कृषकको समस्या-बिज्ञको जवाफ

नेपालमा टिमुर खेतिको सम्भावना

हामी सबैले सानैबाट सुन्दै आएको कुरा- “नेपाल जैविक विविधताले भरिपूर्ण देश हो।” यस सुन्दर भुमिमा हजारौं किसिमका जिवजन्तु तथा वनस्पतिहरु पाइन्छ।वनस्पतीकै कुरा गर्दा आज हामी टिमुर बारे जानकारी लिनेछौं। हुन त टिमुर बारे धेर-थोर ज्ञान सबैमा हुन्छ। हामिले दैनिक रुपमा यसको उपभोग गरिरहेकै हुन्छौं। हाम्रो भान्साघरमा धेरैजसो यसको प्रयोग मसलाको रुपमा र चटनी बनाउन हुन्छ […]

अदुवामा मलखाद, छापो व्यवस्थापन तथा ब्रुनी निकाल्ने प्रक्रिया

अदुवा (Zingiber officinalis L.) जिन्ज़ीबरेसि (zingiberaceae) परिवार अन्तर्गत पर्ने मसला बाली हो्र पानीको निकासको राम्रो व्यावस्था भएको कालो, हलुका तथा खुकुलो माटो र चिस्यानयुक्त उष्णरउपोष्ण हावापानी अदुवा खेतिको लागि उपयुक्त मानिन्छ । ४० देखि ५० ग्रामको स्वस्थ र पोटिलो बिउ गानो लाई ३० से.मि. को दुरी कायम गरी फाल्गुन देखि चैत्र महिनामा रोप्न सिफारिस गरिएको […]

लहरे बालीको उत्पादनमा तेस्रो पुस्ता कटिङ्ग (3G cutting) को महत्व

विगत समयमा रसायनिक कीटनाशकको अत्याधिक प्रयोगको कारण, परागसेचनको (pollination) लागि जिम्मेवार फाइाजनक कीराहरू एकदमै कम हुँदै गाएरहेका छन्। नतिजस्वरुप, क्यूकुरबिटेसिएई (cucurbitaceae) परिवारका तरकारीहरूमा एकदम नराम्रो परागसेचन हुन्छ। क्यूकुरबिटेसिएई परिवारमा काक्रो, लौका,करेला, घिरौंला, फर्सी र अन्य धेरै समावेश छन्। नराम्रो परागसेचनको कारण कम फल लाग्ने , फल लगेपनि धेरै सानो फलहरू लाग्ने र आमा बिरुवा mother […]

समृद्ध कृषिको बलियो आधारः बहुउपयोगी तितेपाती झार

हाम्रो देश नेपाल प्राकृतिक सम्पदाहरुले भरिपूर्ण देश हो, जहाँ हरेक कुना कन्दरामा अमृतरुपि बोटबिरुवा उमृएका पाइन्छन् । हाम्रै नजर सामुन्ने हामी दिनहुँ निकै धेरै आर्थिक , संस्कृतिक , धार्मिक तथा आयुर्वेदिक महत्व र सम्भावना बोकेका बोटबिरुवाहरु तथा जडिबुटीहरु देखिरहेका हुन्छौं तर हामी नजरअन्दाज गरिदिन्छौ किनकि यत्रतत्र छरिएर उम्रिएका झारहरुले आर्थिक आर्जन र समृद्धिका सम्भावनाहरु बोकेका […]

वास्तु अनुसार बाख्रापालन व्यवसायबाट कसरी धेरै आम्दानी गर्ने ?

यो ब्रह्माण्ड, पृथ्वी, हाम्रो शरीर, हाम्रो कर्म क्षेत्र सबै पञ्च तत्वबाट बनेको हुन्छ। पञ्चतत्व भन्नाले जल, जमिन, वायु, आकाश र अग्नि तत्वलाइ बुझिन्छ। हरेक संरचना निर्माण गर्दा वास्तु मिलाउनु पर्दछ। जसरी व्यवसाय गर्दा हामीले आफ्नो दाजुभाइ, इष्टमित्र, बैंक, सरकार आदिको साथ सपोर्ट खोजेर काम सुरु गर्छौं त्यस्तै वास्तु भनेको प्रकृतिको साथ एवम् सपोर्ट हो। हाम्रो […]

अलैँची खेती प्रबिधि

अलैंची पहाडी भेगमा पाइने एक महत्वपूर्ण निर्यातमुखी, औद्योगिक, नगदे एवं आयुर्वेदमा प्रयोग भएको पुरानो मसलावाली हो । छैटौं शताब्दीदेखि यसको बारेमा उल्लेख गरिएको छ । प्राचिन इतिहासकाल देखि नै जङ्गली अवस्थामा अलैंची रहेको हुंदा भारतको सिक्किमनै यसको उदगम स्थलका रुपमा अड्कल गर्न सकिन्छ । आदिवासी लेप्चाले नै प्राकृतिक जङ्गलबाट पहिला अलैंचीको क्यापसुल बटुली औषधि र […]

काँक्रो खेती गर्दै हुनुहुन्छ ? यस्तो छ खेती गर्ने विधि र उपयोगिताहरु (भिडियोसहित)

काँक्रो Cucurbitaceae परिवारमा पर्दछ । यसको बैज्ञानिक नाम Cucumis sativus हो । यो एक वर्षीय बाली हो । यसको खेती पहाड देखी तराई सम्म गर्न सकिन्छ । यसले अत्याधिक चिसो र तुषारो सहन सक्दैन । हावापानी : काँक्रो न्यानो तथा गर्मी मौसमको बाली भएकोले यसलाई लामो समय सम्म न्यानो तापक्रमको आवश्यकता पर्दछ । यसको बोट बृद्धि […]

अङ्गुर खेती प्रबिधी र यसको उपयोगिता

अङ्गुर एक बहु-उपयोगी ,स्वादिष्ट र पोषण तत्त्वले भरिपुर्ण फल हो । अङ्गुरको अङ्ग्रेजी नाम (Grape) हो भने बैज्ञानिक नाम (Vitis vinifera, Lubrusca)हो । यो फल नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमै फेमस एक झुप्पे फलफूल हो। तराई देखि उच्च पहाडसम्म खेती गर्न सकिने एकमात्र फलफूलमा अङ्गुर पर्दछ। उत्त्पति : यसको उत्त्पति दक्षिण पुर्बी एसियाको भुमध्यसागरिय छेत्र […]

बालीमा लाग्ने कीरा नियन्त्रण गर्ने घरेलु उपाय

बालीमा लाग्ने कीरा नियन्त्रण गर्ने घरेलु उपाय सम्बन्धी केहि जानकारीहरु । १. असुरोः गाउँघरमा पाइने असुरोको पात र डॉठलाई खेत, बारीमा छापोको रुपमा माटोमा प्रशस्त राख्ने गरे फेंद काट्ने र माटोमुनि लुकीबस्ने खुम्रे कीराहरुलाई नियन्त्रण गर्न सकिन्छ । २. खरानी र कृषि चुनः खरानी र कृषि चुनलाई एकै ठाउँमा मिसाई खेत बारीमा प्रयोग गर्ने गरेमा […]

घिरौंला खेती प्रविधि

घिरौला ग्रीष्म–वर्षा यामको लहरे तरकारी बाली हो । यसका कलिला फल तरकारी पकाएर खाइन्छ । यसको औषधिय महत्व छ । यसको सेवनले खानामा रुची बढाउँछ । यसले मुटु तथा पेटका रोगीलाई फाइदा पु¥याउँदछ । १. घिरौंला कस्तो तरकारी बाली हो ? घिरौला ग्रीष्म वर्षा यामको लहरे तरकारी बाली हो । यसका कलिला फल तरकारी पकाएर […]