भन्सार छलेर आयात गरिएका खसी बरामद
राँझा। भन्सार छलेर नेपाल आयात गरिएका खसी इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । कोहलपुरबाट पूर्वतर्फ जाँदै गरेको ना ७ ख ८९९८ नंको ट्रकमा गएराति करिब १२ बजे कोहलपुर नगरपालिका वडा नं १२ चप्परगौडीस्थित जाँच केन्द्रमा जाँच गर्ने क्रममा ६४ खसी फेला परेका इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । […]





