समाचार

फौजी किराले अन्नबाली सखाप

खोटाङ। जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा फौजी किराको आतङ्क फैलिएपछि कृषक चिन्तित बनेका छन् । सुख्खाग्रस्त क्षेत्रमा पर्ने नगरपालिकामा लामो समयको खडेरीका कारण सुकेको अन्नबालीको बोट तथा बिरुवा उखेलेर पुनः नयाँ रोपिएका अन्नबालीका बोट तथा बिरुवासमेत फौजी किराले सखाप पारेपछि कृषक चिन्तित बनेका हुन् । फौजी किराले अन्नबालीका बोट तथा बिरुवासँगै वनजङ्गल नै […]

आम्दानीको मुख्य स्रोत बन्दै रुद्राक्ष, एउटा रूखलाई ५५ लाख

भोजपुर। भोजपुरमा आम्दानीको राम्रो स्रोतका रूपमा रुद्राक्ष खेतीलाई लिने गरिन्छ । रुद्राक्षको राजधानी भनेर चिनिने भोजपुरमा हरेक वर्ष यसको कारोबारबाट करीब एक अर्बभन्दा बढी रकम भित्रिने गरेको छ । रुद्राक्षको व्यापार असोजदेखि शुरु हुने भए पनि पछिल्लो समय यसको कारोबार भदौको पहिलो सातादेखि नै शुरु हुने गरेको षडानन्द नगरपालिका व्यापारी एकबहादुर जिसीले बताए । यो […]

दूध नबिकेपछि गोठ भत्काउँदै किसान, गाई पाल्दा ५० लाख स्वाहा !

झापा। पशुपालन व्यवसायबाट धेरैले अर्थोपार्जन गर्दै आएका छन् । कतिपयले विदेशबाट फर्किएपछि त कतिपयले रोजगारीको अन्य विकल्प नभएपछि मात्र पशुपालन व्यवसायलाई अङ्गाल्ने गरेका छन् । व्यावसायिक पशुपालन गर्नेमध्ये अधिकांश कृषक सफल भएका छन् भने कतिपय कृषकले लगानीसमेत उठाउन नसकेर घाटा व्यहोरेका पनि पाइन्छ । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाका लीला चिमरिया, हरि कार्कीलगायतले पशुपालन व्यवसाय सञ्चालन […]

देशभर मौसम बदली, अधिकांश भू–भागमा वर्षाको सम्भावना

ललितपुर। मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले आज देशको अधिकांश भागमा आंशिकदेखि सामान्य बदली हुनाका साथै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । देशको पूर्वी भाग नजीक रहेको न्यून चापीय रेखाका कारण आज देशभर बदली हुनाका साथै अपराह्नपछि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको जल तथा […]

जुम्लामा ६ हजार मेट्रिकटन स्याउ फल्ने अनुमान, स्याउ टिप्न किसानलाई भ्याइनभ्याइ

सिञ्जा। कनकासुन्दरी गाउँपालिकाकी लिपु खत्रीलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । चन्दननाथ–१० की माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिएकी छिन् । उनीहरू दुवैको बारीमा करीब १५० स्याउका बोट छन् । लिपु र माया मात्र होइन, जिल्लाका किसानलाई अहिले स्याउ टिप्ने चटारो छ । भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याई […]

सुदूरपश्चिम प्रदेशमा नमुना कृषि कार्यक्रम

धनगढी। सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा नमूनाका रुपमा व्यावसायिक कृषि तथा पशुपक्षी विकास कार्यक्रम सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमबमोजिम ‘मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम’ अन्तर्गत पहिलोपटक नमूनाका रुपमा सो कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । प्रत्येक स्थानीय तहका एक वडा अथवा गाउँ […]

गोठाला देखि लखपतिसम्म ‘इलामे राई’

फिक्कल। झट्ट हेर्दा सामान्य जस्तो देखिने ‘इलामे राई’ लखपति बनिसकेका छन् । लेकको बसाइ, लगाएका कपडा र उनको हाउभाउले उनलाई हेर्ने जोकोहीले पनि सामान्य नै ठान्नु स्वाभाविक हो तर दुई वटा गाडी र दार्जिलिङमा घर जोडिसकेका राई हेर्दा देखेजति सामान्य छैनन् । हुन त हाम्रो समाजमा राम्रो लगाउने र सामान्य अङ्ग्रेजी मिसाएर बोल्नेलाई इज्जत गरिन्छ […]

कृषि कार्यक्रमको लागि भक्तपुर नगरपालिको अढाई करोड बजेट

भक्त्तपुर। भक्तपुर नगरपालिकाले चालु आर्थिक वर्ष कृषि क्षेत्रमा २ करोड ५० लाख बजेट छुट्याएको छ । विउ विजन वितरण, कृषि तालिम, पशु वधशाला, पशु कार्यक्रम, फलफुल र तरकारी बजारको लागि उक्त बजेट छुट्याएको हो । विउ विजन वितरण ५० लाख रुपैयाँ, कृषि तालिममा २५ लाख रुपैयाँ, पशु वधशाला १ करोड रुपैयाँ, पशु कार्यक्रम २५ लाख […]

मापदण्ड विपरीत सञ्चालित ६ दुग्ध उद्योगमा सिलबन्दी

ललितपुर। सिराहा जिल्लामा अनुमति बिना अवैधरुपमा सञ्चालित भैइरहेका आधा दर्जन डेरी उद्योगमा सिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा दुर्गन्धित तथा कागजपत्र बिनै सञ्चालन गरिरहेको पाइएपछि छ वटा डेरी उद्योगमा सिलबन्दी गरिएको हो । सदरमुकाम सिरहास्थित ज्वाइस दही तथा आइसक्रिम उद्योग, बजरङ्ग डेरी उद्योग, सुखचैनास्थित लक्ष्मी […]

फौजी किराले १५ दिनमा ५ सय रोपनीको मकै सखाप

ओखलढुङ्गा । मानेभञ्ज्याङ गाउँपालिकामा फैलिएको अमेरिकी फौजी किराको प्रकोप नियन्त्रण गर्न प्राविधिक टोली खटाइएको छ । कृषि ज्ञान केन्द्र र गाउँपालिकाको समन्वयमा विषादीसहितको टोली खटाइएको हो । फौजी किराले मानेभञ्ज्याङ गाउँपालिकाको हिलेपानी, सोक्माटार, थाक्ले र मानेभञ्ज्याङ गाउँमा लगाइएको मकैबाली सखाप पारेको छ । फौजी किराको प्रकोपबारे कृषि ज्ञान केन्द्रको प्राविधिक टोलीले स्थलगत अनुगमन गरेर नमुना […]