समाचार

शिक्षणबाट अवकाशपश्चात् व्यावसायिक कृषिमा जम्दै खरेल

बागलुङ। गलकोट नगरपालिका–९ छिसमा स्थानीय मित्रलाल खरेलले व्यावसायिक रुपमा कागती खेती सुरु गरेका छन्। परीक्षणका लागि ३ वर्ष पहिले लगाइएका एक सय कागतीका बिरुवाले राम्रो फल दिन थालेपछि अहिले व्यावसायिक रुपमै कागतीखेती थालिएको ४९ वर्षीय किसान खरेलले बताए। गत वर्ष ४ सय कागतीका बिरुवा रोपेर व्यावसायिक रुपमै कागती खेती थालेको उनको भनाइ छ। २ दशकअघि […]

ओखरखेती विस्तार गर्ने तयारी

दार्चुला। जिल्लाका दुई नगरपालिका र दुई गाउँपालिकामा ओखरखेती विस्तार गरिने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ, स्याउ जोनमार्फत स्याउ उत्पादन नहुने क्षेत्रमा ओखरखेती विस्तार गरिने भएको हो । स्याउ जोन कार्यालयका निमित्त प्रमुख विष्णुप्रसाद ओझाका अनुसार चालू आर्थिक वर्षदेखि महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकामा ओखरखेती विस्तार गरिने भएको छ […]

च्याउखेतीको बीमा गर्ने हो ? आउनुहोस यसबारे एक्कै छिन् जानकारी लिऔं

पछिल्लो समय च्याउको व्यवसायिक खेति प्रति किसानहरुको आर्कषण बढ्दो छ । किसानहरुको लगानी पनि बढ्दै गएको छ । हरेक व्यवसायमा जस्तै यो व्यवसायमा पनि उतिकै जोखिम हुन्छ । त्यसैले बीमा समितिले च्याउ खेती बीमालेख जारी गरेको छ । यस बीमालेखले विभिन्न कारण च्याउ खेतीमा हुने हानी, नोक्सानी वा क्षतिको आर्थिक सुरक्षा प्रदान गर्छ । बीमा […]

बाली तथा पशुपन्छीं बीमाको लागि कम्पनी तोकियो, तपाईको जिल्लामा कुन प¥यो हेर्नुहोस

ललितपुर। नेपाल सरकारले कृषकहरुको जोखिम हस्तान्तरणका लागि कृषि तथा पशुबिमा कार्यक्रमलाई प्रभावकारी बनाउने भएको छ । सरकारको उक्त नीतिअनुरुप बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले निश्चित जिल्ला तोकेर निश्चित बिमा कम्पनीहरुलाई क्षेत्राधिकार दिएको छ । कृषकहरुलाई माथि उठाउने उद्देश्यले यस कार्यक्रममा कृषि तथा बीमा शुल्कको ७५ प्रतिशत रकम छूटको व्यवस्था मिलाईको छ । सबै जिल्लामा […]

चाडबाड नजिकिएसंगै बढ्यो तरकारीको मूल्य

ललितपुर। सोह्रश्राद्ध लागेपछि अधिकांश तरकारीको भाउ महँगिएको छ। कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले दैनिक सार्वजनिक गर्ने मूल्य सूचीको आधारमा अधिकांश तरकारीको भाउ बढेको देखिएको हो। अघिल्लो साता सार्वजनिक भएको मूल्य सूचीको आधारमा तरकारीको मूल्य सोमबार बढेको छ। समितिका अनुसार ४३ प्रकारका तरकारीमध्ये २८ तरकारीको मूल्य बढेको छ। सबैभन्दा बढी रायोको सागको मूल्य ९३ […]

विस्थापित हुँदैं अण्डा व्यवसायी

चितवन। विगत दुई वर्ष यता अण्डाको मूल्यले खर्च धान्न नसकेपछि व्यावसायी विस्थापित हुने अवस्थामा पुगेका छन् । कतिपय साना किसानका खोर खाली हुन थालेका छन् भने बैंकमा ऋण थप्दै कुखुरा पाल्नुपर्ने बाध्यता कृषकसामु देखापरेको छ । नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार निर्धारण गरिएको मूल्यमा अण्डा बिक्न सकेको छैन । संघले ठूलो […]

कृषिमा फड्को मार्दै मकवानपुर

मकवानपुर। प्रदेश सरकारको अनुदान तथा गाउँपालिकाको व्यावसायिक र आधुनिक कृषितर्फ जोड दिने नीतिका कारण मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको कृषि उत्पादनमा वृद्धि हुँदै गएको छ । विगतमा चारदेखि पाँच हजार लिटरसम्म उत्पादन हुने दूधको उत्पादन बढेर हाल १० हजार लिटर पुगेको जनाइएको छ । त्यस्तै केरा तथा तरकारीको उत्पादनसमेत वृद्धि भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका कृषिमार्फत […]

न्युजिल्याण्डमा प्रशस्त कमाउन सकिने अवसर छाडी गाउँमैं एग्रो फार्म संचालन

ललितपुर। न्युजिल्याण्डबाट व्यवस्थापन विषयमा मास्टर्स गरेका मुकुन्द रिजाल (शर्मा) र काठमाडौँको व्यापार–व्यवसाय छोडेर गाउँ फर्किएका उनकै दाइ दीर्घप्रसाद रिजाल (शर्मा) ले रु. ५३ लाखको लगानीमा गाउँमा नै एग्रो फार्म सञ्चालन गरेका छन् । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा रिजाल एग्रो फार्म सञ्चालन गरेर कुखुरापालन र आग्र्यानिक कृषिमा रमाइरहेका यी दुई भाइको दिनचर्या देख्दा पढे लेखेर जागिरै […]

किसानलाई फलफूलमा आत्मनिर्भर बनाउँदैं पञ्चेश्वरका गाउँपालिका

बैतडी। किसानलाई फलफूल आत्मनिर्भर बनाउन बैतडीको पञ्चेश्वर गाउँपालिकाले विशेष कार्यक्रम सञ्चालनमा ल्याएको छ । ठाउँअनुसार फलफूलको पकेट क्षेत्रका रुपमा विकास गरेर फलफूलमा आत्मनिर्भर बनाउने उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको वडा नं ३ लाई अनारको पकेट क्षेत्र मानेर सो क्षेत्रमा तीन हजार अनारका बिरुवा वितरण गरिएको उपाध्यक्ष बीना भट्टले जानकारी दिए । यस्तै गाउँपालिकाको […]

तीन पालिकामा मौरी ‘जोन’ कार्यक्रम शुरु

ललितपुर। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत दाङमा मकैको सुपरजोन र तोरीको जोन कार्यक्रम सञ्चालनमा छन् । चालू आर्थिक वर्षदेखि जिल्लामा फेरि अर्को जोन कार्यक्रम शुरु भएको छ । दाङको जोन क्षेत्र निर्धारण समितिको छनोटको आधारमा र जनताको माग बढेपछि जिल्लामा मौरीको पनि जोन कार्यक्रम थपिएको हो । जिल्लामा लामो समयदेखि मह उत्पादन हँुदै आइरहेको छ भने […]