कृषकको समस्या-बिज्ञको जवाफ

काउली खेती प्रविधि

काउली क्रूसिफेरी परिवारमा पर्ने एउटा तरकारी बाली हो । यसको प्रमूख वानस्पतीक जात ब्रासीका ओलेरेसीया बोट्राईटीजलाई खेती योग्य मानिएकोछ । हावापानीः काउलीको बनस्पतिक बृद्धि हनु ७.२ डि.से. देखि २३.८ डि.से. सम्म हुन्छ तर पनि उचित तापक्रम १५.५देखि १८.३ डि.से. मानिएको छ । काउलीको जात हेरी कसैलाई फुल फुल्नू भन्दा अगाडी ७-८ डि.से.को तापक्रमको आवश्यकता पर्दछ […]

किवि (kiwi) खेती

किवि खेती उन्नतीको लागि राम्रो सम्भावना बोकेको खेती हो । यो अण्डा आकारको फल हो, जो बोटमा लहरामा झुण्डिएको शैलीमा फल्छ । बाहिर काँडा अर्थात झुस जस्तो हुन्छ भने काटेर हेर्दा हल्का हरियो रंगमा गुदी देखिन्छ । किविलाई उसिनेको आलु जसरी बोक्रा छोडाएर वा चम्चाले गुदी झिकेर खान सकिन्छ । यो निकै पोषिलो र औषधीय […]

खेती गर्न किन चाहियो जमीन ? बोरा नै पर्याप्त

प्रविधिको बढ्दो विकाससँगै खेती गर्ने तरीकामा पनि परिवर्तन भएको छ । सामान्यतया खेतीका लागि जमीन, सिँचाइ, मलखाद, जनशक्तिलगायतको आवश्यकता पर्छ । तर, कृषि प्रविधिको विकासले परम्परागत खेतीबाट क्रमशः बोरामा गरिने ‘सेक फार्मिङ’, थोरै जमीनमा ठाडो वा चाङ लगाएर गरिने ‘भर्टिकल फार्मिङ’ हुँदै उच्चतम प्रविधि मनिएको पानीमा गरिने खेतीप्रणाली (हाइड्रोपोनिक्स) समेत प्रयोगमा आइसकेको छ । हाइड्रोपोनिक्स […]

सतुवा खेती गर्ने कि ?

सतुवा (सतावर) उच्च पहाडी भेगमा पाइने एक प्रकारको वनऔषधी हो । वनस्पति परिवार मा पर्ने लिलियसी को बैज्ञानिक नाम (ल्याटिन नाम)  पेरिस पोलिफाईला (Paris polyphylla Sm.) हो । यसको पात बाँकोको जस्तै हुन्छ । यसको जरा अदुवाको जस्तै हुन्छ भने सतुवाको जरा धेरै बिमारीहरू निको पार्ने एक मुख्य औषधी रुपमा प्रयोग गरिन्छ । खसु्र र ठिंग्रे […]

शून्य खनजोत लसुन खेती प्रविधि

लसुन (Allium Sativum L.) सँसार भरिमै गानो बालीमा प्याज पछि दोस्रो मुख्य बालीको रुपमा पर्दछ । कृषि मन्त्रालयको तथ्याँक अनुसार लसुनको खेती ६५६९ हेक्टरमा गरिएको र उत्पादन ४५०३५ टन र उत्पादकत्व ६.९० भएको देखिन्छ । लसुन विशेष गरी मसला बालीकै रुपमा प्रयोग गरिन्छ । तरकारी, अचार, चटनी, मासुको स्वाद बढाउन लसुनको प्रयोग हुन्छ । विदेशतिर यसको […]

तरकारी खेतीका लागि कस्तो माटो रोज्ने ?

कुनै पनि बिरुवाको जरा माटोभित्र फैलिएको हुन्छ । जराले माटोलाई समाउँछ र जमीनमा खडा हुन्छ । जराद्वारा नै तरकारीका बोटबिरुवाहरुले माटो भित्रबाट विभिन्न पोषकतत्वहरु प्राप्त गर्दछन् । माटोमा भएको चिस्यानमा बिरुवालाई आवश्यक पर्ने विभिन्न खनिज तत्वहरु घुलनशील अवस्थामा रहन्छन् । यी तत्वहरु बोटका जराले शोषण गरेर लिन्छन् र बोटका विभिन्न भागहरुमा पुरयाउँछन । त्यसकारण माटोको […]

कुखुरापालनको लागि जग्गाको छनौट तथा खोर व्यवस्थापन

कुखुराको खोर वातावरणको अवस्थामा ध्यान दिएर निर्माण गर्नुपर्छ । खोर निर्माण गर्दा चिसो, तातो, हावा, पानीबाट रक्षा गर्ने हिसाबले बनाउनुपर्छ । कुखुरा रहेको ठाउँमा हावा जाने आउने ठाउँ हुनुपर्छ र बाह्य परभक्षीलाई रोक्ने खोर बनाउनुपर्छ । विभिन्न किसिमका खोरहरू आफूलाई अनुकूल हुने हिसाबले बनाउन सकिन्छ । जस्तै : पक्की इँटाको गारो लगाएर तथा बाँसको चोयाले […]

ब्यबसायिक बेमौसमी अम्बा खेती

अम्बा, Psidium (अङ्ग्रेजी: Guava, Poor man’s apple; अन्य नाम:अम्बक, बेलौती)  म्यारटेसी परिवार अन्तर्गत पर्ने फल हो। यसको रूख १५ देखि २० फिटसम्म अग्लो हुने यो पतझड वर्गको वनस्पति हो। अम्बा नेपालमा पहाड, भित्री मधेश र तराईमा लगाइएका पाइन्छन्, करिब १५०० मिटरको उचाइसम्म यसको खेती सफलतापूर्वक गरिएको पाइन्छ । अम्बालाई उष्ण र उपोष्ण हावापानी चाहिन्छ । अम्बालाई […]

बर्डफ्लु रोग नियन्त्रण र रोगथामका उपाय

वर्डफ्लु रोग ईन्फ्लुएन्जा ए नाम गरेको एकप्रकारको विषाणुको माध्यमबाट पंक्षीहरूमा लाग्ने संक्रमक रोग हो । यस रोगबाट विशेष गरी कुखुरा, बट्टाई, टर्की जस्ता पंक्षीहरू बढी प्रभावित हुन्छन् । हाँस, जंगली चराहरू रोगको लक्षण नदेखाई रोग वाहकको रूपमा देखा पर्न सक्छन् । चराहरूमा यो रोग सर्वप्रथम सन् १८७८ मा पहिचान भएको थियो । यो रोग पंक्षी […]

हाँस पालन

हाँसहरू फुल तथा मासुको लागि पालिन्छन् । नेपालमा प्रायः तराई क्षेत्रमा थारू तथा अन्य समुदायले आफ्नो घरायसी प्रयोजनका लागि थोरबहुत मात्रामा पाले पनि व्यावसायिक रूपमा हाँसपालन गरेको पाइन्न । कतिपय धार्मिक कार्यकालागि हाँस र हाँसको फुल नै चाहिन्छ । हाँस कुखुराको मासुको राम्रो विकल्प हुन सक्छ । सरकारीस्तर नेपालका प्रायः सबै मत्स्य विकासफार्महरूमा माछासँगै हाँस पाल्ने […]