अर्थ/बजार

१ लाख ७२ हजार हेक्टर जमिनमा सिंचाइ पुर्याउन ६७ अर्ब खर्च गरिंदै

काठमाडौं । सरकारले ६७ अर्ब रुपैयाँ लगानी गरेर १ लाख ७२ हजार हेक्टर जमिनमा सिंचाई पुर्याउने भएको छ ।खेतियोग्य जमिनमा सिंचाई पुर्याउन सरकारले सिक्टा सिंचाइ, रानीजमरा कुलरिया सिंचाइ, बबई सिंचाइ र भेरी बबई डाइभर्सन आयोजनाको निर्माण गरिरहेको छ । आगामी ३ वर्षभित्र यी सबै आयोजना सम्पन्न भई थप १ लाख ७२ हजार ७६ हेक्टर क्षेत्रमा […]

उखु किसानलाई रकम भुक्तानी नदिने उद्योगी कारबाहीमा

काठमाडौं। चिनी उद्योगले उखु किसानलाई दिनुपर्ने भुक्तानी दिन अटेर गरेपछि सरकारले त्यस्ता उद्योग सञ्चालकलाई नियन्त्रणमा लिई कारबाही गर्न सुरु गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको पहलमा उखु किसानलाई भुक्तानी दिन अटेर गर्ने उद्योगीलाई नियन्त्रणमा लिई भुक्तानी उपलब्ध गराउन दबाब दिन सुरु गरिएको हो । वर्षौंदेखि उद्योगीले उखुबापतको रकम नदिएपछि भुक्तानीका लागि राष्ट्रिय […]

पशुपन्छी क्षेत्रको विकासका लागि विश्व बैंकको ९ अर्बको परियोजना

काठमाडौं। पशुपन्छी क्षेत्रको विकासका लागि विश्व बैंकको ठूलो लगानी भित्रिएको छ। विश्व बैंकले ‘लाइभस्टक सेक्टर इन्नोभेसन’ आयोजनामार्फत नेपालमा लगानी गर्न लागेको हो। यो आयोजनामा विश्व बैंकले आठ अर्ब र नेपाल सरकारले एक अर्ब गरी कुल नौ अर्ब रुपैयाँ लगानी हुनेछ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार गत माघ ७ गते विश्व बैंकसँग यो आयोजनाका […]

अदुवा निकासीमा भारतको अवरोध खुकुलो बन्दै

फिदिम । अदुवाले राम्रो मूल्य पाउन थालेपछि पूर्वी पहाडि जिल्लाका किसान उत्साहित भएका छन् । अदुवाको मुख्य सिजनमै प्रतिमन ५ सय रुपैयाँले बिक्री गर्न पनि मुस्किल भएको अदुवा अहिले प्रतिमन १ हजार ६ सय रुपैयाँमा बिक्री हुन थालेपछि किसान उत्साहित भएका हुन् । अदुवा निकासीमा भारतको अवरोध हट्दै गएपछि किसानले राम्रो मूल्य पाएका हुन् । […]

नेपाल चल्लामा परनिर्भर, वार्षिक ६५ करोड भन्दा बढिको चल्ला आयात

चितवन। कुखुरा उत्पादनमा झण्डै आत्मनिर्भर बनेको नेपाल कुखुरा उत्पादन आवश्यक पर्ने चल्लामा भने परनिर्भर छ । नेपालमा वार्षिक ६५ करोड ५६ लाख मूल्यबराबरको एकदिने माउ चल्ला आयात हुने गरेको छ । लेयर्स माउ चल्ला अमेरिका र जर्मनीलगायत मुलुकबाट र ब्रोइलर माउ चल्ला श्रीलंका, थाइल्याण्ड, मलेसिना, भारत, फिलिपिन्सलगायतका मुलुकबाट आयात हुँदै आएको छ । वार्षिक एक […]

चिया लोगोमा विवाद

इलाम। सरकारले शनिबार विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको नेपाली चियाको अन्तर्राष्ट्रिय लोगो विवादमा परेको छ। जिल्लाका चिया किसान र उद्यमीले केही ठूला उद्योगीको पुरानै लोगोलाई ‘नयाँ लोगो’ भन्दै सार्वजनिक गर्नु हास्यास्पद र एकाधिकार बजारको सूचक भएकोसमेत गुनासो गरेका हुन् । हजारौं चिया किसान र उद्योगीसँग सल्लाह नै नगरी लोगो […]

आँप उत्पादनमा वृद्धि

धनुषा। धनुषासहित तराईका जिल्लामा यसवर्ष आँप उत्पादनमा वृद्धि हुने भएको छ। यसवर्ष आँपको रुखमा सबैतिर मज्जर (आँपको फूल) बढी मात्रामा लागेको देखेर किसान हर्षित भएका छन्। क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरका किसान रामदेव यादवले प्राय सबैतिर आँपको बगैचामा शुरुदेखि नै राम्रो फूल लागेको हुँदा गत वर्षभन्दा यसवर्ष आँप दोब्बर उत्पादन हुने बताए। जिल्ला कृषि विकास कार्यालयले […]

कृषि क्षेत्रमा नेपाल र भारतको सहकार्य:तीन बुँदे सहमति

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको राजकीय भ्रमणका क्रममा कृषि क्षेत्रमा भारतसँग सहकार्य गर्नेगरी तीन बुँदे सहमति गरेका छन् । शनिबार दुई देशको कृषि क्षेत्रमा एक अर्कासँग सहकार्य गरेर अघि बढ्ने गरी तीन बुँदे सहमति भएको हो । सहकार्यको घोषणा भने दुवै देशका कृषि मन्त्रालयले गर्ने सहमतिमा उल्लेख छ । सहमति अनुसार कृषि क्षेत्रको अनुसन्धान, […]

भारतबाट भित्रिने कुखुरा र अण्डा रोक्न माग

विराटनगर। सीमापार भारतीय बजारबाट कुखुरा र अण्डा भित्रिने क्रम नरोकिँदा नेपालमा उत्पादित मासु तथा अण्डाले मूल्य नपाएकोे किसानले गुनासो गरेका छन् । खुल्ला सिमानाका कारण मोरङ, सुनसरी तथा झापामा भारतबाट अण्डा तथा कुखुरा भित्रिने गरेका कारण नेपालको उत्पादन विस्थापित हुने खतरामा पुगेको किसानले गुनासो गरेका हुन् । नेपालका कुखुरा पालक किसानले उत्पादन गरेको अण्डा र […]

राहत नपाएको माछापालक किसानको गुनासो

विराटनगर। मोरङका माछापालक किसानले बाढीले पु¥याएको क्षतिबापतको राहत नपाएको भन्दै गुनासो गरेका छन् । गत साउन २८ गते वर्षात्पछि आएको बाढीका कारण पुगेको क्षतिबापतको राहत नपाएको भन्दै उनीहरूले गुनासो गरेका हुन् । मोरङमा बाढीका कारण सात सय किसानको पाँच करोड बराबरको क्षति पुगेको दाबी माछापालक किसान सङ्घका अध्यक्ष बलराम प्रसाईको छ । उहाँका अनुसार कृषि […]