ललितपुर। सरकारले सात जिल्लामा विषादी अवशेष द्रुत विश्लेषण इकाइ स्थापना गर्ने भएको छ। यसका लागि सरकारले ८ राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गरेको छ।

मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जानकारी बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री गोकुल बाँस्कोटाले उक्त कुराको जानकारी दिएका हुन्। उनले विषादी अवशेष द्रुत विश्लेषण इकाइहरूका लागि चालु आर्थिक वर्षका लागि ८ राजपत्रांकित अस्थायी दरबन्दी स्वीकृत गरेको बताए।

सीमा नाकाबाट फलफूल, तरकारीलगायत वस्तु आयात निर्यात गर्दा त्यसको तत्कालै जाँच तथा विश्लेषण गरिने छ। उनका अनुसार काठमाडौं, झापा, सर्लाही, कास्की, रुपन्देही, बाँके र कैलाली गरी सात जिल्लामा जाँच केन्द्र राख्नेगरी आठ दरबन्दी स्वीकृत गर्ने निर्णय भएको हो।