किसान

ब्राखापालनले फिल्मको कथामा जस्तै फेर्यो श्रीषको जीवन

बेनी। सात वर्षअघि युरोपमा करीब डेढ दशकको बसाइलाई बिट मारेर काम गर्दा ठेला उठेको रित्तो हात र उल्टो सात लाख रुपैयाँ ऋण बोकेर घर फर्कनुभएका बेनी नगरपालिका–३ भकिम्लीका ४२ वर्षीय धनबहादुर श्रीष अहिले वार्षिक १४ लाख रुपैयाँ कमाइ गर्दै आउनुभएको छ । झट्ट सुन्दा सहजै विश्वास गर्न नसकिने श्रीषको सफलताको कथा कुनै हिन्दी चलचित्रको कल्पना […]

विदेशबाट रित्तो हात, तरकारी खेतीबाट फलिफाप, मासिक ५० हजारभन्दा बढी कमाइ

गलेश्वर। जीवनको उर्बर समय मुग्लानमा पसिना बगाउँदै बिताए पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका हरिलालको जीवनको उत्तरार्धमा बल्ल हरियाली छाउन थालेको छ । म्याग्दीको बेनी नगरपालिका–२ बन्चरेढुङ्गाका ५० वर्षीय हरिलाल घिमिरेको युवावस्था साउदी अरबको चर्को घाममा पसिना बगाउँदैमा बित्यो । तीनदशक अघि २० वर्षे उमेरमा गरीबीका कारण साहुसँग ऋण […]

किसानलाई एक प्रतिशत ब्याजदरमा पशुपालन ऋण

सिन्धुपाल्चोक। लिसंखुपाखर गाउँपालिकाले पशुपालन गरेर जीविकोपार्जन गर्न चाहने किसानलाई एक प्रतिशत व्याजदरमा ऋण लगानी गर्ने भएको छ। अनुदानको नाममा वितरण हुने रकमलाई छुट्टै कोष स्थापना गरी ऋण लगानी गर्न लागिएको हो। त्यसको लागि गाउँपालिकाले पहिलो चरणमा यस आर्थिक वर्ष पशुपालन तर्फ १५ लाख रुपैैयाँ बजेट छुट्टाएको छ। सो रकम परिचालनको लागि कार्यविधि बनाएर कार्यपालिका बैठकले […]

तरकारीबाट फेरिएको महिलाको पहिचान

देवघाट। एक वर्षअघिसम्म रक्सी बनाएर नारायणगढ बजारमा विक्री गर्न जानु र फर्कंदा त्यही पैसाले तरकारी, नून, तेल गर्ने गरेकी तनहुँ देवघाटकी जौमाया रानामगरको दैनिकी अहिले फेरिएको छ । अब उनलाई रक्सी बेच्न नारायणगढ जानु पर्दैन, बरु त्यहाँका मानिस उनको घरमा तरकारी किन्न आउने गर्दछन् । उनको बारीमा करेला, घिरौंला, चिचिण्डो, लौकालगायतका तरकारी लटरम्म देख्न सकिन्छ […]

मेहनतको फल, काक्रो बिक्रीबाट दैनिक २० हजार

पोखरा। पोखरा महानगरपालिका–१४ चाऊथेका कृषक केवल गौतमले काक्रो बित्रीबाट दैनिक २० हजार आम्दानी गर्दै आएका छन्। एक हजार ५८० वर्गमिटरको हरितगृहभित्र लगाएको भक्तपुरे स्थानीय जातको काक्रोले राम्रो उत्पादन दिन थालेपछि अहिले उनले दैनिक ४०० केजी काक्रो बित्री गरेर सो आम्दानी गर्दै आएका हुन्। टनेलभिक्र २३ ड्याङमा लगाइएको कात्राका बिरुवामध्ये नौमा पहिलेदेखि र बाँकीमा भर्खरै उत्पादन […]

कसले भन्यो मौरीपालनबाट मनग्य आम्दानी हुँदैन भनेर ?

ललितपुर। दैनिक हेरचाह गर्न नपर्ने र दानपानीको उचित व्यवस्थापन नगरे पनि सजिलै आम्दानी लिन सकिने भएकाले मौरीलापालन व्यवसाय यहाँका कृषकलाई राम्रो अम्दानीको स्रोत बनेको छ । बाली नालीमा जस्तो रोगकिरा नलाग्ने भएकाले बैतेश्वर गाउँपालिका–४ का युवा प्रमोद दाहाल हिजो आज बिहान उठ्ने बित्तिकै आफ्नो घर नजिकैको मौरीको घार पुग्नुहुन्छ । विसं २०७० देखि ग्यालेक्सी मौरीपालन […]

जसका लागि तरकारी बारी नै युरोप र अमेरिका बन्यो

बेनी। बिहानको मिरमिरेदेखि साँझको झिसमिसेसम्म माटो, मल, पानी र बिरुवासँग खेलिरहने बेनी नगरपालिका–२ खबराका चन्द्रबहादुर कार्कीले तरकारी बारीबाट मनग्य आम्दानी र सम्मान दुवै पाएका छन् । ‘कार्की जी नमस्कार’ भन्दै तरकारी बारीमा नै आउने ग्राहकलाई नमस्कार फर्काउँदै उनीहरुले रोजेको तरकारी टिपेर ग्राहकलाई दिँदै भलाकुसारीसम्म गर्न भ्याउने हसिला ५८ वर्षीय कार्की म्याग्दीका लागि अर्गानिक तरकारीका पिता […]

पलायन हुँदै कुखुरापालक किसान, अण्डा बिक्री नहुँदा करोडौँको घाटा

तनहुँ। आयातित अण्डाको मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा तनहुँका कुखुरापालक कृषक चिन्तित भएका छन् । भारत र चितवनलगायतका विभिन्न स्थानबाट सस्तो मूल्यका अण्डा बजारमा भित्रिएपछि यहाँ उत्पादन हुने अण्डाको बिक्री हुन छाडेपछि उनीहरु चिन्तित भएका हुन् । जिल्लामा दैनिक रुपमा ८४ हजार अण्डा उत्पादन हुँदै आएको छ । आयातित अण्डासँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा उत्पादनको झन्डै […]

शैक्षिक प्रमाणपत्र धितो राखी गोलभेँडा खेती र माछापालन व्यवसाय शुरु

पाल्पा। पाल्पाको बगनासकाली गाउँपालिका वडा नं. २ पोखराथोककी सचिना अधिकारीले स्नातक तह उत्तीर्ण गरिन्। उनी जागीरका लागि धेरै ठाउँमा भौँतारिइन्। जागीर दिने निकायमा आफन्त वा इष्टमित्र नहुँदा योग्यता भएर पनि जागीर नपाएको अनुभव उनले सङ्गालेकी छन्। अधिकारी जस्तै धेरै युवाका लागि बेरोजगारी गम्भीर चुनौती बन्दै गएको छ। अघिल्लो वर्ष मात्रै बगनासकाली गाउँपालिकाले बेरोजगार शिक्षित युवालाई […]

विदेशबाट फर्केर कृषिमा रमाउँदै युवा

सुरुङ्गा। वैदेशिक रोजगारीका सिलसिलामा १२ वर्ष कतारमा परिश्रम गरेर स्वदेश फर्किएका बाह्रदशी गाउँपालिका–५ का दिनेश थापाले आजकल स्वदेशमै व्यवसाय शुरु गरेका छन्। उनि मात्र होइन, झापाका थुप्रै युवा विदेशी भूमिमा रगत पसिना बगाउनुको साटो स्वदेशमै केही गर्न सकिन्छ भन्ने मनसायले कृषि पेशामा संलग्न हुन थालेका हुन् । हुन त केही समय अघिसम्म शिक्षित युवाले कृषि […]