किसान

तरकारी बेचेरै पढाइ खर्च

खलङ्गा। जुम्ला चन्दननाथ नगरपालिका–४ का १३ वर्षीय बालिका नवीना योगी तरकारी बेचेरै पढाइ खर्च जुटाउनुहुन्छ । चन्ददनाथ नमूना मावि खलङ्गामा कक्षा ९ मा अध्ययनरत् योगी विद्यालय छुट्टीपछिको समयमा तरकारी बेच्ने काम गर्दे आइरहनुभएको छ । घरको आर्थिक अवस्था नाजूक भएकाले पढाइ खर्च जुटाउन योगीले यस्तो गरेको बताउनुभएको हो । “विद्यालय छुट्टी भएपछि तरकारी बेच्न हिड्छु, […]

तरकारी खेतीबाट जीवनस्तर सुधार

गलेश्वर। सीप र जाँगर भए पैसा कमाउन विदेश जानु पर्दैन, आफ्नै गाउँघरमा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण देखाउनुभएकोे छ म्याग्दीको बेनी नगरपालिका–२ रोहोटेका शोभित शर्माले । जिल्ला सदरमुकाम बेनीबजारसँगै जोडिएको बेनी नगरपालिका–२ का शर्माले खबरा र रोहोटेमा व्यावसायिक तरकारी खेतीबाट वार्षिक रु आठ लाख रुपैयाँभन्दा बढी कमाई गर्दै आउनुभएको छ । विसं २०५२ […]

गाईपालनबाटै सफल उद्यमी बनेका बुढाथोकी

दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका ८ दूधेनाका ४३ वर्षीय शशीराम बुढाथोकी व्यावसायिकरूपमा उन्नत जातका गाईपालन गरेर सफल उद्यमीको पहिचान बनाउन सफल भएका छन् । विगत १० वर्षदेखि पशुपालन पेशा अँगालेका बुढाथोकी अहिले आफ्नो परिवारका तीन सदस्यसहित गाईपालनमा रमाएका छन् । आफ्नो परिवार मात्र नभएर उनले अरू दुई स्थानीयवासीलाई पनि रोजगारी दिएका छन् । बुढाथोकी पशुपालन पेशाबाट […]

६२ कृषक अनुदानका लागि छनोट, योजनाका आधारमा ५०% सम्म रकम पाउने

गोरखा। गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट जिल्लाभित्रका ६२ कृषकले अनुदान प्राप्त गर्ने भएका छन् । गत असोज १२ गते अनुदानका लागि निवदेन आह्वान गरेको मन्त्रालयले जिल्लाभित्र कृषि क्षेत्रमा व्यावसायिकरूपमा काम गर्दै आएका कृषकलाई अनुदानका लागि छनोट गरेका भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख डा. ब्रजकिशोर ठाकुरले जानकारी दिए । अनुदान छनोटमा […]

कृषिबाटै सफल धनबहादुर

पाल्पा। युएईमा नेपालीको हितमा काम गर्ने पाल्पाली समाज युएईका महासचिव धनबहादुर क्षेत्रीले विदेशबाट फर्केर कृषिफार्म सञ्चालनमा ल्याएका छन् । युएईमा १३ वर्षसम्म काम गरेका क्षेत्रीले कृषिफार्म तथा भान्साघर सञ्चालनमा ल्याएका हुन् । सन् २००३ देखि २०१८ सम्ममा युएईमा कुकम्यान (खाना पकाउने मान्छे) का रूपमा काम गरेका थिए । पाल्पा बगनासकाली गाउँपालिका ७ कहलाबारीका क्षेत्रीले अधिकांश […]

कृषिबाटै नाम, दाम र इज्जत

घोडाघोडी। गाउँघरमा केही छैन, केही गर्न सकिन्न भन्दै निराश बनेका युवाका लागि प्रेरणाका स्रोत बनेका छन्– कैलालीको घोडाघोडी नगरपालिका–४ का २५ वर्षीय रमेश चौधरी । प्राविधिक शिक्षातर्फ धेरैको आकर्षण छ, प्राविधिक शिक्षा लिएका धेरै युवाको पहिलो रोजाइँ एउटा आकर्षक तलब सुविधासहितको नोकरी हो, तर कृषि प्राविधिक पढेका रमेश चौधरी भने व्यावसायिक किसान बने । किसानी […]

दुनाटपरीबाटै आत्मनिर्भर, नन्दाहरुलाई अव श्रीमानको भर पर्नु पर्दैन

वीरेन्द्रनगर। वीरेन्द्रनगर ५ श्रीनगरकी नन्दा गुरुङलाई सानोतिनो घरायसी काम चलाउन पनि श्रीमानकै भर पर्नुपथ्र्याे । घरायसी सामान किन्न होस् या बच्चाबच्चीको पढाइको खर्च जुटाउन, उनलाई श्रीमानको भर नपरी सुखै थिएन । ४ वर्षयता भने घरभित्रको काममा मात्र सीमित नन्दाको जीवन फेरिएको छ । उनी अचेल साँझ र बिहान घरको काम भ्याएपछि दिनभर दुनाटपरी बनाउन व्यस्त […]

तीन जिल्लामा ‘प्राँगारिक कृषि प्रवद्र्धन मिशन’ कार्यक्रम

ललितपुर। उपत्यकाको तीन जिल्लामा प्राँगारिक कृषि प्रवद्र्धन मिशन कार्यक्रम सञ्चालन हुने भएको छ । यो कार्यक्रम सञ्चालन गर्नका लागि प्रदेश नम्बर ३ को सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमार्फत सूचना जारि गरेको छ । मन्त्रालयले यो कार्यक्रम उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरमा सञ्चालन गर्न लागेको हो । कृषि ज्ञान केन्द्र ललितपुरमार्फत सञ्चालन हुने यो […]

समस्यामा उखु किसान

नवलपरासी। लगाएको उखु बाली खेतमै सुक्दै गएपछि पश्चिम नवलपरासीका किसान बिचल्लीमा परेका छन् । समयभन्दा करीब दुई महीना ढिलो सञ्चालनमा आएका चिनी उद्योगहरुले किसानको सहजै रुपमा सबै उखु खरीद नगरेपछि किसान बिचल्लीमा परेका हुन् । अहिले पश्चिम नवलपरासी जिल्लामा रहेका इन्दिरा, लुम्बिनी र वाग्मती गरी तीन ठूला उद्योग सञ्चालनमा छन् भने मोहीनी चिनी उद्योग स्थापना […]

बारीबाटै गोलभेँडा बिक्री

तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ जसपुरका रिमबहादुर गुरुङले बारीबाटै गोलभेँडा बिक्री गर्न थालेका छन् । विदेशबाट फर्किएपछि गाउँमा कुन पेशा गर्ने भन्ने अन्योलमा रहेका उनी अहिले बारीबाटै गोलभेँडा बिक्री हुन थालेपछि उत्साहित भएका छन् । विदेशबाट फर्किएपछि धेरै लगानी पनि नचाहिने र धेरै जोखिम पनि नहुने गोलभेँडा खेती गर्ने सोचका साथ केही बोट मात्र गोलभेँडा खेती […]