म्याग्दीको ढकायो विदेशमा कोसेली
म्याग्दी। म्याग्दीको उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने ढकायो साग कोसेलीका रुपमा विदेशसम्म पुग्न थालेको छ । रोजगारी, पेसा, व्यवसाय र अध्ययनका सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरु र म्याग्दी घुम्न आउने स्वदेशी तथा विदेशी पाहुनाले ढकायोलाई कोसेलीका रुपमा लैजाने गरेका हुन् । अन्नपूर्ण गाउँपालिका–३ काभ्रेकी सुकमाया बुढाथोकीले बेलायत, हङकङ, जापानलगायत देशमा ढकायो पठाउने गरेको बताउनुभयो […]