समाचार

किसानका उत्पादनलाई बजारसम्म लाने वातावरण सृजना गर – महासंघ

ललितपुर। अखिल नेपाल किसान महासंघले कोभिड–१९ सङ्क्रमणको विषम परिस्थितिमा पनि स्वास्थ्यका निर्धारित मापदण्डको पालना गर्दै किसानका उत्पादनलाई बजारसम्म र बजारबाट कृषिजन्य सामग्री किसानको घरसम्म पुर्‍याउन आवश्यक रहेको बताएको छ । महासंघको स्थापना दिवसका अवसरमा अध्यक्ष डा. प्रेम दङ्गालले शुक्रवार प्रेस विज्ञप्ति जारी गरी उत्पादनका साधनमा किसानको पहुँच, किसानमाथि हुने गरेका शोषण र उत्पीडन, कृषि क्षेत्रको […]

बाँकेमा रामपुर–१० जातको मकैको बीउ उत्पादन शुरु

बाँके। थारै जमिनमा उच्च प्रतिफल दिने उच्चजात (हाइब्रिड)का मकैको बीउ जिल्लामा उत्पादन शुरुआत भएको छ । रामपुर–१० जातको बीउ उत्पादन शुरु भएको गेट नेपालले जानकारी दिएको छ । सो संस्थाका प्रमुख टिकाराम उपाध्यायले धेरै उत्पादन हुने रामपुर–१० जातको मकैका बीउ उत्पादन शुरु भएको बताए । धान, गहुँ, मकै, मुसुरो, मुङ र तरकारीखेतीमा काम गर्दै आएको […]

चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

ललितपुर। आज दिउँसो र राति चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको महाशाखाले उल्लेख गरेको छ। यस्तै देशभर आंशिक देखि सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका थोरै र बाकी प्रदेशका एक, दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षा […]

रैथाने बाली प्रवर्धनको लागि खाद्य विविधिकरण

रैथाने बाली भन्नाले परम्पराखि उब्जाई रहेको किसानद्वारा संरक्षित महत्वपुर्ण बालीहरु पर्छन । यी स्थानीय बालीहरु मा कोदो, फापर, चिनो, कागुनो, लट्टे, जौ, पिंडालु, सिमि आदि र केहि स्थानीय काँक्रा, खुर्सानी, धान, मकै आदि समेटिएका छन् । यी रैथाने बालिहरुको संरक्षण, महत्व र यिनीहरुको प्रबर्धन सम्बन्धि बिभीन्न नीतिहरु जस्तै राष्ट्रिय कृषि नीति २०६१, कृषि बिकाश रणनीति […]

आगामी आ.व.को नीति तथा कार्यक्रममा कृषि सम्बन्धि समेटिनुपर्ने विषयवस्तुहरु

नेपाल कृषि प्रधान देश र यहाँका नागरिकहरुको मुख्य पेशा नै कृषि रहेको कुरा हालसम्म पनि कृषिमा करिब ६० प्रतिशत जनसंख्या संलग्न भएको तञ्याङ्कले जनाउँछ । कुल राष्ट्रिय गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत छ । तीनै तहका सरकारहरुको नीति तथा कार्यक्रमले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिई रोजगारी सृजनाको मूल आधारका रूपमा स्वीकार गरेको छ […]

जुस उद्योग स्थापना

खलङ्गा। जुम्लाको गुठिचौर गाउँपालिकाले जुस उद्योग स्थापना गर्ने भएको छ । जिल्लामा पाइने स्याउ, आरु नासपती लगायतका फलफूलबाट जुस उत्पादन गर्ने लक्ष्यका साथ गाउँपालिकाको– ३ स्थित निधार डाँडामा जुस उद्योग स्थापना हुने भएको छ । ग्रामीण क्षेत्रमा उत्पादन हुने फलफूलबाट उत्पादन हुने जुसको बजारीकरण गर्ने लक्ष्यका साथ गाउँमै जुस उद्योग निर्माण गर्न लागिएको अध्यक्ष भण्डारीले […]

चुरे क्षेत्रमा पिउने पानी अभाव

सर्लाही। चुरे क्षेत्रमा सुख्खा मौसम शुरुसँगै खानेपानी अभाव हुन थालेको छ । वर्षेनी यस मौसममा चुरेबासीले खानेपानीको सङ्कट बेहोर्दै आएका छन् । सुख्खा मौसमसँगै कुवा, खोला र खोल्साको धमिलो पानीमै निर्भर हुनुपर्ने स्थानीयवासीको गुनासो छ । चुरे भेगमा पर्ने भालुखोप, केराबारी, वनमारा, बेलडाँडा, कालिञ्जोर, परवानीपुर, नारायणखोला, अत्रौली, ढुङ्ग्रेखोलालगायत ठाउँका करीब एक हजार परिवार खानेपानीको पहुँचभन्दा बाहिर छन् । उनीहरूलाई […]

‘स्वदेशमा उत्पादित चिया पिउने गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’

ललितपुर। ‘स्वदेशमा उत्पादित चिया पिउने गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ भन्ने नाराका साथ आज २५औँ राष्ट्रिय चिया दिवस मनाइएको छ । मुलुकको अर्थतन्त्रलाई उठाउनका लागि चियाले भूमिका निर्वाह गर्दै आएता पनि यो वर्ष कोरोना भाइरसको महामारीका कारण औपचारिक रुपमा दिवस मनाउन भने सकिएन । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड नेपालका कार्यकारी निर्देशक डा. […]

खाद्यान्न उपलब्ध गराउन उपत्यकाका ४ ठाउँमा सरकारी पसल

ललितपुर। निषेधाज्ञा जारी भएपछि उपत्यकाभित्रको खाद्यान्न आपूर्ति व्यवस्था सहजीकरणका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उपत्यकाका ४ स्थानमा बिक्री केन्द्रको व्यवस्था गरेको छ । काठमाडौंको थापाथली र रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्यविनायकमा सहज बिक्री केन्द्र तोकिएको खाद्य कम्पनीले जनाएको छ । यी बिक्री केन्द्रहरुमा बासमती लगायतका विभिन्न प्रकारका चामल, कर्णालीको सिमी, जुम्ली मार्सी […]

निर्यातजन्य वस्तुलाई अत्यावश्यक वस्तुको सूचिमा राख्न माग

ललितपुर। निर्यात व्यवसायी महासङ्घ नेपालले निर्यातजन्य वस्तुलाई अत्यावश्यक वस्तुको सूचीमा राख्न माग गरेको छ । महासङ्घका अध्यक्ष रामबहादुर गुरुङले विज्ञप्ति जारी गर्दै अत्यावश्यक वस्तुमा कालोबजारी हुनसक्ने भएकाले सजगता अपनाउन सरोकारवाला निकायलाई आग्रह पनि गरेको छ । गण्डकी प्रदेशसभा सदस्य रहेका अध्यक्ष गुरुङले महासङ्घले तीनै तहका सरकारलाई कोभिड–१९ का कारण निम्तन सक्ने सम्भावित अवस्थाका लागि आवश्यक […]