अङ्गुर एक बहु-उपयोगी ,स्वादिष्ट र पोषण तत्त्वले भरिपुर्ण फल हो । अङ्गुरको अङ्ग्रेजी नाम (Grape) हो भने बैज्ञानिक नाम (Vitis vinifera, Lubrusca)हो । यो फल नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमै फेमस एक झुप्पे फलफूल हो। तराई देखि उच्च पहाडसम्म खेती गर्न सकिने एकमात्र फलफूलमा अङ्गुर पर्दछ।

उत्त्पति :

यसको उत्त्पति दक्षिण पुर्बी एसियाको भुमध्यसागरिय छेत्र र अमेरिकी माहादिपमा भएको मानिन्छ ।

जलबायु :

अङ्गुर खेती यसको जातअनुसार विभिन्न क्षेत्रमा गर्न सकिन्छ । समुन्द्र सतहबाट करिब १५०० मिटर सम्म यसको खेती गर्न सकिन्छ । यसको खेतिका लागि लामो समयसम्म गर्मी हुने स्थान उपयुुक्त हुन्छ तर तुसारो र सुख्खा यसले सहन सक्दैन । अङ्गुरका लागि चाहिने औसत तापक्रम करिब २०- ४० °c  उपयुुक्त मानिन्छ। अङ्गुर लगाइसकेपछी बडने समयमा पानि पर्नु राम्रो हुन्छ । तर, फलफुल्ने र फल लाग्ने समय त्यति उपयुक्त मानिदैन । फल फल्ने बेला वर्षा भएमा फल कम लाग्छ,फल पाक्ने समयको वर्षा ले फललाइ फुटाउने गर्दछ।

माटो :

अङ्गुर खेती प्राय: सबै प्रकारको माटो जस्तै : बलौटे ,दोमट ,वालुबा मिसिएको र पानी नजम्ने माटोमा यसको खेती सफलतापुर्बक गर्न सकिन्छ। अङ्गुर बिरुवाले अम्लिय माटो भन्दा हलुका क्षारिय माटो मन पराउछ। माटोको PH करिब ५.५ देखि ६.५ सम्म उपयुक्त मानिन्छ।

जग्गा छनोट :

जग्गा छनोट गर्दा पारिलो ,सिचाइको सुबिधा भएको , सुर्यको प्रकाश सजिलै पर्ने दक्षिण वा पुर्बी दक्षिण फर्केको भएमा निकै राम्रो हुन्छ । हल्का भिरालो खालको जमिन भएमा पानि जम्ने सम्भावना रहदैन ।

रोप्ने तरिका :

सर्बप्रथमत सम्मो जमिनमा बर्गकार रेखांकन गरेपछि अङ्गुर रोप्ने दुरिमा करिब एकमिटर गहिरो र एकमिटर चौडाइ भएको खाल्डो पुषमा खनी करिब १५-२० दिन छोड्नु पर्दछ।३-४ मिटरको दुरिमा बिरुवा रोप्न सकिन्छ। १५-२० दिन पछि आबसयक मल माथिल्लो भागको माटोमा मिलाएर खाल्डो पुर्नु पर्दछ।

रोप्ने समय :

सामान्यता अङ्गुरको बिरुवा पुष-माघ तिर लगाउने गरिन्छ तर पोलिब्यागमा उमारेको बिरुवा अन्य समयमा पनि लगाउन सकिन्छ। प्राय हागा काटेर यसको बिरुवा तयार गरिन्छ। करिब २०-२५cm को पेन्सिल साइजको हागा काटी अक्सिजन हर्मोन प्रयोग गरि बिरुवा तयार गरिन्छ।

जातहरु :

रेड ग्लोब , केआर व्हाइट मिडिका आदि यसका राम्रो उत्पादन दिने जातहरु हुन ।

उपयोग :
अंगुर एक स्वादिष्ट फल भएकोले यसलाई विभिन्न किसिमले उपयोग गर्ने गरिन्छ । यसलाई ताजा फल देखि सुख्खा फल (दाख),जुस,वाईन,ब्राण्डी र जेलीको रुपमा उपयोग गरिन्छ ।

१. अंगुरको सेवनले अपच र कब्जियतको समस्या कम हटाउँछ ।

२. अंगुरको नियमित सेवनले हृदयघातको जोखिम धेरै मात्रामा कम गर्दछ ।

३. यसको सेवनले हड्डि बलियो बनाउँछ ।

४. अंगुरको सेवनले छालाको सौन्दर्य बढाउँछ ।

५. मधुमेहका कारण आँखामा हुने समस्याबाट बच्न अंगुरको सेवन लाभदायी हुन्छ ।

६. अंगुरको नियमित सेवनले अल्जाईमर रोग लाग्नबाट बचाउँछ ।

७. अंगुरमा गुल्कोजको मात्रा पाइने भएकाले शरीरलाई फूर्तिलो बनाउँछ ।

मलखाद :
मलखादले विरुवालाई स्वस्थ र बलियो,दिर्घायू बनाउनु का साथै फलको गुणस्तर तथा उत्पादन उत्पादकत्वमा महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले सिफारिस गरेको मलखादको मात्रा अनिबार्य प्रयोग गर्नु पर्दछ । बयस्क बगैंचाको लागी भिन्न देशमा भिन्न मात्रामा मलखादको सिफारिस गरिएको छ ।

सिंचाई :
अन्य फलफुल खेतीको तुलनामा अंगुर खेतीमा न्यून सिंचाईको सुविधाले पुग्दछ । तर पनि अंगुरको विरुवाको जरा धेरै गहिरो नजाने भएकाले चिस्यानको ख्याल गर्नु पर्दछ । मुख्य दुई अबस्थामा, पालुवा तथा फूल फुल्ने समय र फलको बृद्धि अबस्थामा सिंचाईको अनिबार्यता रहन्छ तर फल पाक्ने बेलामा सिंचाई दिनु हुदैन । हिंउद र बर्षा मौसममा सिंचाईको आबश्यकता पर्दैन ।

गोडमेलः
अंगुर बगैचामा झारपात बाक्लो भएमा हावा र प्रकाश राम्रोसंग संचार हुन पाउदैन जसले गर्दा रोग र किराको आश्रयस्थल बन्न पुग्दछ र समस्या निम्तिन सक्दछ । त्यसैले बगैचा हमेसा सफा भई रहनु पर्दछ । बगैंचा सरसफलाईको लागी दुई तरिका अबलम्बन गर्न सकिन्छ ।

१. Clean culture : खासगरी समथर जग्गामा अंगुर बगैचा लगाईएको स्थानमा झारनाशक विषादी प्रयोग गरेर बगैचाको सरसफाई गर्न सकिन्छ । विशेषगरी झारनाशक विषादीको प्रयोग बसन्त र बर्षा (spring and summer season) मा मात्र गर्नु उपयुक्त हुन्छ । यसका लागी Glyphosate नामक झारनाशक विषादी प्रति लिटर पानीमा ५ मि.लि. का दरले घोली अंगुरको पातमा नपर्ने गरी छर्नु पर्दछ ।

२.Sod culture : भिरालो किसिमको जग्गामा अंगुर बगैंचा लगाईएको स्थानमा यो विधि अपनाउने गरिन्छ । यस विधिमा बोटको वरिपरि मात्र घाँस उखेली बाँकी घाँसको चउरलाई खनजोत नगरीकन घाँस काट्ने मेशिन वा हसियाँले मसिनो गरी काट्ने गरिन्छ ।

काटछाट ( Training and pruning ):

बोटको पाट झरेपछी तर पालुवा नपलाउदै पुष-माघ महिनामा गर्नुपर्दछ। काटछाट गरिसकेपछि आबशयक बिसादी स्प्रेय गर्नुपर्दछ, यसो गर्दा धेरै लामो समयसम्म आम्दानी भित्रयाउन सकिन्छ । वर्षायाममा गोडमेल पछि त्यसबाट निस्केको झारलाइ छापोको रुपमा प्रयोग गर्न सकिन्छ। बोटलाइ निश्चित आकार र सहायता दिनको लागि फलाम , बाँस , काठ , आदिको थाग्रो दिएर लहरालाइ झुन्डाउनु पर्दछ। काटछाट गरिएका लहरालाइ साहारा दिई डोरि वा तारमा फैलाइ बाध्नु पर्दछ।

फल टिपाइ :

सामान्यता अङ्गुरमा रोपेको ३ बर्ष पछि फल लाग्न सुरु गर्दछ। एकपटक लगाएको अङ्गुर ले कम्तिमा २०-३० बर्षसम्म राम्रो फल दिन्छ। फल लगाएपछी पाक्ने समय यसको जात र लगाएको ठाउको हाबापानीमा भर पर्दछ। अङ्गुर पाक्न करिब ३-५ महिना लाग्दछ। फललाइ राम्रो सग बोटमै पाक्न दिनुपर्दछ। अङुर पाक्न करिब ३-५ महिना लाग्दछ। फललाई राम्रो सग बोटमै पाक्न दिनुपर्दछ। पाकिसकेपछी फल बिहानको समयमा टिप्ननु उपयुक्त हुन्छ।

भण्डार :

करिब ८०-९०% सापेछिक आद्रता भएको राम्ररी हाबा सचालित हुने ठाउमा भण्डार गरेर अङ्गुर लाई ६-८ महिना सुरछित राख्न सकिन्छ।

लेखक : देबिका भुसाल (कृषि तथा बन बिज्ञान बिश्वबिद्धालयमा कृषि सङ्कायमा अध्ययनरत विद्यार्थी ) / तुल्सीराम भुसाल (पूर्वाञ्चल विश्वविद्यालयमा कृषि सङ्कायमा अध्यनरत विद्यार्थी)