समाचार

खोरमा हुर्किँदै गरेकी पुष्पा १५ महिना पुगी

नवलपुर। चितवन राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्रबाट उद्धार गरेर ल्याइएको ‘पुष्पा’ मानिसको अभिभावकत्वमा हुर्किँदै आएकी छिन् । पुष्पालाई साढे १४ महिनाअघि चितवन राष्ट्रिय निकुञ्जमा पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को तमासपुर क्षेत्रबाट उद्धार गरेर ल्याइएको थियो । माउसँग बिछोडिएकी दुर्लभ एकसिङ्गे गैँडाको बच्चा (केटी) पुष्पालाई गत वर्षको माघ ३ गते उद्धार गरिँदा उनी जम्मा १२ दिनकी थिइन् । चितवन […]

आफ्नै ब्राण्डको मह बजारमा पठाउदै पौवादुङमा गाउँपालिका

भोजपुर। पौवादुङमा गाउँपालिकाले मौरीपालनमा प्रोत्साहन गर्ने उद्देश्यले कृषकलाई सात दिने व्यावसायिक तालीम दिएको छ । गाउँपालिकाले कृषकलाई मौरीसहितको ७७ घार वितरण गर्नु पूर्व उनीलाई व्यावसायिक तालीम दिएको हो । मौरीपालनमा लागेका कृषकलाई स्वरोजगारसँगै आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले काम भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । अध्यक्ष राईले भने, “हाम्रो क्षेत्रमा मौरीको राम्रो सम्भावना […]

१२ हजार युवालाई स्वरोजगार बनाइँदै, ३.२ प्रतिशत व्याजमा दुई लाख ऋण

ललितपुर। युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १२ हजार बेरोजगार युवालाई स्वरोजगार बनाउने भएको छ । कोषले चालु आर्थिक वर्षमा ती युवालाई लक्षित गरेर पाँच नयाँ कार्यक्रम मार्फत स्वरोजगार बनाउन शुरुआत गरेको हो । आर्थिक अभावका कारणले स्वरोजगार बन्न नसकेका युवालाई कोषले रु दुई लाख सहुलियत दरमा ऋण उपलब्ध गराउने गर्दछ । कोषले सहकार्यमा आधारित […]

रासायनिक मल कारखाना खोल्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत

ललितपुर। सरकारले मल कारखाना स्थापना गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पेश गरेको सो प्रस्ताव बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको कृषि मन्त्रालयले जनाएको छ । वर्षेनी रासायनिक मलको अभावमा नेपाली किसानहरुले भोग्दै आएको समस्याको दीर्घकालिन समाधानका निम्ति सरकारले मल कारखाना स्थापना गर्न लागेको कृषिमन्त्री अर्यालले जानकारी […]

मार्सी धानको खेती शुरु

खलङ्गा। जुम्लामा मात्र उत्पादन हुने विश्वकै लोकप्रिय धानमध्ये मार्सी खेती शुरु भएको छ । नेपाली र तेस्रो मुलुकको ठूलो बजारमा लोकप्रिय बन्दै गएको कालिमार्सी खेती यो वर्षको चैत १२ गतेदेखि आरम्भ भएको छ । त्यहाँका किसानले बिहीबारदेखि मार्सी धानको बीउ राखेका छन् । धानको बीउ बोराको पानीमा भिजाएर राख्ने दिनलाई यहाँ धान उत्पादनको शुरुआतीका रुपमा […]

खोटाङको खिदिमा रेन्बो ट्राउटको स्रोत केन्द्र बन्दै

खोटाङ। साकेला गाउँपालिका–३ खिदिमाका बासिन्दाले सामूहिकरूपमा रेन्बो ट्राउट पालन शुरु गरेका छन् । रेन्बो ट्राउट प्रजातिको माछा, भुरा तथा रेन्बो ट्राउटलाई दिइने दाना उत्पादनका लागि स्रोतकेन्द्रका रूपमा विकास गर्दै आर्थिक आयआर्जन गर्ने लक्ष्यका साथ तावाहाङ रेन्बो ट्राउट कृषक समूहमा आबद्ध किसानले रेन्बो ट्राउटको व्यावसायिक पालन शुरु गरेका हुन् । आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश सरकारअन्तर्गतको […]

तरकारीमा विषादी बढेपछि किसानलाई सचेत गराइँदै

चितवन। चितवनमा उत्पादन हुने तरकारीमा अत्यधिक विषादी प्रयोग भएपछि किसानलाई सचेत बनाउन थालिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति काठमाडौँ र भरतपुर महानगर फलफूल तथा तरकारी थोक बजारमा गरिएको परीक्षणमा अत्यधिक विषादी भेटिएपछि किसानलाई सचेत बनाउन थालिएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आयोजनामा बुधबार र बिहीबार पूर्वी चितवनको […]

यान्त्रिकीकरणतर्फ अलैँची किसान

बागलुङ। उत्पादन लागत घटाई आम्दानी बढाउन यहाँका अलैँची किसान यान्त्रिकीकरणतर्फ आकर्षित बनेका छन् । जनशक्ति र समयसमेत कम लाग्ने भएपछि किसानले आधुनिक खेती प्रणाली अपनाउन थालेका हुन् । परम्परागत सीप र प्रविधिको ठाउँमा नयाँ यन्त्र, उपकरणको प्रयोग बढ्दो छ । उन्नत प्रविधि अपनाउँदा कम लागतमा उन्पादन बढाउन सकिने गलकोट अलैँची ब्लक सञ्चालक समितिका संयोजक जीवन […]

हिमाली जडीबुटी लोप हुँदै

बझाङ। जिल्लामा यार्सागुम्बालगायत हिमाली जडीबुटी लोप हुँदै गएकामा चिन्ता व्यक्त गरिएको छ । यस्ता बस्तुको दिगो व्यावस्थापनका लागि ध्यान दिन सरोकारवाला निकायले सरकारसँग आग्रह समेत गरेका छन् । साइपाल गाउँपालिकाको सहयोगमा साहारा नेपालको अयोजनामा जिल्लामा पाइने हिमाली जडीबुटीलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल सम्पन्न भएको छ । कार्यक्रममा यार्सागुम्बा, वनलसुन, सतुवाजस्ता महत्वपूर्ण जडीबुटी […]

गाईभैँसीको उपचारका लागि ‘डोर टु डोर’

झिमरुक। कृषि तथा पशुपक्षी विकास कार्यालय प्युठानले गाईभैँसीको उपचारका लागि ‘डोर टु डोर’कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रदेश सरकारको कार्यक्रमानुसार गत फागुन २४ गतेदेखि जिल्लामा सो कार्यक्रम शुरु गरिएको हो । जिल्लाका व्यावसायिक रुपमा गाईभैँसीपालन र डेरी करिडोर क्षेत्रमा घरदैलो सेवा सञ्चालन गरिएको कार्यालयका पशु विकास अधिकृत डा हरिनारायण थारुले जानकारी दिए । दूधालु गाईभैँसीमा […]