समाचार

उत्पादन बजार पु¥याउन नसक्दा किसान निरास

महोत्तरी। बारीभरि वैशाखी तरकारीका बेला (लहरा) लहलहाएका छन् । कतै घिरौँला त कतै फर्सीका हरिया कैँडा ९गट्टा० बग्रेल्ती छन् । लौका, काँक्रा र परवलका लहराले छपक्क छोपिएर भुइँ देखिँदैन । भिण्डी (रामतोरइ, रामझिङनी), भाण्टा, खोर्सानी बोटमा लटरम्म फलेका देखिन्छ । आफ्नो मेहनत बारीमा यसरी हाँस्दा पनि महोत्तरीका किसान भने उत्पादन बजार पु¥याउन नपाएर निरास छन् […]

कृषकलाई प्रोत्साहन रकम

दमौली। तनहुँको घिरिङ गाउँपालिकाले लसुन र प्याज खेती गर्ने कृषकलाई प्रोत्साहन रकम वितरण गरेको छ । कृषकलाई नगदे बालीतर्फ आकर्षित गराउँदै गाउँपालिकालाई लसुन र प्याजमा आत्मनिर्भर बनाउने उद्देश्य सहित गाउँपालिकाले कृषकलाई प्रोत्साहन रकम वितरण गरेको हो । चालु आर्थिक वर्षको गाउँसभाबाट पारित नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार कृषकलाई प्रति रोपनी रु पाँच हजारका दरले […]

मूल्य वृद्धि हुँदा उपभोक्ता मारमा

भजनी। कोरोनाको दोस्रो लहर शुरु भएसँगै दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहेको छ । स्वास्थ्य सुरक्षाका लागि कैलाली जिल्लामा पनि अहिले निषेधाज्ञा जारी भएको मौका छोपेर केही व्यापारीहरुले बजारमा सामानको कृत्रिम अभाव देखाउँदै कालोबजारी गर्न थालेका छन् । नियमनकारी निकायले बजार अनुगमन नगर्दा कतिपय व्यापारीले उपभोक्तालाई ठगेका छन् । कोरोनाको सङ्क्रमण बढेपछि व्यापारीले मास्कको अभाव देखाउँदै […]

राष्ट्रिय किसान आयोगको अध्यक्षमा दंगाल नियुक्त

ललितपुर। राष्ट्रिय किसान आयोगको अध्यक्षमा प्रेम दंगाल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले दंगाललाई अध्यक्ष नियुक्त गरेको हो । दंगाललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही महिनाअघि अखिल नेपाल किसान महासंघको अध्यक्षको बनाएका थिए । मन्त्रिपरिषद बैठकले आयोगको सदस्यहरुमा जीवन्ती पौडेल, सूर्यप्रसाद खनाल, मञ्जु धिमाल, टेकबहादुर बोगटी र पुष्पा भुसाल नियुक्त भएका […]

खाद्यान्न सङ्कट उत्पन्न हुन नदिन हुम्लामा हवाई उडान पुन: शुरु

सिमकोट। कोरोना सङ्क्रमणको दर बढ्दै गए जिल्लामा खाद्यान्न सङ्कट पर्न सक्ने जनाउँदै जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले बुधबारदेखि खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न दिने निर्णय गरेको छ । केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अध्यक्षतामा बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकार पक्षको बैठकले हरेक दिन बढ्दो सङ्क्रमणको अवस्था हेर्दा पछि स्थिति […]

एक करोडको लगानीमा पशुपालन र रेष्टुरेन्ट सञ्चालन

गलेश्वर । म्याग्दीका एक व्यक्तिले छ वर्षसम्म कोरियामा कठोर परिश्रम गरेर कमाएको रु एक करोड स्वदेश फर्केर आफ्नै गाउँमा पशुपालन र रेष्टुरेन्टमा लगानी गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका ४० वर्षीय रमेश रावलले छ वर्ष कोरियामा कमाएको पैसा गाउँमै पशुपालन र रेष्टुरेन्टमा लगानी गरेका हुन् । रावलले बेनी–बागलुङ सडक खण्डको रत्नेचौरमा रु ५० लाखको […]

यसपालिको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने

ललितपुर। यसपालिको मनसुनको समयमा मुलुकका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती प्रदशेका अधिकांश स्थानमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी, हिमाली भूभागमा सदरदभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । त्यहाँ ३५ देखि ६५ प्रतिशत वर्षा […]

बट्टाईपालनमा युवा आकर्षित

बाँके। बाँके जिल्लाको खजुरा गाउँपालिका ­३ मनकामनामा मानबहादुर भण्डारीको परिवारको आम्दानीको स्रोत भनेको बट्टाईपालन बनेको छ । मानबहादुरले व्यावसायिकरुपमा बट्टाई पालन गर्न लागेको धेरै समय भने भएको छैन तर उनको मेहेनत र लगनले गर्दा छोटो समयमा राम्रो प्रतिफल लिन सफल भएका छन् । रक्तिम सांस्कृतिक मञ्चको केन्द्रीय उपाध्यक्ष समेत रहेका मानबहादुर एक कुशल कलाकारका साथै […]

बारीमा उत्पादित तरकारी खेर जाने भन्दै किसान चिन्तित

धनगढी। धनगढी उपमहानगरपालिका–२ को दीपटोल र कृष्णनगर नजिकै दुई स्थानमा गरी तीन बिघाभन्दा बढी जमीन लिज (भाडा)मा लिई व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका एक स्थानीयवासी कृषक खेतमा उत्पादन भएको तरकारी खेर जाने भन्दै चिन्तित भएका छन् । महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाले तरकारी बजार पूर्णरूपमा ठप्प भएपछि बारीमा उत्पादन […]

खाद्य कम्पनीसँग १३ हजार मेट्रिक चामल मौज्दात

ललितपुर। सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग १३ हजार मेट्रिक टन चामल मौज्दात छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकानुसार खाद्यसँग १३ हजार ४०४ मेट्रिक टन चामल मौज्दात छ । उक्त तथ्यांकमध्ये कम्पनीले बोलपत्र आह्वान गरेर खरीदको तयारी गरेको पाँच हजार मेट्रिक टन चामलसमेत रहेको जनाइएको छ । […]