लेख

प्रोबायोटिक र प्रीबायोटिक फीड पूरक पोल्ट्री स्वास्थ्यमा एन्टिबायोटिक को विकल्प

व्यावसायिक कुखुरा उत्पादनको सबैभन्दा ठूलो चुनौती स्थिर मूल्यमा दिगो आधारमा राम्रो गुणस्तरको दानाको उपलब्धता हो। यस चुनौतीको बावजुद, व्यावसायिक कुखुरा उत्पादन पशु प्रोटीनको उच्चतम स्रोत मध्ये एक हो। अन्य खाद्यान्न उत्पादन गर्ने पशु उद्योगको तुलनामा पोल्ट्री उद्योगको आकारमा तीव्र वृद्धि भएको छ। विश्वव्यापी कुखुराको मासु र अण्डा उत्पादनको तीव्र वृद्धिसँगै पोल्ट्री उत्पादनको व्यापार मात्रा पनि […]

वर्षायाममा देखिने सामान्य कुखुराको रोग – लक्षण, रोकथाम र उपचार।

कुखुरापालन क्षेत्र सबैभन्दा छिटो बढिरहेको क्षेत्र हो। कुखुरा उत्पादनले शहरी र ग्रामीण दुवै जनसंख्यालाई रोजगारी, आय, पशु प्रोटीन प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्छ, र बालीहरूको लागि मलको रूपमा पनि प्रयोग गरिन्छ। विश्वमा मासुको आपूर्ति बढे पनि रोग नियन्त्रणका साथै चराहरूको हेरचाह, आवास र पालनपोषण जस्ता कारकहरूले यस उद्योगको वृद्धिलाई सीमित पार्छन्। मनसुन सिजनले लगातार धेरै […]

वातावरणीय तनाव र कुखुरामा आहार भिटामिन पूरकको सम्भावित प्रभावकारिता

बढ्दो विश्वव्यापी मानव जनसंख्याको कारण पशु प्रोटिनको बढ्दो माग पूरा गर्न कुखुराको उत्पादन बढाउनु आवश्यक छ। सफल कुखुरा उत्पादनको मुख्य निर्धारक मध्ये एक ब्रोइलर कुखुराको वातावरणीय तनाव चुनौतीहरूको सामना गर्ने क्षमता हो। आन्तरिक वा बाह्य उत्तेजनाको जैविक प्रतिक्रियाबाट तनाव उत्पन्न हुन्छ जसले जीवको सामान्य शारीरिक सन्तुलनलाई धम्की दिन्छ। व्यावसायिक कुखुरा उत्पादनले वातावरणीय, पोषण र आन्तरिक […]

मासिक लाखौंको फाइदा गर्छन् छपियाका माछा व्यापारिहरुले ?

म ४ महिनाको लागि  कृषि तथा वन विज्ञान विश्वविद्यालयको Learning Entrepreneurial Experience (LEE) कार्यक्रम अन्तर्गत रहेर  प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना , माछा सुपर जोन, रुपन्देहीमा कार्यरत छु।  माछा उत्पादनको प्रमुख क्षेत्र ,छपियामा म बस्न लागेको ३ महीना पूरा भयो । यहि दौरानमा थुप्रै माछा किसान र व्यावसायिहरुसङ भेटने अबसर मिल्यो । धेरै-जसोको घर चल्ने नै मुलतः माछापालन […]

बीउको नियमित परिक्षण

बीउ बिजनको गुणस्तर कायम राख्न विभिन्न तवरबाट खुलेको बीउ बिजन परिक्षण प्रयोगशालाहरुले गर्दै आएको उमारशक्ति , शुद्दता , चिस्यान , स्वस्थ, तौल निर्धारण , ओजस , जिवितपना, लगायतका परीक्षणहरुमा एकरुपता कायम राखी देशैभर गुणस्तर बीउको आपूर्ति सुनिश्चित गर्न गरिने परिक्षण नै बीउको नियमित परिक्षण हो । बीउको नियमित परिक्षण अन्तर्गत बीउको शुद्दता विश्लेषण , उमारशक्ति […]

असार १५ दही चिउरा खाने दिन र धान दिवस

नेपालमा असार १५ लाई महत्वपूर्ण दिनको रूपमा लिइन्छ। यो दिन परापूर्वकालदेखि नै दही चिउरा खाने र मानो रोपेर मुरी फलाउने दिनको सुरूवआती दिनको रुपमा लिइन्छ। यस दिनलाई विगत २० वर्षदेखि धान दिवसको रूपमा पनि मनाउने गरिएको छ। यस वर्ष “जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने नाराका साथ २०८१ को राष्ट्रिय धान दिवस मनाउने सरकारले निर्णय […]

सहज – नेपाल कृषि बजार विकास कार्यक्रम दोस्रो चरणका उपलब्धीहरु 

संघियतालाई सुदृढ गर्ने सिलसिलामा प्रदेश सरकार नयाँ संरचना भएकोले प्रदेश सरकारलाई थप सुदृढ गर्ने हिसाबले योजना गरिएको कार्यक्रम सहज – नेपाल कृषि बजार विकास कार्यक्रम तीनै तहका सरकारहरुसंग सहजिकरण समन्वय र साझेदारीमा काम गरिरहेको छ । कृषिमा विशेषगरि कोशी प्रदेशमा निजी क्षेत्रको लगानी कसरी बढाउन सकिन्छ, उद्यमशीलता कसरी बढाउन सकिन्छ भनेर तय गरिएको स्वीस विकास […]

आलुको उत्पादनोपरान्त प्रविधि र भण्डारण

परिचयः- आलुवालीबाट प्रशस्त फाईदा लिनको लागि आलुको उत्पादन बढाएर मात्र पुग्दैन । आलु उत्पादन पश्चात उचित भण्डारण गर्न सकेमा मात्र आलुबाट प्रशस्त फाईदा लिन सकिन्छ । अन्नवालीको तुलनामा आलु दानामा ८० प्रतिशतसम्म पानी हुने भएकोले धान, मकै, कोदो जस्तो लामो समय भण्डारण गर्न सकिंदैन । सावधानी नअपनाई आलु भण्डारण गरेमा कीरा, मुसा, रोग तथा प्रतिकुल […]

कृषिको व्यवसायीकरण भनेको के हो र कसरी गर्ने?

कृषि व्यवसायीकरण एक बहुआयामिक प्रक्रिया हो जसमा परम्परागत निर्वाहमुखी खेती अभ्यासलाई बजार उन्मुख र व्यवसायिक रुपमा व्यवहार्य गतिविधिहरुमा रुपान्तरण गर्नुपर्छ । यो संक्रमणले आर्थिक विकास, गरिबी न्यूनीकरण र खाद्य सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्छ। विश्वव्यापी जनसंख्या बढ्दै जाँदा  र खाद्यान्नको माग बढ्दै जाँदा कुशल र दिगो कृषि प्रणालीको आवश्यकता सर्वोपरि हुन्छ । कृषि व्यवसायीकरण […]

चितवन, चिउरी  र मौरी  चरन व्यवस्थापन

नेपालमा परापूर्व कालदेखि परम्परागत मौरीपालन गरीँदै आएको र हालसम्म पनि स्थानीय एपिस सेराना जातको घरपालुवा मौरीलाई प्राकृतिक एवं सांस्कृतिक सम्पदाको रूपमा परम्परागत मुढे घार एवं खोपे घारमा राखी मह उत्पादन गर्ने प्रचलन नेपालको प्रायः सबै क्षेत्रहरूमा यथावत रहेको पाइन्छ । नेपालमा एपिस मेलिफेरा मौरी भित्रिएपछि परम्परागत मौरीपालन पद्धतिमा क्रमशः परिवर्तन आई व्यावसायिक रूपमा मौरीपालन सुरुवात […]