबले पनि कुरिलो […]

मौरीपालनमा मोह

रामपुर। पाल्पा रामपुरका जयनारायण न्यौपानेको समय बुढ्यौलीमा पनि मौरीको हेरचाह र मह उत्पादनमा बित्ने गरेको छ । रामपुर नगरपालिका–६ स्थित किसानटोलमा मौरी उद्योग सञ्चालन गर्दै आउनुभएका न्यौपाने पाल्पाकै नमूना र सफल मौरीपालन व्यवसायी हुनुहुन्छ । घर वरिपरिका फलफूलसहितको मौरीघारले भरिएको बगैँचामा दिनभर मौरीको रेखदेख, हेरचाहमै रमाउने न्यौपाने यस क्षेत्रकै मौरीपालन व्यवसायमा अब्बल कृषकका रुपमा कहलिनुभएको […]

महाकाली सिँचाइ नहर : परीक्षण भयो पानी आएन

दोधारा चाँदनी। कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माण भएको महाकाली सिँचाइ नहरमा परीक्षणपछि पानी आउन सकेको छैन । सिँचाइ आयोजना कार्यालयले तेस्रो चरणमा गत असारमा २८ किलोमटिर मूलनहरमा पानी परीक्षण गरेको थियो । परीक्षणको क्रममा महाकालीको पानीले पहिलो रोपाइँसमेत गरिएको थियो । त्यसयता महाकाली सिँचाइको नहरमा पानी सञ्चालन हुन सकेको छैन । आयोजनाअन्तर्गत करिब २८ किलोमिटरसम्म मूल नहर […]

डढेलोका कारण वायु प्रदूषण बढ्दो

काठमाडौँ।  पछिल्लो केही दिन यतादेखि डढेलोका कारण काठमाडाैँ उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण उच्च हुन थालेको छ । डढेलोका कारण उपत्यकाको वायुमण्डलमा दूषित हावा थुप्रिएको वन तथा वातावरण विभागले जनाएको छ । पश्चिमी क्षेत्रबाट प्रदूषित हावा उपत्यका आउँदा यहाँको मौसम खासै खुल्न सकेको छैन । विभागका महानिर्देशक शिवलाल तिवारीले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा बारा, […]

पौवादुङमाका किसानलाई कृषि सामग्री वितरण

भोजपुर। यहाँको पौवादुङमा गाउँपालिकाले तीन सय बढी किसानलाई कृषि सामग्री वितरण गरेको छ । गाउँपालिकालाई कृषिमा आत्मानिर्भर बनाउने लक्ष्यले ‘कृषकलाई प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरी उक्त सामाग्री वितरण गरिएको हो । गाउँपालिकाले कृषकसँग आवेदन माग गरी आवेदनका आधारमा सामग्री वितरण गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । कृषकलाई ५० प्रतिशत लागत साझेदारीमा रू एक लाख ४८ […]

बागलुङको काठेखोलामा खानेपानी अभाव

गलकोट। बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा देउरालीमा खानेपानीको अभाव भएको छ । धम्जाका अधिकांश गाउँमा ‘एक घर, एक धारा’ निर्माण गरिए पनि देउरालीमा भने खानेपानी अभाव कायमै छ । भौगोलिक हिसाबले धम्जाकै शिरमा रहेको देउरालीमा खानेपानीका मूल बस्तीभन्दा तल भएका कारण यहाँका २० घरमा वर्षौँदेखि खानेपानीको पहुँच छैन । धम्जा देउरालीका बासिन्दालाई खानेपानीको सुविधा दिन सोलार […]

मलिकाका वडावडामा अचार उद्योग

गलेश्वर। म्याग्दीको मालिका गाउँपालिकाका एकल तथा फरक क्षमता भएका महिला वडा–वडामा अचार उद्योग स्थापना गरेर आयआर्जन गर्ने तयारीमा जुटेका छन् । गाउँपालिकाले सातै वडाका महिलालाई एक साताको अचार बनाउने तालिम दिएपछि उनीहरु अचार उत्पादन गर्न लागिपरेका हुन् । तालिममा सहभागी २५ महिलालाई गाउँपालिकाले प्रतिव्यक्ति रु. २६ हजारका दरले अनुदान दिएर अचार उद्योग सञ्चालनका लागि प्रेरित […]

निकुञ्जमा दुई गैँडा मृत भेटिए

चितवन। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा दुईवटा गैँडा मृतावस्थामा भेटिएका छन् । निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत मर्दी घोलस्थित नारायणी नदीको भङ्गालोमा एउटा र निकुञ्जको बगई माडी सेक्टरअन्तर्गत रिउ खोलाको दक्षिण किनारको काँस घारीमा अर्को गैँडा मृत फेला परेको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले अमलटारी क्षेत्रमा करिब सात महिनाको […]

कृषि उपजमा आत्मनिर्भर नहुँदा समस्या भोग्नुप¥यो : अध्यक्ष ओली

दमक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कृषिउपजमा आत्मनिर्भर हुन नसक्दा गुणस्तरहीन र विषाक्त खानेकुरा खान बाध्य हुनु परेको बताउनुभएको छ । गृह जिल्ला झापाको शिवसताक्षीस्थित झिलझिलेमा आज आयोजित एक कार्यक्रममा ओलीले कृषिको व्यवसायीकरण र आत्मनिर्भरताका लागि दक्षिण एशियाली मुलुकबीच सहकार्यको आवश्यकतासमेत जोड दिनुभयो । उहाँले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायिकताका […]

कृषिक्षेत्र डिजिटलबाट अछुतो रहन सक्दैन : सचिव शर्मा

ललितपुर। कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले वर्तमान समयमा कृषिक्षेत्र डिजिटलबाट अछुतो रहन नसक्ने स्पष्ट पार्नुभएको छ । कृषि मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खाद्य तथा कृषि सङ्गठन (एफएओ) र अन्तर्राष्ट्रिय विकासका लागि संयुक्त राज्य एजेन्सी (युएसए आईडी)द्वारा संयुक्तरुपमा आयोजित ‘एग्रिटेक’ बैठकमा सचिव शर्माले विश्वव्यापी रुपमा डिजिटल विस्तारको परिपेक्षमा नेपालको कृषिक्षेत्र अछुतो […]