समाचार

उकालो लाग्दै अण्डाको मूल्य

चितवन। किसानले अण्डाको मूल्य पाउन थालेका छन् । कोभिडपछि खस्किएको बजार क्रमशः उकालो लाग्न थालेको छ । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको हो । बजारमा माग बढ्दै गएपछि अहिले चितवनलाई आधार मानेर बजार मूल्य ठूलो अण्डा ३० गोटा (एक क्रेट) को रु. चार सय, मिडियम अण्डा रु तीन सय ८० […]

‘लम्पी स्किन’ रोगविरुद्ध खोप अभियान

गोरखा। लम्पी स्किन रोगको सङ्क्रमण फैलँदै गएपछि गोरखा नगरपालिकाभित्रका तीन सय गाईभैँसीलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ । गोरखा नगरपालिका पशुसेवा शाखा र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र गोरखाको प्राविधिक सहयोगमा नगरपालिकाभित्रका दुईवटा वडाका गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको पशुसेवा विज्ञकेन्द्र गोरखाका सूचना अधिकारी डा. लालमणि अर्यालले जानकारी दिए। रोगको सङ्क्रमण बढ्दै गएपछि रोगको […]

झापाली किसानको केरा खेतीमा बढ्दो आकर्षण

झापा। उत्पादन बढी, छिटो आम्दानी र लागत कम हुने भएकाले झापामा केरा खेतीतर्फ किसानको आकर्षण बढेको छ । कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी गणेश शिवाकोटीका अनुसार जिल्लामा एक हजार आठ सय ९० हेक्टर जमिनमा व्यावसायिक उन्नत जातको केरा खेती भइरहेको छ । किसानले एक कट्ठादेखि दुई सय ५० बिघा जमिनमा केराको व्यवसायिक खेती गर्दै […]

मैवाखोलालाई बेसार खेतीको हब बनाइने

ताप्लेजुङ। ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आफ्नो क्षेत्रलाई ‘बेसार खेतीको हब’ का रुपमा विकास गर्ने भएको छ । कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि गरी सर्वसाधरणको आयआर्जनमा वृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकालाई बेसारखेतीको हबका रुपमा विकास गर्ने गरी गाउँपालिकाले नीतिगत योजना बनाएको छ । गाउँपालिकाले शनिबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तथा कार्यक्रम सार्वजानिक गर्दै बेसार […]

दैलेखका ७३ हजार पशुमा ‘लम्पी स्किन’

दैलेख। दैलेखका करिब ७३ हजार पशुमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखिएको छ । पशुमा महामारीका रूपमा ‘लम्पी स्किन’ रोग देखिन थालेपछि किसानमा चिन्ता छाएको छ । सो रोगका कारण हालसम्म दैलेखमा मात्र करिब चार सय ३५ पशु मरेका छन् । विशेषगरी गोरुमा यो रोग देखिने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख […]

ताराखोलाका किसानलाई आलु भित्र्याउने चटारो

बलेवा। बागलुङको ताराखोला गाउँपालिकाका किसानलाई यतिबेला आलु भित्र्याउन चटारो छ । ताराखोलाको मुख्य बालीको रूपमा रहेको बर्खे नियमित वर्षाले बारीमै कुहिने भएकाले आलु भित्र्याउन किसानलाई भ्याइनभ्याइ भएको हो । मनसुनी वर्षा सुरु भएसँगै किसानले आलु खन्न थालेका छन् । यहाँका किसानले बेँसीमा हिउँदे र लेकमा बर्खे आलु खेती गर्छन् । असारको पहिलो सातादेखिनै ताराखोलाका किसानले […]

पर्वतमा ६० साना सिँचाई आयोजना सम्पन्न

पर्वत। पर्वतमा यस वर्ष ६० साना सिँचाइका योजना सम्पन्न भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन एकाइ कार्यालय पर्वतले धानखेतीका लागि कृषकलाई सहज बनाउन ती साना सिँचाइका योजना निर्माण गरेको हो । सिँचाइको सुविधा नपुगेका सीमान्तकृत बस्तीमा प्रतियोजना रु. दुई लाखका दरले ती योजना निर्माण गरिएको हो । कार्यालयका अनुसार सहकारी, फार्म, कृषक […]

असल छिमेकी नेपालद्वारा जलवायु मैत्री कृषि पाठशाला सञ्चालन

कीर्तिपुर नगरपालिकासँगको समन्वय र वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा असल छिमेकी नेपालद्वारा सञ्चालित शहरी पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना कार्यक्रम अन्र्तगत कीर्तिपुर नगरपालिका वडा नं. ६ पाण्डेछापमा जलवायु मैत्री कृषि पाठशाला सञ्चालन भइरहेको छ । जलवायु जन्य प्रकोपबाट वालीहरुको संरक्षण गर्ने उदेश्यले सञ्चालन भएको जलवायु मैत्री कृषक पाठशाला कृषि प्रविधि र सीप सिकाउदै गत […]

चैतेधानले पायो दोब्बर मूल्य, किसान उत्साहित

मोरङ। गत वर्षभन्दा यस वर्ष चैतेधानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित भएका छन् । गत वर्ष मनको पाँच सय ५० रुपैयाँदेखि र छ सय रुपैयासम्म मूल्य पाएको चैतेधानले यस वर्ष एक हजार एक सयरुपैयादेखि एक हजार दुई सय ५० रुपैयासम्ममा कारोबार भइरहेको छ । चैतमा रोपेर असारमा काटिने चैतेधानलाई खेतमै पुगेर व्यपारीले राम्रो मूल्य […]

किसानलाई कफीका बिरुवा वितरण

बनेपा। काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिकाका किसानलाई आम्दानी वृद्धि गराउन निःशुल्क रुपमा कफीका बिरुवा विरतण गरिएको छ । गाउँपालिकाले आर्थिक उपार्जनको वैकल्पिक व्यवसाय कफी हुने भएकाले आम्दानीको स्रोत बढाउन बिरुवा वितरण गरेको हो । वडा नं. १ का वडाअध्यक्ष कान्छामान जिम्बाले भौतिक विकाससँगै आर्थिक विकासका रुपमा कफीलाई अगाडि बढाउने अभियान थालिएको बताए । मकै र […]