समाचार

सहरभन्दा भेडीगोठ नै प्यारो

गलकोट। सन्ताउन्न वर्षीय रसा गुरुङको भेडीगोठमा अहिले दुई सय ५० भेडा छन् । सानै उमेरदेखि बाबुबाजेसँगै भेडा पालनमा होमिएका उनले भेठीगोठको कष्टकर जीवनलाई पनि खुसीमा परिणत गर्दै आउएका छन् । पुर्वी रुकुमको लुकुम निवासी गुरुङ भेडा चराउनका लागि अहिले बागलुङ र पूर्वी रुकुमको सिमाना पातीहाल्नेको भेडीगोठमा एक महिनादेखि छन् । अहिले उक्त भेडी गोठमा गुरुङसहित […]

तीन नगरको साझेदारीमा फोहरबाट बायोग्यास उत्पादन

झापा। झापाको तीन वटा नगरपालिकाले विश्व बैंक र निजी क्षेत्रसँगको साझेदारीमा फोहरमैलाबाट बायोग्यास उत्पादन सुरु गरेका छन् । कनकाई, अर्जुनधारा र बिर्तामोड नगरपालिकाले सो लगानी गरेका हुन् । कनकाई नगरपालिका–२ मा बायोग्यास उत्पादनगृह छ । कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन कम्पनी स्थापना गरेर ती पालिकाले बायोग्यास उत्पादन सुरु गरेका हुन् । कम्पनी सञ्चालक समितिका […]

बाँदर आतङ्कले गाउँ रित्तिदैँ

गल्याङ। स्याङ्जाको गल्याङ नगरपालिकाका किसान बाँदर आतङ्कका कारण समस्यामा परेका छन् । खेतबारीमा लगाएको तरकारी, मकै र फलफूललाई बाँदरका हुल पसेर खाइदिने, भाँचिदिने गर्न थालेपछि लाखौँको क्षति भएको किसानको गुनासो छ । गल्याङ नगरपालिका–३, गल्याङ बजार निवासी अर्जुन श्रेष्ठले छर्तिमा जग्गा भाडामा लिएर काँक्रा लगाएको थियो । बिक्री हुने समय भएका करिब दुई क्विन्टल काँक्रा […]

पश्चिमी वायुको प्रभावले वर्षा

ललितपुर। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदलीरही बाँकी भूू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भूू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, […]

नरैनापुरमा भारतीय तरकारी विस्थापित

जानकी। बाँके नरैनापुरका आलिफ अली चार वर्षअघिसम्म भारतीय तरकारीमा निर्भर हुनुन्थ्यो । भारतबाट तरकारी नआउँदा उहाँको परिवारले नुन, खुर्सानीको चट्नी र नुनसँग भात खान्थे । उहाँको परिवारजस्तै नरैनापुरका अधिकांश परिवार भारतीय तरकारीमा निर्भर थिए । यहाँका सर्वसाधारण तरकारी किनमेल गर्न भारतीय बजार जमुनाह पुग्थे । नरैनापुरवासीको मागलाई मध्यनजर गर्दै कतिपय भारतीयहरू तरकारी बेच्न नरैनापुरका गाउँ–गाउँ […]

मह प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा

लमजुङ। पहाडी जिल्ला लमजुङमा मह प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सुन्दरबजार नगरपालिका–५ गहतेमा निर्माण गर्न लागिएको उक्त केन्द्र अन्तिम चरणमा पुगेको हो । केन्द्रको ९० प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको मौरीजोन सञ्चालक समन्वय समितिले जनाएको छ । जिल्लाभरिका व्यवसायीले उत्पादन गरेका मह प्रशोधन गर्नका लागि उक्त केन्द्र स्थापना गर्न लागिएको हो […]

चैते धान प्रोत्साहन कार्यक्रममा अधिक निवेदन

चितवन। चितवन जिल्लामा चैते धान खेती गरेका कृषकलाई प्रोत्साहनस्वरुप प्रदान गर्न ल्याइएको कार्यक्रममा बजेटभन्दा सात गुणा बढीको निवेदन परेको छ । कृषि ज्ञान केन्द्र चितवनले चैत २७ गते १५ दिने सूचना जारी गरी प्रोत्साहन कार्यक्रममा सहभागी हुनका लागि कृषकलाई आह्वान गरेको थियो । । जिल्लाका पाँच पालिकाका किसानले चार हजार हेक्टर क्षेत्रफलमा चैते धान लगाएका […]

‘लम्पी स्किन’ रोगबाट पशुचौपाया मर्न थाले

बैतडी। बैतडीमा लम्पी स्किन रोगबाट तीन सय बढी घरपालुवा पशु मरेका छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तका अनुसार उक्त रोगका कारण तीन सय २५ पशुचौपाया मरेका हुन् । समस्याका रूपमा फैलिएको लम्पी स्किन रोगका कारण गाईगोरु र भैँसी धमाधम मर्न थालेका छन् । जिल्लाभरि लम्पी स्किनका कारण तीन हजार […]

कृषकलाई धानको बीउ वितरण

तनहुँ। तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ अनुदानमा वितरण गरेको छ । प्रति किलो रु. ५५ मा खरिद गरी कृषकलाई बीउ वितरण गरेका हो । रामधान सत्र, सावित्री चौध र सुक्खाधान तीन क्विन्टलसहित कुल ३४ क्विन्टल धानको बीउ वितरण गरिएको व्यास कृषि शाखाका कृषि अधिकृत प्रतिमा बगालेले जानकारी दिए । सङ्घीय सरकारको खाद्य […]

फलफूलका बिरुवा उत्पादनबाट मनग्य आम्दानी

महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरियाका युवा दमन चन्दले तीन कठ्ठा जमिनमा नर्सरी बनाएर फलफूलका बिरुवा उत्पादन गरेर मनग्य आम्दानी गर्न थालेका छन् । इच्छाशक्ति भए थोरै जमिनमा पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका चन्दले मासिक रु. ६० हजारसम्मको बोट बिरुवा बिक्री वितरण हुने गरेको बताए । पाँच वर्षयता तीन कठ्ठा जमिनमा फलफूल नर्सरी […]