मेगा बैंकले किसानलाई किसान कार्ड तथा कृषि कर्जा उपलब्ध गराउने
ललितपुर। मेगा बैंक नेपाल लिमिटेडले किसानहरुलाई हिमशिखर एग्रोसँगको सहकार्यमा बैंकको आधुनिक प्रविधि मैत्रि किसान कार्ड सहित कृषि कर्जा सर्वसुलभ रूपमा उपलब्ध गराउन सम्झौता गरेकोे छ । मेगा बैंक नेपाल लिमिटेडको तर्फवाट माइक्रो एण्ड एग्रो फाइनान्सिङ्ग विभागका प्रमुख पुण्य प्रसाद खनिया र हिमशिखर एग्रोका प्रमुख कार्यकारी अधिकृत प्रकाशचन्द्र घिमिरेले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । […]





