तरकारी खेतीबाट बदलिएको पहिचान
धम्बोझी। बर्दियाको बारबर्दिया नगरपालिका–१० मा जन्मिएकी मीना थारुले बाँकेलाई कर्मथलो बनाएको १८ वर्ष भएको छ । ४० वर्षीया थारुको पढाइलेखाइ नभएपनि उहाँमा हरेक काम र सीप ग्रहण गर्ने राम्रो क्षमता छ । नेपालगञ्ज उपमहानगरपालिका–१३ बस्दै आउनुभएकी मीनाले जिल्लामै सफल महिला कृषकको रुपमा पहिचान बनाउनु भएको छ । उहाँको बारीमा थरीथरीको तरकारी देख्न सकिन्छ । विसं […]





