समाचार

मार्सी धान फल्ने खेतमा तरकारी खेती

तिलागुफा। कर्णाली राजमार्ग आसपासमा बेमौसमी तरकारी लगाएर किसानहरुले मनग्य आम्दानी गर्ने गरेका छन् । कालिकोटको खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिका अन्तर्गतका कर्णाली राजमार्ग छेउछाउका ताडी, बद्रीगाउँ, दाँहा, पीलि, गाल्जे, खल्नागाड, धनेडा, भिग्म गाउँका किसानहरु बैमोसमी तरकारी खेती गर्न थालेका छन् । विगतमा परम्परागत खेतीबाट सामान्य आम्दानी लिने गरेका ती किसान अहिले तरकारी खेतीबाट चौगुना आम्दानी […]

मोडल फार्म स्थापनाका लागि दुई करोड ४० लाख अनुदान दिइदैं

दमौली। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले मोडल फार्म स्थापनाका लागि अनुदान दिने भएको छ । केन्द्रले तनहुँ र नवलपुरमा ३० साना पशुपक्षी तथा मत्स्य मोडल फार्म स्थापनाका लागि चालू आर्थिक वर्ष २०७६/७७ मा रु दुई करोड ४० लाख अनुदान दिन लागेको हो । प्रत्येक स्थानीय तहमा कृषि, पशुपक्षी तथा मत्स्य व्यवसायको कम्तीमा […]

पशुपालक किसानलाई अनुदानमै ६ करोड वितरण

ललितपुर। प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पशुपालक किसानलाई गत एक वर्षमा रु छ करोड ५२ लाख अनुदान दिएको छ । पशुपालन व्यवसायको प्रवद्र्धन र विकासका लागि मन्त्रालयले दूध उत्पादक किसानलाई अनुदान, बधशाला निर्माण, दाना उद्योग सञ्चालन आदिका लागि रु छ करोड ५२ लाख वितरण गरेको हो । मन्त्रालयले दूधमा अनुदानस्वरुप […]

बरेङ पुग्ने पर्यटकको रोजाई, कोदोको ढिँडो र स्थानीय कुखुरा

बलेवा। चार महिना पहिलेसम्म बागलुङको बरेङ गाउँपालिका–२ का हिराबहादुर पुनले परम्परागत रुपमा स्थानीय जातको कुखुरा पालेका थिए । अब उनलाई व्यवसायिक रुपमै पाल्ने दबाव परेको छ । आफ्नै नेतृत्वमा गाउँमा आउने पर्यटकको लागि खाना र बस्नका लागि व्यवस्था गर्न सञ्चालन गरिएको सामुदायिक घरबासले उनलाई कुखुराको संख्या बढाउन दबाव परेको छ । सो गाउँका अरु चार […]

बढ्यो दूधको मूल्य

ललितपुर। सरकारले दूधको मूल्यमा ६ रुपैयाँले वृद्धि गरेको छ । बिहीबार सरकारले दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको दूग्ध विकास संस्थानका महाप्रवन्धक शैलेन्द्र घिमिरेले जानकारी दिए । महाप्रवन्धक घिमिरेका अनुसार मूल्य वृद्धि गर्ने फाइल सदर भएपनि बोर्ड बैठक बस्न भने बाँकी छ । संस्थानले पेश गरेको दूधको मूल्य बढाउने फाइल कृषिमन्त्री चक्रपाणि खनालले […]

सापकोटा जी, खोरमा कि गरामा ?

वैकुण्ठ सापकोटा कुखुरालाई चारो दिँदै थिए । मोबाइलमा घण्टी बज्यो । “हेलो हजुर अन्त कहाँ हुनु र आफू त कि खोरमा कि गरामा”, फोनमा सापकोटाले भने । कसैले कहाँ हो भनी सोधे हिजोआज उनले दिने जवाफ प्रायः यही हुन्छ । उमेरले ४६ लागेका सापकोटाको निन्द्रा बिहान ४ बजे खुल्छ । कुखुराको स्याहार, दानापानी गरिसक्दा ६ […]

उन्नत जातका गाईपालनबाट गाउँकै विकास

अमरगढी। डडेल्धुरा जिल्लाको भित्री मधेश क्षेत्रमा पर्ने आलिताल गाउँपालिका बासिन्दाले व्यवासायिक रुपमा उन्नत जातका गाईपानलबाट गाउँकै विकास गरेका छन् । नेपाल सरकारले शुरु गरेको कवुलियती वन तथा पशु विकास अवधारणा अनुसार स्थानीयवासी उन्नत जातको गाईपालनमा जुटेका हुन् । जिल्लाका अधिकांश क्षेत्रमा स्थानीयवासीको जिम्मामा रहेका वनलाई कवुलियती वनमा परिणत गरी ४० वर्षसम्म समूहलाई जिम्मा दिने निर्देशिकामा […]

नेपालमै पहिलोपटक ‘अर्गानिक कृषि’ विषय पढाइ हुँदैं

ललितपुर। मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले नेपालमै पहिलोपटक स्नातक तहमा कृषि विज्ञानअन्तर्गत अर्गानिक कृषि विषय पढाउने भएको छ । अर्गानिक कृषि विषय पढाइरहेको जर्मनीको क्यासल युनिर्भसिटीका प्रोफेसर पिटरको सहयोगमा एमयुले यससम्बन्धी पाठ्यक्रमको रुपरेखा तयार पारेको हो । विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले स्नातक तहको कृषि विज्ञान (बिएस्सी–एजी) अन्तर्गत आठ वटा सेमेष्टर रहने गरी अर्गानिक कृषिसम्बन्धी पाठ्यक्रम […]

ड्रागन खेतीबाट एक वर्षमै २५ लाख आम्दानी गरेका भेषमान (भिडियोसहित)

नमोबुद्ध। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ पिपलचौर, जबदीबेँसीमा गरिएको ड्रागन फ्रुट खेतीबाट यहाँका एक किसानले वार्षिक रु २५ लाख आम्दानी गरेका छन् । बनेपा नगरपालिका–३ घर भएका भेषमान श्रेष्ठले चार वर्ष अगाडि १८ रोपनी जग्गा खरीद गरी १७ रोपनीमा लगाएको सो खेतीबाट एक वर्ष अगाडिदेखि आम्दानी लिन शुरु गर्नुभएको हो । शुरुको वर्षमा रु पाँच लाखको बिक्री […]

तालीम सहित अनुदान लिने अवशर

ललितपुर। रेशम खेती कार्यलय बन्दीपुर हाल पिंढी बिजकोया श्रोत केन्द्रले आर्थिक वर्ष ७६ /७७ को कार्यक्रम अनुशार किम्बु खेती, रेशम किरा पालन तथा मौरीपाल र च्याउ खेतीका लागि आधुनिक प्रविधि सिकाउनुका साथै अनुदान वितरण गर्ने भएको छ । केन्द्रले सूचना प्रकाशित गरी ईच्छुक कृषक , समुह, सहकारी वा गैर सरकारी संस्थामा व्यक्तिलाई भदै मसान्त सम्म […]