समाचार

हराउँदै परम्परागत प्रविधि

घोराही। केही वर्षअघि घोराही उपमहानगरपालिका–५ निवासी सावित्रा डाँगी ढिकीमा धानदेखि गहुँ, जौ, बेसार कुट्नेदेखि जाँतोमा चामल, मकैलगायतको पीठो पिस्ने काम गर्नुहुन्थ्यो । ढिकीमा धान कुटेर बनाएको चामल तथा जाँतोमा पिसेको पीठोबाट बनाएको खाने परिकार स्वादिलो हुने गर्दथ्यो । पूजामा चढाउन चोखो शुद्ध परिकार बनाउन ढिकीमा कुट्नेदेखि जाँतोमा पीठो पिस्ने गर्नुहुन्थ्यो । तर, पछिल्लो समय गाउँमा […]

धुलिखेललाई कृषिमा जापानी सीप र प्रविधि भित्र्याउन सहज

काभ्रेपलाञ्चोक। धुलिखेल नगरपालिकालाई कृषि क्षेत्रमा जापानको सीप र प्रविधि भित्र्याउन सहज भएको छ । यसका लागि नगरले जापानको कृषिसँग सम्बन्धित रिनोकिनो कम्पनीसँग स्थानीय कृषकलाई त्यहाँको सीप र प्रविधि तथा भाषाबारे छ महिने तालिम प्रदान गर्ने सम्झौता गरेको छ । नगर जनप्रनिधि र कम्पनी पदाधिकारीबीच भएको सम्झौतामा जापानका विभिन्न दश कृषि उद्योग र होम केयर कम्पनीमा […]

चिप्स उत्पादन गर्दै रामपुरका महिला

रामपुर। घरायसी कामधन्दामा मात्रै सीमित रहने महिलाहरु आयमूलक कार्यमा सक्रिय हुन थालेका छन् । साँझ बिहान घरको कामधन्दा सकाएर दिउँसोको समय सदुपयोग गर्दै आम्दानीको स्रोत जुटाउन महिलाको अग्रसरता बढ्दो छ । रामपुर नगरपालिकाका महिलाहरु हिजोआज आयमूलक क्षेत्रमा सक्रिय हुँदै गएका छन् । यहाँका महिलाहरु आलु चिप्स बनाउने र बजारमा बिक्री गर्न व्यस्त बनेका छन् । […]

रोल्पामा २८ रोपनीको अफिम खेती नष्ट

रोल्पा। रोल्पामा प्रहरीले जिल्लाका विभिन्न स्थानमा अवैधरूपमा गरिँदै आएको अफिम खेती नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएका टोलीले परिवर्तन गाउँपालिका–४ र ५ का विभिन्न ठाउँमा करिब २८ रोपनीमा लगाएको २५ हजार पाँच सय अफिमका बोट नष्ट गरेको हो । अफिम खेती नष्ट गर्न प्रहरी नायब उपरीक्षक श्याम सारुमगर नेतृत्वको ३८ जनाको टोली खटिएको […]

जापानी प्रविधिमा आधारित कम्पोष्ट मल बजारमा

ललितपुर। रिकिशी दाइची कम्पोष्ट फर्टिलाइजर एण्ड एग्रो प्रालिले लामो समयको अनुसन्धान र परीक्षणपछि गुणस्तरीय र दुर्गन्धरहित कम्पोष्ट (प्राङ्गारिक) मलको व्यावसायिक उत्पादन बजारमा ल्याएको छ । रासायनिक मलको आयातलाई प्रतिस्थापन गरी माटोको उर्वरा शक्तिलाई जोगाउँदै उत्पादन र उत्पादकत्व वृद्धि गर्ने सन्दर्भमा कम्पोष्ट मल उपयुक्त विकल्प हुने प्रालिका प्रबन्ध निर्देशक उषा गिरीले दाबी गर्नुभयो । जापानी प्रविधिमा […]

तर्बुजा खेतीमा रमाउँदै सुन्दर

नुवाकोट। सामूहिक रुपमा तरकारी र सयपत्री फूल खेती गर्दै आउनुभएका वेलकोटगढी नगरपालिका–५ नुवाकोटका सुन्दर नेपाल हाल तर्बुजा खेतीमा व्यस्त रहनुभएको छ । उहाँले गएको वर्षदेखि विदुर नगरपालिका–६ मा २० रोपनी जग्गा भाडामा लिएर तर्बुजा खेतीको सुरुआत गर्नुभएको थियो । जिल्लामा नगन्य मात्रामा हुने तर्बुजा खेतीलाई उहाँले व्यावसायिक रुपले अगाडि बढाउनुभएको हो । “दुईपिपल महिला साना […]

दीपालयमा बुहत् लिफ्ट सिँचाइ योजना सुरु

दीपायल। दीपायलमा पहिलो पटक डोटीमा बृहत् लिफ्ट सिँचाइ योजना निर्माण सुरु गरिएको छ । जिल्लाको दीपायल सिलगढी नगरपालिकाले वडा नं १, २ र ३ का लागि बासुधारास्थित सेती नदीबाट रु ६० लाखलागतमा लिफ्ट सिँचाइ योजना निर्माण अघि बढाएको हो । योजना निर्माणपछि सेती नदीको पानी दुई सय मिटर अग्लो उचाइमा रिजर्भ गरिनेछ भने त्यसबाट करिब […]

विदेशी पर्यटकको रोजाइ बन्दै घरबास

गलकोट। बागलुङको घरवास गाउँको रुपमा परिचित भकुण्डेमा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दो छ । आन्तरिक पर्यटकको आकर्षणको रुपमा रहेको भकुण्डेस्थित अतिथि सत्कार घरबासमा पछिल्लो समय विदेशी पर्यटकसमेत आउन थालेका छन् । हेलिकप्टरमार्फत विदेशी पर्यटक आउने गरेको बागलुङ नगरपालिका–१० भकुण्डे घरबासमा विश्व भेगन अर्गनाइजेशनले पहिलो पटक पदमार्ग हुँदै कोरोना अघिदेखि विदेशी पर्यटक भित्र्याउन थालेको थियो […]

किसानलाई कृषि सामग्री र तालिम

सिन्धुपाल्चोक।पाँचपोखरी थाङपाल गाउँपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्रीसँगै तालिम पनि दिएपछि किसानलाई काम गर्न सहज भएको छ । पालिकाले सोमबार ५० प्रतिशत अनुदानमा किसानका लागि १७ थान नौ र १० एचपी मिनिटिलर वितरण गरेको पालिकाका कृषि शाखा प्रमुख निमराज गिरीले जानकारी दिनुभयो । समयानुसार किसानलाई आवश्यक कृषि पेसासँग सम्बन्धित कृषिऔजार, बिउविजन, प्राविधिक सरसल्लाह, तालिम, […]

रोल्पाका कृषकले भुक्तानी पाउन बाँकी

रोल्पा।रोल्पाका कृषक आन्दोलित भएका छन् । कृषि ज्ञान केन्द्र रोल्पाले अघिल्लो आर्थिक वर्षको रकम भुक्तानी नदिएको भन्दै कृषक आन्दोलित भएका हुन् । आर्थिक वर्ष २०७८/७९ मा सम्झौता भई काम सम्पन्न भए पनि रकम अझैसम्म भुक्तानी नपाएको किसानको गुनासो छ । कृषि ज्ञान केन्द्रबाट अघिल्लो आवमा रु तीन करोड २५ लाख ५९ हजार कृषकलाई भुक्तानी दिन […]