समाचार

डोको बुनेरै बित्यो ५० वर्ष

गलेश्वर। म्याग्दीका चुमबहादुर विक र माइला सार्कीको बसोबास फरक छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका चुमबहादुर विक र बेनी नगरपालिकाका गजबहादुर (माइला) सार्की एकापसमा परिचित छैनन् तर उँनीहरुको पेसा भने एउटै छ । दुवैले ७०औँ वसन्त पार गरिसकेका छन् । उन्नाइस वर्षको उमेरदेखि चोयासँग खेल्न थालेका मालिका गाउँपालिका–५ देविस्थानका विकको अहिले ७१ वर्षमा लाग्दासमेत चोयाँसँगको […]

धाराबाट पानी आएपछि खोलेस्बाङवासी दङ्ग

ढोरपाटन। “गाउँमा खानेपानीको हाहाकार हुन्थ्यो, सबैभन्दा बढी समस्या त चैतदेखि असारसम्म हुथ्यो, अहिले घरकै आँगनको धारोमा पानी आउँछ, घरमै पानी आउन थालेपछि हाम्रो दैनिकी नै फेरिएको छ ।” तमानखोला गाउँपालिका–२ खोलेस्बाङकी श्यामकुमारी रसाइलीलाई एक गाग्री पानी भर्न डेढ घण्टासम्म लाइनमा बस्नुपथ्र्यो । पानी भर्ने पालो कुर्दाकुर्दै अन्य घर धन्दा गर्न भ्याउदैँनथे । गाउँको बीचमा रहेको […]

किसानको बाली जोगाउन ‘बाँदर बगैँचा’

बलेवा। जैमिनी नगरपालिका–८ को पुरानो गाउँ बन क्षेत्रमा ‘बाँदर बगैँचा’ तथा पर्यटकीय क्षेत्र बनाउन पहल सुरुआत गरिएको छ । धार्मिक र ऐतिहासिक स्थलको पर्यटनबाहेक यहाँ जैमिनी नगरपालिकाका बाँदरको सङ्कलन गरेर फरक प्रकारको पर्यटन गन्तव्य बनाउन लागिएको हो । बाँदरको बगैँचा र प्राकृतिक वन्यजन्तु उद्यान बनाउनका लागि नगरपालिकाले सरोकारवालासँग छलफल थालेको हो । जैमिनी नगरपालिका र […]

फलफूल र मकैमा रोग किराको प्रकोप

गलेश्वर। म्याग्दीमा लगाइएको खेती र फलफूलमा रोग तथा किराको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् । लामो समयको खडेरीका कारण गहुँबालीमा क्षति व्यहोरेका किसान मकै बालीमा फौजी किरा र फलफूलमा औँसालगायत रोग देखिएपछि चिन्तित बनेका हुन् । यहाँका किसानले लगाएको फलफूलमा औँसा, केरामा खपटे, गवारो र मकैबालीमा फौजी किराको प्रकोप देखिएको स्थानीय तहका कृषि प्राविधिकले […]

म्याग्दीमा पशु पूर्ण खोप कार्यक्रम

म्याग्दी। म्याग्दीका सबै स्थानीय तहमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन भएको छ । खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लाका छ वटै पालिकाका किसानले पालेका पशुलाई खोप लगाउने अभियान सञ्चालन भएको हो । केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले जिल्लाभर एक लाख दश हजार छ सय ३३ गाई, भैँसी, […]

बहुउद्देश्यीय कृषि फार्ममा कालिजदेखि भैँसीसम्म

दमौली। तनहुँको शुक्लागण्डकी नगरपालिका–१० गैराबारीस्थित युनिक बहुउद्देश्यीय कृषि फार्म एक सय तीन रोपनी क्षेत्रफलमा फैलिएको छ । कृषि फार्ममा कालिज, हाँस, लोकल कुखुरादेखि भैँसीसम्म पालन गरिएको छ । कृषि र पशुपालनलाई एकीकृतरुपमा लैजाने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित हरिबहादुर खड्काले विसं २०७४ देखि बहुउद्देश्यीय फार्म सञ्चालनमा ल्याएका थिए । नेपालमा रोजगारी नभएको भन्दै युवा विदेशिरहेको अवस्थामा […]

कृषकलाई कफी खेतीमा अनुदान

काभ्रेपलाञ्चोक। खानीखोला गाउँपालिकाले कफी खेतीलाई प्राथमिकतामा राखेको छ । दिगो आयस्रोतका रुपमा कफी खेती छनोट गरी चालू आर्थिक वर्षको सुरुआतमै ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रम गाउँपालिकाले अघि सारेको थियो । उक्त कार्यक्रमअन्तर्गत हाल कृषक समूह र कृषि सहकारी गरी ११ वटा संस्थामा आबद्ध कृषकलाई घोषित अनुदान वितरण गरिएको थियो । सबै कृषक समूहलाई रु पाँच […]

साइपालमा खाद्य सङ्कट, सिंहदरबार नधाएर पुग्दैन चामल

बझाङ। साइपाल गाउँपालिका–४ धुलीका सोनाम तामाङको परिवारमा सात जना छन् । गाउँमै बस्ने उनीहरूको आयस्रोत ‘सिजन’अनुसार यार्सागुम्बा सङ्कलन नै हो । दुई वृद्धावस्था उमेरका बाहेक पाँचै जना यार्सागुम्बा सङ्कलनमा हिमाल चढ्छन् । यसबाट तामाङको परिवारले रु पाँच–छ लाख आम्दानी गर्दछ । त्योबाहेक उनीहरूको आम्दानीको स्रोत अन्य केही छैन । एक महिना पुग्ने गरी मात्रै खाद्यान्न […]

एउटै गाउँमा तरकारी खेतीबाट दुई करोड बढी आम्दानी

पर्वत। पर्वतको जलजला गाउँपालिका–७ धाइरिङस्थित सल्यान फाँट यतिखेर विभिन्न थरिका तरकारी खेतीले भरिभराउ छन् । बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध भएको समथर फाँटमा काउली, बन्दागोभी, काक्रो, गाँजर, बोडी, सिमी, गोलभेँडालगायतका तरकारी लटरम्म फलेका छन् । तरकारी खेतीका लागि धाइरिङ पर्वतमै नमूना गाउँ हो । तरकारी पकेट क्षेत्रका रूपमा परिचित यस गाउँका अधिकांश कृषकले व्यावसायिक तरकारी […]

युवापुस्ताले चासो नदिँदा आरन व्यवसाय सङ्कटमा

ढोरपाटन। निसीखोला गाउँपालिका–४ झिवाखोला बजार छेउमा पुरानो जस्तापाताले बारेको एउटा सानो छाप्रो देखिन्छ । त्यही छाप्रोमा दैनिकजसो भेटिनुहुन्छ ६४ वर्षीय हिरामान सुनार । अनुहारभरि कालोमोसो लत्पतिएको । एक हातले घन र अर्को हातले पङ्खा घुमाइरहेको भेटिनुहुने हिरामान फलामबाट बन्ने सामान बनाउनुहुन्छ । आरनमै दिन बिताउने सुनारले हँसिया, बञ्चरो, खुकुरीलगायतका सामान बनाउनुहुन्छ । आफ्नो बुवाबाट फलामका […]