समाचार

दहमा जडीबुटी सङ्कलन केन्द्र स्थापना

जाजरकोट। जिल्लाकै सबैभन्दा बढी जडीबुटी पाइने बारेकोट गाउँपालिका–४ दहमा सङ्कलन केन्द्र निर्माण गरिएको छ । सडकको पहुँच रहेको दहमा सङ्कलन केन्द्रको भवन निर्माणले यहाँको जडीबुटीलाई सहजरूपमा व्यवस्थापन गर्न सहयोग पुग्ने बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताउनुभयो । स्थानीय पूर्वाधार कार्यक्रमको साझेदारीमा गाउँपालिकाले उक्त सङ्कलन केन्द्रको भवन निर्माण गरेको उहाँले जानकारी दिनुभयो । रु. ४१ लाखमा […]

असिनापानीले अन्नबालीमा क्षति

बाजुरा। बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा गत बुधबार दिउँसो आएको असिनापानीले अन्नबाली, तरकारी र फलफूलमा क्षति पुर्याएको छ । हिउँदे बाली भित्र्याउन नपाउदै आएको असिनापानीले खेतबारीमै गहुँ, जौँ सखाप पारेपछि किसानहरू चिन्तित बनेका छन् । अहिले उनीहरु भोकै परिने हो कि भन्ने चिन्तामा छन् । कम उत्पादन हुने र हिउँदभरि दुःख गरेर लगाएको खेती असिनापानीले […]

सहरमा हरियाली प्रवद्र्धनका लागि एक लाख बिरुवा रोप्दै कामपा

ललितपुर। सहरमा हरियाली प्रवद्र्धनका लागि एक लाख बिरुवा रोप्ने अभियानअन्तर्गत आज काठमाडौँ महानगरपालिकाले शङ्खधरपार्क (रत्नपार्क) मा वृक्षरोपण गरेको छ । रोपिएका बिरुवा कपुर, धूपी र समीका छन् । अभियानको थालनी गर्दै यसअघि कोटेश्वर–जडीबुटी सडक खण्डमा एक सय २० कपुरका बिरुवा रोपिसकिएको छ । सहरी हरियालीका प्रवद्र्धनका लागि एक लाख बिरुवा रोप्ने सपना पूरा गर्ने अभियान […]

बाख्रापालक कृषकलाई अनुदान वितरण

म्याग्दी। बेनी नगरपालिकाका छ वटा वडालाई समेटेर बाख्राको व्यावसायिक उत्पादन केन्द्र ९ब्लक० कार्यक्रममा आबद्ध कृषकलाई रु. १६ लाखभन्दा बढी अनुदान वितरण गरिको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले जिल्ला बाख्रा व्यवसायी सङ्घमार्फत बेनी नगरपालिकाको १ देखि ६ नम्बर वडामा बाख्रा ब्लक कार्यक्रम सञ्चालन गरेको छ । केन्द्रका […]

माटो परीक्षण गर्न कृषक अनिच्छुक

पर्वत। खेतबारीमा जति मिहेनत गरिएको हुन्छ त्यसको तुलनामा अन्न उत्पादन नहुँदा धेरै कृषकले वैकल्पिक बाटो रोज्न थालेको अवस्था छ । कतिपयले व्यावसायिक रूपमा भन्दा आफूलाई काम चल्ने गरेर मात्रै खेतीपाती गर्ने गरेका छन् । यो नतिजा आउनुको एक प्रमुख कारणका रूपमा माटो परीक्षण नगरीकनै खेती बाली लगाउनु रहेको कृषि ज्ञान केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास […]

पशुपालनमा छैन युवाको आकर्षण

मनाङ। मनाङको नासोँ गाउँपालिका–४ का सुरेश थकाली पशु व्यवसायी हुनुहुन्छ । “पहिला याक, चौँरी धेरै सङ्ख्या पालिन्थ्यो, अहिले त कति छ भनेर आँखा अगाडि भन्न सकिन्छ, युवाको चाहना छैन, के गर्नु हामीले पनि घटाउँदै लगेका छौँ”, उहाँले भन्नुभयो । पहिले करिब एक सय याक, चौँरी पालेर दूध, मासुका लागि बिक्री गरेर आम्दानी गरिए पनि अहिले […]

किसानलाई सधैँ सिँचाइकै पिरलो

ढोरपाटन। समथर भू–भागदेखि उच्च पहाडसम्म फैलिएको बागलुङका धेरै ठाउँमा सहज सिँचाइको पहुँच छैन । सिँचाइको व्यवस्था नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन् । तल्लो भेगमा सिँचाइको थोरै मात्रामा सुविधा भए पनि जिल्लाको माथिल्लो क्षेत्रमा भने आकाशे पानीकै भरमा खेतीपाती गर्नुपर्ने अवस्था छ । उच्च क्षेत्र उर्वर भए पनि सुक्खा हुँदा कम मात्रामा मात्रै उत्पादन हुन्छ […]

स्वामीकार्तिकमा खाद्य बिक्री केन्द्र

बाजुरा। बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा खाद्य बिक्री केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाजुराको सहयोगमा खाद्यान्न बिक्री केन्द्र स्थापना गरिएको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत रोकायाले जानकारी दिए । उनले यहाँका नागरिकले कोेल्टीमा गएर खाद्य ल्याउनुपर्ने बाध्यता हटाउनका लागि पालिकामा नै खाद्य बिक्री केन्द्र स्थापना […]

कफी खेतीमा जोड दिँदै खानीखोला

काभ्रे। खानीखोला गाउँपालिका काभ्रेपलाञ्चोकको दक्षिण–पश्चिम क्षेत्र डाँडापारि (महाभारत पर्वतशृङ्खला) मा अवस्थित स्थानीय तह हो । गाउँपालिकाले एक वर्षको अवधिमा कृषकलाई व्यावसायिक कफी खेतीमा अनुदानदेखि वृद्ध–वृद्धाको स्वास्थ्य परीक्षण तथा असहाय बालबालिकाको शिक्षामा जोड दिएको छ । गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ खानीखोला विकास र समृद्धिको आधार निर्माणको चरणमा प्रवेश गरेको बताउनहुन्छ । उहाँले भौतिक पूर्वाधारसँगै विशेष गरी […]

सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’

मङ्गलबारे। इलाम रोङ-६ का दावा स्याङ्बोले एक सय पचास घारमा मौरी पाल्नुभएको छ । विसं २०७६ सालबाट आधुनिक मौरीपालन गर्दै आउनुभएका उहाँले सेरेना जातका मौरी पाल्नुभएको हो । पाँचवटा छुट्टाछट्टै स्थानमा करिब ४० वटाका दरले घार व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मौरीलाई स्याहारका लागि खटिरहनु पर्दैन ।” उत्पादनको पाँच प्रतिशत मात्र घारका लागि […]