समाचार

आत्मनिर्भर बन्दै महिला

बलेवा। बागलुङ नगरपालिका–४ उपल्लाचौरकी जमुना जिसीले १० वर्षअघि गाउँकै सहकारीबाट १० हजार रुपैयाँ ऋण लिएर बाख्रा पाल्न थालेका थिए। उनले बाख्रा पालेरै छोराछोरी पढाए, घर खर्च चलाए र केही तरकारी पनि फलाए। कालिका महिला सहकारी मार्फत १० हजार रुपैयाँको ऋण पत्याउन समस्या पर्ने जिसीले दशकमा लाखौँ ऋण पाउने क्षमता बनाएका छन्। नियमित बाख्रापालन गरेर उनले […]

केरा खेतीबाट मासिक ५० हजार आम्दानी गर्दै साउनेका किसान

गाईघाट। पैसा कमाउन र स्वरोजगार हुनका लागि धेरै ठूलो उद्योग सञ्चालन गर्नु पर्दैन र कमाउन विदेश नै जानुपर्छ भन्ने हुँदैन, स्वदेशमै बसेर पनि कुनै व्यवसाय गरेर पनि विदेशमा कमाउने रकम स्वदेशमै कमाउन सकिन्छ भन्ने उदाहरण अहिले उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेका कृषकले पुष्टि गरेका छन् । साउनेका ५६ वर्षीय डम्बरबहादुर मगर व्यावसायिकरूपमा केराखेती गरेर केरा बिक्रीबाट […]

धान बालीमा लाग्ने रोग र रोकथामका उपाय

धान प्रमुख खाद्यान्न बाली हो । पहाड र तराईमा यसको खेती वर्षायाममा गरिन्छ । तल्लो पहाड तथा खोचको सिञ्चित क्षेत्रमा चैते धान पनि लगाउने गरिन्छ । उन्नत प्रविधिबाट डेढदेखि दुई गुणा उत्पादन बढाउन सकिन्छ । धान विश्वका आधा भन्दा बढी जनसंख्या अर्थात् तीन अर्ब ५० करोड मानिसको खाद्यान्नको प्रमुख आधार नै धान हो । एशियाली […]

डडेल्धुरा र डोटीमा नमूना कृषि गाउँ बनाइने

अमरगढी। डडेल्धुरा र डोटीमा नमूना कृषि गाउँ बनाइने भएको छ । दुवै जिल्लाका विभिन्न भौगोलिक अवस्थितिअनुसारका बाली पहिचान गरी प्रत्येक स्थानीय तहमा नमूना कृषि गाउँ स्थापना गर्न लागिएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ । डडेल्धुरा र डोटी जिल्ला कार्य क्षेत्र रहेको सो कृषि ज्ञान केन्द्रले डडेल्धुराका सात र डोटीका नौ गरि १६ स्थानीय तहमा […]

५० प्रतिशत कृषि अनुदान लिने सुर्वण अवशर

ललितपुर। प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई सुन्तला सुपरजोन स्याङ्जाले आर्थिक वर्ष २०७६ /७७ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रमको लागि निवेदन माग गरेको छ । स्वीकृत कार्यक्रम अनुशार परियोजनाको कार्यक्षेत्र भित्र सुचिकृत भई क्रियाशिल रहेका कृषक, कृषक समुह, कृषि सहकारी तथा उद्यमीहरुले २०७६/०५/३१ गते सम्म परियोजना कार्यन्वयन ईकाई सुन्तला सुपरजोन स्याङ्जामा प्रश्तावना […]

तरकारी खेतीमा प्लास्टिक घर किन ? जानीराखौं

बहुमुल्ल्य तथा बेमौसमी तरकारी उत्पादन गरी मनग्य आम्दानी लिनाका लागि प्लास्टिक घर तथा पलास्टिक सुरुङ को निर्माण गरी तरकारी खेती गरिन्छ। २. प्लास्टिक घर का प्रकार : क. प्लास्टिक टनेल (सुरुङ )होचो तथा अग्लो हुने बालिको खेती गर्न तथा ब्याड मा बेर्ना उमार्न को लागि उपयुक्त हुने बास र प्लास्टिक द्वारा बनाइयको अग्लो तथा होचो […]

गर्ने हैन परवलको खेती

परिचय र महत्व: परबल  एक बहुवर्सिय लहरे तरकारी बाली हो । यसका कलीला फल भुटेर  तरकारी वा अचार बनाएर प्रयोग गरिन्छ । यो पोसिलो तरकारी हो । यसका कलीलामुन्टा र पात पनि बाली को रूपमा हल्का पकाएर  खाइन्छ ।काक्रो र फर्सी समुहका तरकारी बालीहरु मध्य यसमा बढीपौष्टिक तत्व पाइने भएकोले यसलाई राजा तरकारी भनिन्छ । […]

कुखुराको आहार परीक्षणको लागि प्रयोगशाला संचालन

चितवन। नेपाल पोल्ट्री महासङ्घले नारायणगढमा कुखुराको आहारा परीक्षणका लागि प्रयोगशाला सञ्चालनमा ल्याएको छ । तयारी दाना र दानाको कच्चा पदार्थमा रहेको ढुसीको मात्रा परीक्षणका लागि प्रयोगशाला सञ्चालन गरिएको हो । महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार मुख्यरूपमा दाना बनाउने कच्चा पदार्थ र बनिसकेको दानामा ढुसीको मात्रा प्रयोगशालामा परीक्षण गरिन्छ । दाना बनाउन प्रयोग गरिने मकै, भटमास, […]

एक घर, एक उत्पादन कार्यक्रम

तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ ले स्थानीयलाई स्वरोजगार बनाउन ‘एक घर, एक उत्पादन’लाई प्राथामिकता दिएको छ। वडाले एक घर, एक उत्पादनअन्तर्गत मौरीपालन र टनेल खेतीलाई प्राथमिकता दिएको हो। वडाको एक घर, एक उत्पादन कार्यक्रमलाई प्राथमिकता दिएर स्थानीयवासीलाई स्वरोजगारतर्फ उन्मुख बनाउने लक्ष्य रहेको वडा कार्यालयले जनाएको छ। मौरीपालक कृषकलाई ५० प्रतिशत अनुदानमा मौरीका घार उपलब्ध गराउन लागिएको […]

जंगलमा दुई दर्जन गाई मृत फेला, मारेको आशंका !

सुर्खेत। नेपालगञ्जबाट ल्याइएका छाडा चौपाया वीरेन्द्रनगरमा मृत भेटिएका छन्। नेपालगञ्जको कान्जीहाउसबाट ल्याइएका दुई सय ९१ गाई मध्ये वीरेन्द्रनगर–८ स्थित कटकुवा जंगलमा २३ वटा मृत भेटिएका हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उदयसिंह सिजापतिका अनुसार आठ वटा ट्रकमा ल्याइएका गाइहरु शुक्रबार बिहान करिव साढे तीन बजेतिर कटकुवा जंगलमा छोडिएका थिए। प्रहरीका अनुसार नौ वटा […]