समाचार

हराउँदै भकारी र कोठी

महोत्तरी। चैतेबाली धमाधम भित्र्याउन थालेपछि भङ्गाहा नगरपालिका–६ स्थित पर्सा टोलका किसान दीपलाल सिंह थारू बाली कसरी सुरक्षित राख्ने भन्ने चिन्ताले पिरोलिनु भएको छ । गहुँ, रहर, चना, मसुरोसहित चैते बाली काटेर चुट्ने, दाइँ गर्न चटारो भइरहेका बेला यी फसल सुरक्षित राख्ने चिन्ताले उहाँलाई सताएको होे । चाँडै घुन लाग्ने चामल, गहुँ, मुसुरो, चना ९बदाम० र […]

असल छिमेकी नेपालद्वारा कृषि सामग्री वितरण

कीर्तिपुर।  कीर्तिपुर नगरपालिकासँगको समन्वय र वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा असल छिमेकी नेपालद्वारा सञ्चालित शहरी पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना कार्यक्रम कीर्तिपुर नगरपालिकामा रहेका कृषि उत्पादन समुहमा आवद्ध भएका १०० भन्दा बढी सदस्यहरुलाई कृषि सामग्री वितरण गरेको छ । पुर्णतया अनुदानमा उपलब्ध गराएको कृषि उपकरणहरुमा पावरटिलर, मकै छोडाउने मेशिन, प्लाष्टिक टनेल, थोपा सिंचाई सेट, […]

रसुवाबाट पन्ध्र करोडको सामग्री चीन निर्यात

रसुवा।बाँसका मुढालगायत नेपालमा निर्मित सामग्री चिनियाँ बजारमा निर्यात भइरहेको छ । केही समय अगाडिबाट निकासी कार्य खुल्ला भएसँगै यहाँका नेपाली व्यवसायीले दिन प्रतिदिन नेपालमा निर्मित सामग्री केरुङ लान थालेका हुन् । चीनको केरुङतर्फ सामान निर्यातका लागि यहाँका ६ वटा फार्म सक्रिय रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार […]

उखुखेती प्रवद्र्धन गर्दै रामपुरका युवा

रामपुर। उखुुखेती लोपोन्मुख हुन थालेपछि यहाँका युवाले सामूहिक खेती सुरुआत गरेका छन् । यहाँका १० युवाले जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्न थालेका हुन् । रामपुर नगरपालिका वडा नं. ५ भम्बकमा करिब १५ रोपनी जग्गा भाडामा लिएर स्थानीय जातको उखुलाई प्रवद्र्धन गर्ने उद्देश्यले उखुखेती सुरु गरेको युवा विष्णुप्रसाद गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला उखुले […]

तरकारी खेतीबाट मनग्य आम्दानी

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–११ दीपनगरका डम्बरबहादुर विष्ट व्यावसायिक तरकारी खेती गरेर गतिलो आम्दानी गर्दै आउनुभएको छ । तरकारी खेतीबाट हुने आम्दानीले विष्टको परिवारको खर्च चल्ने गरेको छ । उहाँले खेतबारीमा बाह्रै महिना तरकारी खेती गर्नुहुन्छ । दश कठ्ठा बढी जग्गामा उहाँले तरकारी खेती गरेर वार्षिकरूपमा रु दुई लाखदेखि पाँच लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । “यस […]

पोखरामा ‘आलु महोत्सव’

गण्डकी। एघारौँ संस्करणको ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’ आउँदो आइतबारदेखि सुरु हुँदैछ । पोखरा महानगरपालिका–२५ हेम्जामा आयोजना हुने महोत्सवको तयारी तीव्र पारिएको आयोजक विष्णु पादुका क्लबले जनाएको छ । कोभिड–१९ महामारीका कारण तीन वर्ष रोकिएको महोत्सवलाई यस वर्षदेखि पुनः निरन्तरता दिन लागिएको क्लबका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो । महोत्सव आउँदो वैशाख ३ गतेसम्म चल्नेछ । […]

बिक्न छाडे काम्लो, बख्खु र घुम

ढोरपाटन। बागलुङको उच्च पहाडी क्षेत्रमा अहिले पनि थुप्रै भेडापालक कृषक छन् । हिउँद–बर्खामा लेकबेँसी गर्दै उनीहरुले भेडाबाख्रा पाल्दै आएका छन् । निसीखोला, तमानखोला र ढोरपाटनका उच्च पहाडी क्षेत्र पशुपालनका लागि उर्वर छन् । अहिले युवापुस्ता सहर केन्द्रित हुँदा र रोजगारीका लागि विदेश रोज्न थालेपछि भेडापालन सङ्कटमा पर्ने चिन्ता छ । वर्षांै पहिलेदेखि पुस्ता हस्तान्तरण हुँदै […]

व्यावसायिक कृषिमा जुटे भोजपुर कोटका किसान

भोजपुर। भोजपुर कोटका किसान व्यावसायिक कृषिमा जुटेका छन् । व्यावसायिक कृषिमा लागेर उनीहरुले मनग्य आम्दानीसमेत गर्दै आएका छन् । पराम्परागतरुपमा खेती गरिरहेका उनीहरु टेम्केमैयुङ गाउँपालिका–६ वडा कार्यालयले अनुदानसँगै प्राविधिक तथा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेपछि व्यावसायिक खेतीमा जुटेका हुन् । वडाले प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेसँगै कृषिप्रति मोह बढेको स्थानीय किसान सिर्जना बास्तोलाले बताउनुभयो । वडा कार्यालयले […]

मरेका चौपाया व्यवस्थापन नहुँदा गौशाला दुर्गन्धित

भजनी। कैलालीको जानकी गाउँपालिका वडा नं १ दुर्गौलीमा मरेका चौपाया व्यवस्थापन नहुँदा गौशाला दुर्गन्धित बनेको छ । गाउँपालिका कार्यालयबाट करिब तीन सय मिटरको दूरीमा गौशाला बनेको छ । केही समय किसानको अन्न बाली जोगाउनका लागि बनाइएको गौशालामा गाउँपालिका र स्थानीय किसानको लगानी छ । संयुक्तरुपमा लगानी भएको गौशाला बाहिरबाट राम्रो देखिए पनि त्यसभित्रको नाजुक अवस्थाका […]

दुई करोड लगानीमा दाना उद्योग सञ्चालनमा

नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दाना उद्योग सञ्चालनमा ल्याएको छ । गैँडाकोट–११ हर्कपुरमा रहेको सहकारीले रु. एक करोड ९४ लाख ८५ हजार दुई सय ६४ लगानीमा उद्योग सञ्चालनमा ल्याएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना, विकेन्द्रीकृत आयोजना सहयोग एकाइ पोखराको ५० प्रतिशत […]