समाचार

किसान अप्ठ्यारोमा परेको बेला टुलुटुलु हेरेर बस्दैनौं : मन्त्री अर्याल

ललितपुर। कृषि तथा पशुपक्षी विकासमन्त्री पद्मा अर्यालले किसानहरु मर्कामा परेका बेला राज्य टुलुटुलु हेरेर नबस्‍ने बताउनुभएको छ। कोरोना महामारीले कृषि क्षेत्रमा पारेको प्रभाव तथा महामारीले कृषि उत्पादनका लागि आवश्यक पर्ने सामग्रीको व्यवस्थापन र उत्पादित उपजरवस्तुको बजारीकरणमा सहजिकरण गर्ने उद्देश्यले बुधवार मन्त्रालयले सरोकारवालाहरुबीच आयोजना गरेको भर्चुअल छलफलमा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो। सरकारका तर्फबाट संकटको […]

गहुँ उत्पादन घट्यो, हावाहुरीले तरकारीमा क्षति

रुकुमपूर्व। रुकुमपूर्वमा यस वर्ष गहुँ उत्पादनमा गिरावट आएको छ । जिल्लाको मकैपछि दोस्रो प्रमुख खाद्यान्न बालीका रुपमा रहेको गहुँ उत्पादनमा गिरावट आउँदा कृषक समस्यामा परेका छन् । यस वर्ष जिल्लाभर ६ हजार ४६ दशमलव ४५ मेट्रिक टन गहुँ उत्पादन भएको छ । यो गत वर्षको तुलनामा ३८ प्रतिशतले कम उत्पादन भएको एकीकृत कृषि तथा पशुपन्छी […]

कन्ये च्याउ खेती प्रविधि

मानवले आफ्नो जीवनमा पौष्टिक आहारका रूपमा विभिन्न खाद्य पदार्थको सेवन गर्छ जसले उसमा शारीरिक तथा मानसिक विकासका निम्ति मद्दत गर्ने गर्छ।त्यसमा च्याउलाई पनि एक अमृत रूपी पोषिलो आहार का रूपमा लिन सकिन्छ।च्याउ एक नाङ्गो आँखाले देख्न सकिने ढुसी हो,जुन एक स्वादिष्ट तथा फाइदाजनक खाद्य पदार्थमा परिवर्तित भई एक अमूल्य स्थान हासिल गरेको छ।यो छिटो भन्दा […]

विदेशको जागिर छाडेर गाउँमा रमाउँदै अधिकारी

तनहुँ। भानु नगरपालिका–१२ स्थित घलेछाप निवासी ५० वर्षीय राजेन्द्र अधिकारी बहराइनमा होटलको राम्रो जागिर छाडेर गाउँमै व्यावसायिक पशुपालनतर्फ लागेका छन् । गाउँमै बसेर केही गरौँ भन्ने भावनाका साथ विगत तीन वर्षदेखि बोर र स्थानीय जातका बाख्रा, मौरीपाल तथा लोकल कुखुरा पालन गरेर राम्रो आम्दानी गर्दै आएका छन् । शुरुमा करिब रु. १५ लाखबाट व्यवसाय थालेका […]

कोरोना असर : भण्डारमै थन्किए अलैँची र अदुवा

इलाम।  कोरोनाका कारण भारत निकासी हुन नसकेपछि कृषिजन्य वस्तु भण्डारमै थन्किएका छन् । निकासी हुने मुख्य सिजनमै कोरोनाले नाका र भारतीय बजार बन्द भएपछि नेपाली कृषिजन्य पदार्थ निर्यात हुन नसकेको हो । चैत र वैशाख महिना कृषिजन्य वस्तु निर्यात हुने मुख्य ‘सिजन’ हो । यो सिजनमा मूल्य उल्लेखनीय पाइने भएकाले नेपाली व्यवसायीले भारतमा कारोबार गर्छन् […]

जाजरकोटमा आयोडिनयुक्त नुनका चार डिपो रित्तै

जाजरकोट। सरकारले अनुदानस्वरूप दिएको आयोडिनयुक्त नुन डोल्पाका छ स्थानीय तहका सर्वसाधारणले खान पाएका छैनन् । आयोडिनयुक्त नुनको ठाउँमा ढिके नुन नै प्रयोग गर्न बाध्य भएको यहाँका सर्वसाधारणले जानकारी दिएका छन् । जिल्लाका मुड्केचुला गाउँपालिकाको सर्मी, जगदुल्ला गाउँपालिकाको काइगाउँ, त्रिपुरासुन्दरी गाउँपालिकाको लिकु र उपल्लो डोल्पाका स्थानीय तहका लागि तिन्जेमा आयोडिनयुक्त नुनको डिपो रहेको छ । त्यस्तै […]

कालीमाटी तरकारी बजार बन्द

ललितपुर। पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर कोरोना सङ्क्रमतिको सङ्ख्यामा वृद्धि भएको भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ । तरकारी बजार विकास समितिले आज एक सूचना जारी गर्दै आजदेखि कृषक बजार बन्दको निर्णय भएको जनाएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्णयअनुसार बजार बन्दको निर्णय भएको समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले जानकारी […]

नेपालको कृषि क्षेत्रमा नविनतम प्रयोग : प्लास्टिक छापो प्रविधि

हाल नेपालमा पछिल्लो बर्षदेखि कृषकहरुले चिस्यान संरक्षण र झार नियन्त्रणको लागि विभिन्न उपायहरु जस्तै छ्वालि, सुकेको पात, पराल आदि ल्याई रहेका छन, तर अहिले अधिकाशं कृषकहरुले प्लास्टिकको छापो (प्लास्टिक मल्चिङ्ग) प्रयोग गर्दै खेती गरेकोले निकै फाईदा भएको पाईएको छ । कृषकहरुको भनाई अनुसार यो प्रविधि सबै भन्दा राम्रो र प्रभावकारी तरीका रहेको बताउँछन । पास्टिकको […]

अठार लाखको गोठेमल खरिद

खलङ्गा। जुम्लाको गुठीचौर एग्रो फार्मले स्याउ बगैँचामा प्रयोग गर्नका लागि यहाँका किसानबाट रु १८ लाखको गोठेमल खरिद गरेको छ । सबै किसानबाट १४ हजार डोका गोठेमल किसानबाट खरिद गरिएको एग्रो फार्मका सञ्चालक मीमबहादुर भण्डारीले बताए । उनले भने, ‘३० हजार स्याउका खाल्डामा प्रयोग गर्न किसानबाट गोठेमल खरिद गरिएको छ । फार्ममा ३० हजार फुजी स्याउका […]

मौसम पुर्वानुमानः कतै बदली कतै बर्षा

ललितपुर। आज देशका विभिन्न स्थानमा वर्षा हुनुका साथै अधिकांश स्थानमा बदलीको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार मंगलबार दिनभर देशका अधिकांश भूभागहरुमा सामान्य बदली रहने जनाएको छ । यस्तै केही स्थानहरुमा भने मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति भने […]