रुपन्देही। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत कार्यक्रम अन्र्तगत पशुपन्छीं विकास कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि केन्द्रले शर्तहरु पालना गरि कार्यक्रममा समावेश हुन ईच्छुक कृषक, कृषि सहकारी, कृषि फर्म, नीजि उद्यमी, दाना तथा साईलेज उत्पादन उद्योग, मासु व्यवसायी, दुग्ध व्यवसायीलाई सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन पेश गर्न आव्हान गरेको छ ।

संचालन हुने कार्यक्रमहरु:
१. आय आर्जनका लागि भेडा बाख्रापालन
२. पोषण सुधारका लागि संगुर बंगुरपालन
३. पोषण सुधारका लागि स्थानीय कुखुरापालन
४. घाँसेबाली स्रोत केन्द्र स्थापना
५. आहारको लागि घाँसेबालीहरुको बीउ उत्पादन
६. घाँस तथा दाना उत्पादनका लागि अनुदान
७. च्यापकटर मेशिनमा सहयोग
८. मासु तथा डेरी पसल सुधार सहयोग
९. स्थानीय तहको सहकार्यमा एकिकृत फार्म स्थापना

थप जानकारीका लागि केन्द्रका सूचना अधिकारी डा. सुमन खनाल ९८५७०१७९३१ , ०७१ – ५२६५०६

मेचीकाली राष्ट्रिय दैनिकमा प्रकाशित सूचना हेर्नुहोस :