अर्थ/बजार

हावाहुरीले चितवनको कृषि क्षेत्रमा करोडौँको क्षति

रत्ननगर। चितवनमा केही दिनअघि आएको हावाहुरी सहितको असिनापानीले कृषि क्षेत्रमा रु ४२ करोड ५० लाखको क्षति भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ। प्रारम्भिक विवरणअनुसार केरामा मात्रै रु ४० करोडको क्षति भएको र बाँकी तरकारी तथा मकैमा रु दुई करोड ५० लाखको क्षति भएको कार्यालयका प्रमुख सुधिर श्रेष्ठले बताए । “अहिलेसम्म साढे ४२ करोड […]

कृषिमा परनिर्भरता बढ्दै,चालू आवमा जीडिपीमा योगदान २७% मात्रै कायम हुने अनुमान

काठमाडौं। कृषिप्रधान मुलुक भनेर चिनिने नेपालको कूल गार्हस्थ उत्पादनमा पछिल्लो समयमा कृषि क्षेत्रको योगदान घट्दै गएको छ । चालू आर्थिक वर्ष २०७४/७५ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडिपी) मा कृषि तथा वन क्षेत्रको योगदानमा कमी आउने प्रक्षेपण गरिएको छ । गत आव २०७३र७४ को तुलनामा चालू आवमा जीडीपीमा यस क्षेत्रको योगदान १ दशमलव १५ प्रतिशत […]

शुक्रबारदेखि हर्ब्स आयुर्वेदा एक्स्पो

काठमाडौं। नेपाल हर्ब्स  तथा हर्बल उत्पादक संघले सातौ नेपाल हब्र्स आयुर्वेदा एक्स्पो, २०१८ आगामी शुक्रबारदेखि आयोजना गर्ने भएको छ । यसअघि नेपाल उद्योगबाणिज्य महासंघसँग सह–आयोजक भएर अन्तर्राष्ट्रिय ब्यापार मेलामा प्रर्दशनी गर्दै आएकोमा यस बर्षदेखि संघ आफैले यो मेला आयोजना गर्न लागेको हो । ‘अमृत जडीबुटी तपोभूमीको सकल्प, प्रयोग गरौ आरोग्य जीवनको विकल्प, स्वस्थ्य र सुखी […]

चिया दिवसमा भोजपुरको चिया

भोजपुर। राष्ट्रिय चिया दिवसको उपलक्ष्यमा थामडाँडा टेम्के सिलिचुङ चिया कृषि सहकारी संस्थाले एक कार्यक्रम गरी चिया दिवस मनायो । कार्यक्रममा संस्थाका अध्यक्ष गणेश राईले भोजपुरमा प्रधान कार्यालय भएको संस्थाले भोजपुर, खोटाङ, सोलुखुम्बु र संखुवासभा गरी चार जिल्लालाई कार्यक्षेत्र बनाएको र हालसम्म ३५० शेयर सदस्य भइसकेको तथा ५०० सदस्य पुर्याउने लक्ष्य रहेको जानकारी दिए । पूर्व […]

कृषिमा ५ वर्षयताकै न्यून बजेट

काठमाडौं। आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रमा ५ वर्ष यताकै न्यून बजेट विनियोजन हुने देखिएको छ। मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने, कुल गार्हस्थ उत्पादनमा कृषिको भूमिका बढाउने तथा कृषिमार्फत् निर्यातमुखी अर्थतन्त्र स्थापना गर्ने सरकारको लक्ष्य भए पनि यस क्षेत्रमा सरकारी बजेट भने खुम्चिएको छ। कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयको बजेट चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा […]

बिचौलिको अन्त्य नभए सम्म किसानले उचित मूल्य पाउँदैनन्:मन्त्री तामाङ

काभ्रे। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तमाङले किसानले तरकारी बिचौलिया मार्फत नभई उपभोक्ता सामु बेच्न पाउनुपर्ने बताएका छन् । बजारहरुले किसानहरुलाई उचित मूल्य दिई व्यावसायिक कृषिमा जोड दिनुपर्ने बताउँदै बिचौलियाहरुको अन्त्य गरिनु पर्ने उनले बताए । मन्त्री तामाङले तरकारीजन्य वस्तुहरुको आयातमा राज्यले अर्बौ रुपैंया विदेश पठाउनु परेको अवस्था रहेको बताएका छन् । […]

प्रदेश ३ को बजेट १ अर्ब २ करोड,दुग्ध विकास बोर्ड र सुरुङमार्ग प्राथमिकतामा

हेटौँडा। प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले चालू आर्थिक वर्षका लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । त्यसमध्ये चालू खर्चतर्फ ५४ दशमलव ३७ प्रतिशत अर्थात् ५५ करोड ४८ लाख ६० हजार रुपैयाँ विनियोजित गरिएको छ । प्रदेश सरकारले पुँजीगत खर्चतर्फ ५४ दशमलव ६३ प्रतिशत अर्थात् ४६ […]

कृषिउपजमा शुल्क नलिन भारतको दबाव, नेपालको अर्थतन्त्र चौपट बनाउने दाउ

काठमाडौं। कृषिजन्य उपजमा शुल्क नलिन भारतले नेपाललार्इ दबावमै राखेको छ । हाल भारत र चीनबाट आयात हुने कृषिजन्य वस्तुमा नेपालले पाँच प्रतिशत ‘कृषि सुधार शुल्क’ उठाउँदै आएको छ । तर, यो शुल्क घटाउनुपर्ने दबाव भारतले नेपाललाई दिँदै आएको छ । पहिल्यै सल्टिसकेको दाबी गरिएको यस विषयले  काठमाडौंमा सुरु वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समिति (आईजीसी) को बैठकमा […]

बारामा दुई अर्ब मूल्य बराबरको गहुँ उत्पादन

कलैया। यस वर्ष बारामा करीब रु दुई अर्ब मूल्य बराबरको गहुँ उत्पादन भएको छ । खाद्यान्न बालीमा दोस्रो स्थानमा रहेका गहुँबाली बारामा आव ०७४-७५ मा कूल २९ हजार हेक्टर क्षेत्रफलमा गरिएको थियो । नेपाल २९७, भृकुटी, विजय, आदित्य, नेपाल ९७१ र डब्लु १४०४ जातको गरिएको गहुँखेतीबाट प्रतिहेक्टर दुई दशमलव ८० मेट्रिक टनले रु एक अर्ब […]

चिनीको भन्सार महशुल दर घटाउन माग

विराटनगर। विदेशबाट आयातित चिनीको भन्सार मूल्यांकन दर घटाउन व्यापारीले माग गरेका छन् ।उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रुपमा पत्रकार सम्मेलन गरि  व्यवसायीले भारत तथा तेस्रो मुलुकबाट आयातित चिनीको भन्सार मूल्यांकन दर घटाउन माग गरेका हुन् । नेपाल सरकारले भारत तथा तेस्रो मुलुकबाट आयातित चिनीको भन्सार महशुल ५० प्रतिशत बढाएको छ । विगतमा १५ […]