विगत समयमा रसायनिक कीटनाशकको अत्याधिक प्रयोगको कारण, परागसेचनको (pollination) लागि जिम्मेवार फाइाजनक कीराहरू एकदमै कम हुँदै गाएरहेका छन्। नतिजस्वरुप, क्यूकुरबिटेसिएई (cucurbitaceae) परिवारका तरकारीहरूमा एकदम नराम्रो परागसेचन हुन्छ। क्यूकुरबिटेसिएई परिवारमा काक्रो, लौका,करेला, घिरौंला, फर्सी र अन्य धेरै समावेश छन्। नराम्रो परागसेचनको कारण कम फल लाग्ने , फल लगेपनि धेरै सानो फलहरू लाग्ने र आमा बिरुवा mother plant) बाट पूर्णरूपले विकसित हुनु अगावै खस्ने जस्ता समस्याहरू देखिदै आएका छन्।

क्यूकुरबिटेसिएई (cucurbitaceae) अर्थात् गर्ड (gourd) परिवारका तरकारीहरुमा मुख्यतः दुई प्रकारका फूल फुल्ने गर्दछ, जसमा एउटा प्रकार भनेको ओर्नमेन्तल (ornamental) वा लुफ्फस् (luffus) हो। यसलाई नेपालीमा पहेंलो फुल भनेर बुझ्न सकिन्छ। जस्तै: फर्सी, करेला, घिरौंला आदि र अर्को भनेको हार्ड शेल (hard shell) यसलाई नेपालीमा सेतो फूल भनेर बुझ्न सकिन्छ। जस्तै: लौका। गर्डहरुमा फुल निस्कँदा बेकल्पिक तरिकाले ( alternativa sequence) मा पहिला ४-६ वटा नोड (node) बाट भाले फुल निस्कन्छ र पछि पोथी फुल निस्कन्छ।

भाले र पोथी फुल कसरी चिन्ने ?

पोथी फुलहरू निस्कँदा नै फूलहरूको पछाडि फल बोकेर निस्कन्छन् भने भाले फूलमा फुल मात्र हुन्छ जुन केही दिनमा झरेर जान्छ। गर्डमा चिचिला कुहिने समस्या मुख्यतः निम्न कारणले हुनेगर्दछन्,
१. पराग्सेषणको कमी हुनु,
२. औषा पर्नु,
३. चिस्यान हुनु , हाँगा मोडिनु आदि हुन।

पोथी फूलको संख्या कसरी बढाउने ?

हामीलाई थाहा छ, एथ्यलेने (ethylene) ले पोथी फूल (femaleness) को उत्पादनमा प्रेरित गर्छ। यसका साथै तेस्रो पुस्ता कटिङ्ग (3G cutting) गर्न सकिन्छ।

तेस्रो पुस्ता कटिङ्ग (3G cutting) किन,कसरी गर्ने ?

सामान्यतः बालीमा भाले र पोथी फूलको अनुपात असमान हुन्छ। पोथी फूलहरूको तुलनामा भाले फुलहरुको संख्या बढी (भाले: पोथी=१४:१) हुन्छ। तेस्रो पुस्ता कटिङ्ग (3G cutting) गरेपछि पोथी फूलको संख्या बढी भाले फूलको संख्या बराबर वा बढी (भाले: पोथी=१:२) हुन्छ जसले गर्दा ठूलो अनुपातमा उत्पादन हुन्छ।

तेस्रो पुस्ता कटिङ्ग (3G cutting) का चरणहरु (steps):

१. सबै भन्दा पहिलो, बालीलाई स्वतन्त्र रूपमा बढ्न दिनुपर्दछ जबसम्म बालीले (८-१०) फिटको उचाई प्राप्त गर्दैन। आधार (जमिन) बाट पहिलो ५ पातहरूको उचाई 5th leaf stage) सम्म कुनै पनि साइड शाखा (side branche) मुख्य शाखा (main stem) बाट विकास हुनुहुँदैन।
२.  पाँच वटा पातहररुको उचाई अगाडि यति कुनै साइड शाखा (side branche) छ भने त्यसलाई पिन्चिङ pinching) गरेर हटाउनु पर्दछ।
३. त्यसपछि बालीले (६-८) फिटको उचाई प्राप्त गरेपछि पिन्चिङ (pinching) गरेर हटाउनु पर्दछ। १२ पातहरुको उचाई प्राप्त गरेपछि मुख्य शाखा (main branch) को टुप्पोलाई पिन्चिङ (pinching) गरेर हटाउनु पर्दछ। त्यसले साइड शाखाहरूको विकासमा प्रेरित गर्छ ।
४. अब, साइड शाखाहरूले (२-३) फिटको उचाई प्राप्त गरेपछि पिन्चिङ (pinching) गरेर हटाउनु पर्दछ। यसले तेस्रो पुस्ताको शाखाहरूको विकासमा प्रेरित गर्छ र धेरै संख्यमा पोथी फूलहरुको विकास हुन्छ।

तेस्रो पुस्ता कटिङ्ग (3G cutting) का फाइदाहरु :
१. सानो क्षेत्रमा थोरै लगानीमा तीनगुणा बढी उत्पादन लिनसकिन्छ।
२. फलको आकार र गुणस्तर बढाएर आम्दानी बढाउन सकिन्छ।

तेस्रो पुस्ता कटिङ्ग (3G cutting) गर्दा ध्यान दिनुपर्ने कुराहरु :
१. वाली अंकुरण (germination) भएपछि, ५ पातको उचाइ सम्म कुनै साइड शाखाहरू आउँदिनु हुँदैन किनभने ती शाखाहरूमा पोथी फूलको विकास हुँदैन।
२. माटो सुक्खा हुनु हुँदैन। माटोमा उचित आद्रता हुनुपर्दछ।
३. सूर्यको प्रकाश उचित मात्रामा विरुवामा पर्नुपर्दछ।
४. कटिङ्ग (cutting) को लागि प्रयोग गरिने औजार खिया नलागेको, सफा र धारिलो ब्याक्टेरिया भाइरस मुक्त हुनुपर्दछ।

के हामीले तेस्रो पुस्ता कटिङ्ग (3G cutting) गरेर मात्र हुन्छ ?

उत्पादन बढाउनको लागि तेस्रो पुस्ता कटिङ्ग गरेर मात्र हुँदैन । हामीले परागसेचन (pollination) राम्ररी भए नभएको हेर्नु पर्दछ। परागसेचन (pollination) सही र राम्ररी नभएको खण्डमा चिचिला कुहिन गर्दछन् । यदि त्यहाँ मौरीहरू ,पुतलीहरू छैन भने कृत्रिम परागसेचन गर्नुपर्दछ।

कृत्रिम परागसेचन कसरी गर्ने ?

यसका लागि भाले फूलबाट परागकण लिन पोथी फूलमा ब्रशको प्रयोगले बिस्तारै रगठ्नु पर्दछ वा भाले फूललाई टिपेर पोथी फुलमथि उल्टो पारेर (pollen) झरिदिनु पर्दछ। साँझको समयमा पोलेन चलायमान हुने हुनाले कृतिम परागसेचन साँझको समयमा गर्नुपर्दछ।