समाचार

निषेधाज्ञाको मौका छोपी वन क्षेत्रमा तस्कर र शिकारीको चहलपहल

महोत्तरी। चारैतिर निषेधाज्ञाले आवागमन पातलिएका बेला यहाँका वनक्षेत्रमा वन तस्कर र शिकारीको चहलपहल बढेको छ । जिल्लाको गौशाला र बर्दिबास नगरपालिका क्षेत्रमा पर्ने वनमा केही दिनदेखि तस्कर र शिकारीको चहलपहल बढेको वनक्षेत्र नजीकका बासिन्दाले बताएका छन् । जिल्लामा गत वैशाख २२ गतेदेखि जारी निषेधाज्ञाको अवधि यही जेठ १० गतेसम्मलाई बढाइएको छ । जिल्ला र छिमेकको […]

कुहिने फोहोरबाट मल उत्पादन

व्यास। जिल्लाको व्यास नगरपालिकाले कुहिने फोहोरबाट प्राङ्गरिक मल उत्पादन गरेको छ । नगरपालिका–१० स्थित शिशुवा भतेरीमा दुई वटा खाडल खनेर कुहिने फोहोरलाई व्यवस्थापन गरेसँगै प्राराङ्गिक मल उत्पादन गरिएको हो । गत फागुन महिनादेखि उक्त स्थानमा कुहिने र रत्यौली नजिक नकुहिने फोहोर विर्सजन गरिदै आएको छ । बुधबार डोजरको सहायताले मल बाहिर निकाल्न थालिएको गौ संरक्षण […]

फौजी किराले मकैबाली नष्ट, किसान दोहोरो चिन्तामा

गलेश्वर। नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमणले थलापरेका बेला खेतवारीमा लगाइएको मकैवाली फौजीकिराले नष्ट गरिदिएपछि म्याग्दीका किसान दोहोरो रोगको चपेटामा परेका छन् । म्याग्दीमा भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकैबाली फौजी कीराले नष्ट गर्न थालेपछि यहाँका किसान दोहोरो चिन्तामा परेका हुन् । जिल्लाको बेनी नगरपालिका सहित ६ वटै स्थानीय तहका कतिपय किसान अहिले […]

सुन्तलाजात फलफूलको फल कुहाउने औसा झिँगाको पहिचान र व्यवस्थापन विधि:

सुन्तलाजात फलफूल (निबुवा,जुनार,सुन्तला, आदी ) को फल बिभिन्न प्रजातिका झिँगाहरुले औसा को माध्यमबाट कुहाएर नोक्सान पुर्याउदै आएको छ।साधरणतय सुन्तलाजात फलफूलमा विभिन्न प्रजातिका झिँगाहरुले नोक्सान पुर्याउदै आएको पाइएको छ।पछिलो समयमा सुन्तलाजात फलफूल खेती हुने नेपालको पहाडी जिल्लाहरु संखुवासभा, धनकुटा, रामेछाप, सिन्धुली, तेह्रथुम, पाँचथर लगायतका जिल्लाहरुमा ब्याक्ट्रोसेरा मिन्याक्स प्रजातिको झिँगाले विगत ६-७ बर्ष देखि सुन्तलाजात फलफूलको फलमा […]

जुम्लाका लागि २५०० क्विन्टल चामलको थप कोटा स्वीकृत

जुम्ला। कोरोना संक्रमणको दोस्रो लहर शुरु भएकै बेला जुम्लामा खाद्यान्न अभाव भएको विभिन्न राष्ट्रिय सञ्चार माध्यममा समाचार प्रकाशनपछि थप कोटा स्वीकृत भएको छ । जुम्लामा अनुदानको चामल अभाव भएको गुनासो बढेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रीय कार्यालयले धनगढीबाट चामल ढुवानी गर्ने गरी २ हजार ५०० क्विन्टल चामलको थप कोटा स्वीकृत गरेको हो । खाद्य […]

“An outlook to the current farming system and need for sustainable agriculture in Nepal”

The agriculture sector of  Nepal has been a major sector of the economy in terms of income, employment, and food security. Among 14,71,81,000 hectare land area, 21% i.e. 30,91,000 hac land is cultivated and 7% i.e. 10,30,000 hac land area cultivable is uncultivated.  Nepalese agriculture is characterized by subsistence farming and the concentration of most […]

नेपालमा चैते धान

नेपालको कृषि अर्थतन्त्रमा धान एक महत्वपूर्ण खाद्यान्नको रुपमा स्थापित छ। कृषि तथा पशुपन्छी विकास मन्त्रातलयको तथ्यांक अनुसार देशको कुल ग्राहयस्थ उत्पादनको धानले मात्र ७% ओगटेको छ भने कृषि ग्राहयस्थ उत्पादनमा २०% ओगटेको छ। नेपालमा तराई, मध्य तराई, मध्यपहाड र उच्चपहाड क्षेत्रमा धान खेती गरिदै आएको छ। त्यस्तै बाली विकाश निर्देशानलयको तथ्यांक अनुसार चैते धानको हकमा […]

चितवन राष्ट्रिय निकुञ्जमा गौरी गाई गणना शुरु

चितवन। चितवन राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत संकटापन्न अवस्थाको जङ्गली गाई (गौरी गाई)को गणना चितवन राष्ट्रिय निकुञ्जमा शुरु गरिएको छ । निकुञ्जले पाँच वर्षपछि मङ्गलबारबाट सो गणना थालेको हो । गौरी गाईको पछिल्लो अवस्थाको बारेमा जानकारी लिने उद्देश्यले यसको आन्तरिक अनुगमन तथा गणना शुरु गरिएको निकुञ्जका सूचना अधिकारी […]

बोटमै कुहिन थाले गोलभेडा

दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका– १३ मा करीब ३० बिघा क्षेत्रफलमा किसानहरुले लगाएका गोलभेडा बिक्री नभएपछि बोटमै कुहिन थाले । निषेधाज्ञाले गर्दा बजार लैजान नसकिएपछि गोलभेडा बोटमै कुहिने अवस्थामा रहेको हो । रासस

किसान अप्ठ्यारोमा परेको बेला टुलुटुलु हेरेर बस्दैनौं : मन्त्री अर्याल

ललितपुर। कृषि तथा पशुपक्षी विकासमन्त्री पद्मा अर्यालले किसानहरु मर्कामा परेका बेला राज्य टुलुटुलु हेरेर नबस्‍ने बताउनुभएको छ। कोरोना महामारीले कृषि क्षेत्रमा पारेको प्रभाव तथा महामारीले कृषि उत्पादनका लागि आवश्यक पर्ने सामग्रीको व्यवस्थापन र उत्पादित उपजरवस्तुको बजारीकरणमा सहजिकरण गर्ने उद्देश्यले बुधवार मन्त्रालयले सरोकारवालाहरुबीच आयोजना गरेको भर्चुअल छलफलमा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो। सरकारका तर्फबाट संकटको […]