जानकारी

भटमास खेती प्रविधि

गर्मी तथा चिसो दुवै वातारणमा भटमासको उब्जनी हुन्छ। २६.५ देखि ३० डिग्रीको तापक्रममा भटमासको उब्जनी सबैभन्दा राम्रो हुन्छ ।भटमासको बिउ छिटो उमार्न र बेर्नाहरूलाई हलक्‍क बढाउनका लागि जमिनको तापक्रम १५० डिग्री सेल्सियस वा सोभन्दा माथि हुनुपर्छ। दिनको लम्बाइ चौध घन्टा भन्दा छोटा दिन, निर्धारित वातावरण र तापक्रम समेत अनुकूल छ भने भटमासका धेरैजसो प्रजातिहरू छिटै […]

आयुर्वेदिक गुण भएको चम्सुर खेती प्रविधि

वनस्पति वर्गको अङ्गियोस्पर्म, गण ब्रासिकेल्स, वंश लिपिडियम र प्रजाति लिपिडियम सातिभम भनिने अनि नेपालीभाषीहरूले चम्सुर वा चौंसुर भनेर चिन्ने यो झार वर्गको उद्भिद अत्यन्तै लाभकारी उद्भिद् हो जुन हामी सागको रूपमा प्रयोग गर्छौं भने त्यसको मसिना तोरीकाजस्ता अझ साना र झिना दानाहरूलाई पनि औषधिको रूपमा धेरै अघिदेखि प्रयोग गर्दैआएका हौं। यो उद्भिद अत्यन्तै लाभकारी र […]

गोलभेडामा लाग्ने रोगहरु तथा उपचार बिधि सम्बन्धि महत्त्वपूर्ण जानकारी

तरकारीको एक प्रकार जो साना-साना बोटमा फल्छ, प्रायः सबै ठाउँमा यो तरकारीको उत्पादन हुन्छ। वैज्ञानिक नाम लिकोपर्सिकोन एस्कुलेन्टमले चिनिने गोलभेडा सोलानासिया परिवार अन्तर्गत पर्ने पोथ्रा वर्गको वनस्पति हो। गोलभेडाको उत्पत्तिको केन्द्र पेरुभियाली तथा मेक्सीकाली क्षेत्र मानिन्छ। यसको साधारण नाम टमाटर (हिन्दी), रमभेडा (नेपाली०)पनि हुन्छ। टमाटर एक महत्त्वपूर्ण ‘संरक्षी खाद्य’ हो, किनभने यसमा धेरै पौष्टिक मूल्य […]

मौरी पालन र घार व्यवस्थापन

मौरी घारहरू राख्ने ठाउँको १–१.५ कि.मी. वरिपरि मौरी चरन बाली-बिरूवा फैलिएको क्षेत्र, फूल फुल्ने प्रयाप्त अवधि, पानीको श्रोत भएको र विषादीको प्रयोग नहुने क्षेत्र हुनु जरूरी छ । मौरी क्षेत्र वरिपरि सकेसम्म चरन सालभर नै उपलब्ध हुनुपर्दछ । 1.मौरी घारलाई अगाडिपट्टि केही ढल्काएर २५–३० से.मी. उचाई भएको स्टैण्ड माथि राख्नुपर्दछ र स्टैण्डको चारवटै खुट्टामा पानीले […]

किन किसानले थोपा सिचाइ प्रयोग गर्ने

यो सिचाइ को एउटा तरिका हो जस्ले पानी को बचत गर्छ र बिरुवा अनि रुख को जरा मा पानी को ढिलो ढिलो सुख्न मद्दत गरि मल को धेरै उपयोग गर्न मद्दत गर्द्छ । थोपा सिचाइ वॉल्व्स, पाइप, ट्यूब्स र एमीटर्स सङ्ग जोडिएको एउटा नेट्वोर्क को मदत बाट काम गर्छ । थोपा सिचाइ प्रक्रिया मा माईक्रो […]

गर्ने हैन त बोडी खेती

हामी कहाँ मौसमका हिसाबले बोडि बिशेष गरेर बर्खा तिर लगाईन्छ तर राम्रो बजारका निम्ति र बोडि औधी मन पराउनु हुने हरुले भने चाहिँ अब बेमौसमी बोडि पनि रोप्न सकिन्छ । बोडि पोषण तत्वका हिसाबले मानिस र माटो दुवैका निम्ति महत्त्वपूर्ण बाली हो। बोडिमा प्रशस्त मात्रामा प्रोटिन, फाईबर, फस्फोरस, आईरन, कपर, पोटासियम जस्ता शरिरलाई आवश्यक पर्ने […]

स्टाईलो घाँस

स्टाइलो नेपालको तराईदेखि मध्य–पहाडी क्षेत्रका रूखो, पाखो, खरबारी, बगर तथा वृक्षरोपण क्षेत्रमा लगाउन सकिने बहुवर्षीय कोसे घाँसबाली हो । यसले केही छायाँदार ठाउँमा पनि उत्पादन दिन सक्ने भएकाले वृक्षरोपण गरिएका स्थानहरूमा पनि सफलतापूर्वक यसको खेती गर्न सकिन्छ । कोसे घाँसबाली भएकाले यसले माटोमा वायुमण्डलीय नाइट्रोजन मिलाएर माटो मलिलो बनाउँछ । यसको जरा माटोमा गहिरो जाने […]

कुखुराको खोर व्यवस्थापन कसरी गर्ने ?

कुखुराको खोर वातावरणको अवस्थामा ध्यान दिएर निर्माण गर्नुपर्छ । खोर निर्माण गर्दा चिसो, तातो, हावा, पानीबाट रक्षा गर्ने हिसाबले बनाउनुपर्छ । कुखुरा रहेको ठाउँमा हावा जाने आउने ठाउँ हुनुपर्छ र बाह्य परभक्षीलाई रोक्ने खोर बनाउनुपर्छ । विभिन्न किसिमका खोरहरू आफूलाई अनुकूल हुने हिसाबले बनाउन सकिन्छ । जस्तै : पक्की इँटाको गारो लगाएर तथा बाँसको चोयाले […]

व्यवसायीक अदुवा खेती

अदुवा एक वर्षीय नगदे तथा मसला बाली हो । यो बाली ७ देखि ९ महिनामा तयार हुन्छ । यसको गानो माटोमुनी रहन्छ । यसको गानो लाई मसलाको रूपमा तरकारी, अचार आदिमा स्वाद बढाउने प्रयोजनका लागि प्रयोग गरिन्छ । अदुवाले मानव शरीरमा रोग प्रतिरक्षात्मक क्षमता वृद्धि गराइ शरीर स्वस्थ बनाउन मद्दत गर्दछ । अदुवा दम, खोकी, […]

कडकनाथ कुखुरा पाल्नुस्, बेस्सरी पैसा कमाउनुस्

कडकनाथ अथवा बि एम सी कुखुरा एक कालो मासु हुने कुखुराको प्रजाती हो जसको रौ अनि छाला समेत कालो हुन्छ ।  कडकनाथ कुखुरालाइ स्थानीय भाषामा कालामासी , कालामास पनि भनिन्छ । किनभने यसको मासु ,छाला ,शरीरको रौ सबैकालो हुन्छ । भारत मध्य प्रदेश उत्पति मानिएको यो कालो कुखुरा , भारत को आदिबासी समुदाय मा लोकप्रिय […]