समाचार

तुलसीपुरमा ऐलानी जग्गा उपयोग ‘कार्ड’ वितरण

तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिकाले ऐलानी जग्गा उपयोग कार्ड वितरण सुरुआत गरेको छ । सुकुम्बासीलाई लालपुर्जा दिने कार्यक्रमअन्तर्गत उक्त कार्ड वितरण गर्न लागिएको उपमहानगरपालिकाको सामाजिक विकास समिति संयोजक मानबहादुर रावतले बताए । “वडा नं ११ मा हामीले सुरु गरेका छौँ, अन्य वडामा पनि सुरु भइरहेको छ”, उनले भने, “यो अभियान तीव्रताका साथ अघि बढाएका छौँ ।” […]

बैतडीमा जङ्गली जनावरद्वारा बालीनाली सखाप

बैतडी। बैतडीमा जङ्गली जनावर बँदेल, भालु, दुम्सी, बाँदरलगायतले आतङ्क मच्चाएका छन् । ती जनावरले पछिल्लो समय मानिसमाथि आक्रमण गर्नुका साथै बालीनालीसमेत नष्ट गर्न थालेका छन् । दिउँसो बाँदर र रातिको समयमा बँदेल, दुम्सीले मकैबाली नष्ट गर्न थालेको दोगडाकेदार ३ श्रीकोटका डम्बर जोशीले बताए । मकै उत्पादनका लागि पकेट क्षेत्र मानिएको यस जिल्लाका अधिकांश क्षेत्रमा मकैबाली […]

बङ्गुरपालन व्यवसायमा २४ करोडको क्षति

गण्डकी। बङ्गुरमा देखिएको ‘अफ्रिकन स्वाइन फिभर’ रोगका कारण गण्डकी प्रदेशका बङ्गुरपालक किसानले झन्डै २४ करोड बराबरको क्षति व्यहोर्नुपरेको छ । गत वर्षको हिउँदमा पहिलोपल्ट नेपालमा सङ्क्रमण पुष्टि भएको उक्त रोगबाट गण्डकी प्रदेशभित्र १८ हजार २० बङ्गुरको मृत्यु भएको प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । “२२ हजार ६६ बङ्गुर सङ्क्रमित भएकामा ठूलो सङ्ख्यामा […]

पहिलेको झाडी अहिले कागती बगैँचा

दाङ। पाँच वर्षअघि निल काटा र सैँजनको झाडी रहेको दाङको गढवा गाउँपालिका–३ गोबरडिहाको विद्यानगर अहिले कागतीको बगैँचामा परिणत भएको छ । जताजतै झाडी मात्रै देखिने पाखोबारीमा अहिले चारैतिर हरिया बोटमा लटरम्म कागती फलेका छन् । यहाँ पुग्ने जोकोहीको ध्यान फलेका कागतीका बगैँचाले तान्ने गरेका छन् । गोबरडिहाका किसान अन्जित चौधरीले पाखोबारीमा व्यावसायिकरुपमा उन्नत जातको कागती […]

तीन वटा चिस्यान गृह निर्माण

म्याग्दी। म्याग्दीमा सुन्तला र मुस्ताङमा स्याउ भण्डारण गरेर बेमौसममा बजारमा आपूर्ति गराउन यस वर्ष २५ हजार किलोग्राम क्षमताको तीन वटा चिस्यान गृह निर्माण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत म्याग्दीमा एक र मुस्ताङमा दुई वटा चिस्यानगृह निर्माण गरिएको हो । स्याउ र सुन्तलाको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रमको सहयोगमा चिस्यानगृह […]

वडाध्यक्ष डाँगीको माहुरीपालन

घोराही। विगत दश वर्षदेखि डाँसबहादुर डाँगी माहुरीपालन व्यवसायमा सक्रिय छन् । उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बङ्गलाचुली गाउँपालिका–४ को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनले स्थानीय जातको सेरेना माहुरीलाई व्यावसायिकरुपमा पालन गर्दै आएका छन्। उनले भने, “सेरेना माहुरीलाई जङ्गलबाट खोजेर ल्याउनुपर्छ । पछिल्लो समय करिब डेढ सय घार बनाउन सफल […]

संस्कृति र पहिचान झल्कने घर नासिँदै

मन्थली। झिँगटी र पातला ढुङ्गाको छाना भएका ठूला घर अब गाउँमा देख्दा अनौठो लाग्छ । पहिले पहिले सभ्रान्त परिवारको चिनारीका रुपमा रहेका त्यस्ता घर अहिले खण्डहर बनेका छन् । जसोतसो २०७२ सालअघि त्यस्ता घर मर्मतसम्भार गरेर काम चलाइए पनि भूकम्पपछि साना घर निर्माणको लहर आयो । कला, संस्कृति र पहिचाहनसहितका घर जातीय हिसाबले रङ्ग्याइएका हुन्थे […]

म्याग्दीमा उत्पादित आलुले बजार पाएन

गलेश्वर। म्याग्दीमा उत्पादित आलुले बजार नपाउँदा किसान समस्यामा परेका छन् । पश्चिम म्याग्दीका मालिका, मङ्गला र धौलागिरि गाउँपालिकाका प्रत्येक व्यक्तिको घरमा यतिबेला खनेको आलु थुपारिएको छ । बारीमा पनि आधाभन्दा बढी आलु खन्न बाँकी छ । अहिलेसम्म कतैबाट पनि आलुको माग नआएको किसानले बताएका छन् । जिल्लाका लेकाली क्षेत्रमा फलेका वर्षे स्वादिष्ट आलु बिक्री नहुँदा […]

झापामा ३० हजार गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप

झापा। झापाका चारवटा पालिकामा लम्पी स्किन रोगविरुद्ध पशुचौपायालाई खोप लगाउन सुरु गरिएको छ । जिल्लाका १५ वटै पालिकामा रोगको सङ्क्रमण फैलिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरका लम्पी स्किन रोगका फोकल पर्सन गणेश भट्टराईका अनुसार झापामा हालसम्म लगभग ३० हजार पशुलाई खोप लगाइएको छ । किसानका निजी गोठ र व्यावसायिकरूपमा सञ्चालित […]

किटिनीमा चिया खेती

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–३ किटिनिमा चिया खेती गर्न थालिएको छ । मालिका गाउँपालिकाले जिल्लामै पहिलो पटक किटिनिमा चिया खेती सुरु गरेको हो । मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले करिब आठ रोपनी पाखोमा चार हजार आठ सय चियाका बिरुवा रोपिएको जानकारी दिए । “बाँझो पाखो खनजोत र मल हालेर चियाका बिरुवा रोपिएको हो,” उनले भने, “बाँझो […]