अर्थ/बजार

भुक्तानी नपाएपछि उखु किसान आन्दोलित

नवलपरासी। एक वर्ष बित्दा समेत भुक्तानी नपाएको उखु किसानहरुले आन्दोलनको चेतावनी दिएका छन्। चाडबाड नजिकिँदै जाँदा उखु बेचेको रकम चिनी मिल सञ्चालकहरुले भुक्तानी नगरेकाले आन्दोलनको बिकल्प नभएको उनीहरुले बताए। किसानहरुले प्रतापपुरको बेलाटारीमा उखु कृषकहरुको बृहत् भेला गरेर आन्दोलनमा जाने निर्णय गरेका हुन्। उनीहरुले माग पूरा नभए असोज १२ देखि त्यस क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्ग अनिश्चितकालीन […]

मासुमा पनि भारतकै भर, आयात टनका टन निर्यात शून्य

ललितपुर। नेपाल कृषिमा आधारित अर्थतन्त्र भएको मूलुक हो । पशुपालन व्यबसायलाई विविधिकरण, व्यवसायीकरण, आयमुलक तथा सम्मानित पेशाको रुपमा विकास गरी राष्ट्रिय उत्पादनमा योगदान पुर्याउने उदेश्यले २०५२ साल श्रावण १ गते गठन भएको पशु सेवा विभाग, २०७५ साल असार मसान्तसम्म मासुमा नेपाललाई आत्मनिर्भर बनाउने हो भन्दै कम्मर कसेर लाग्यो । तर ,२०७४ सालको सुरुमा नेपालमा संघियताको […]

अब चियाखेतीको पनि बिमा

ललितपुर। बिमा समितिले चिया बिमालेख जारी गर्ने तयारी गरेको छ । कृषकहरूको मागलाई ध्यानमा राखी बिमालेख निर्माणको कार्य अन्तिम चरणमा पुगेको समितिले जनाएको छ  । तर, चियाखेतीको बिमा गर्न न्यूनतम ०.०५ हेक्टर क्षेत्रफलको जग्गामा खेती गरेको हुनुपर्ने समितिका उपनिर्देशक कुन्दन सापकोटाले जानकारी दिए । उनका अनुसार बिमा गर्ने चिया अधिकतम ७५० बोट (गाँज) सम्मको हुनुपर्नेछ । यस्तो भएमा […]

आयात रोके लगत्तै चिनीमा मूल्यवृद्धि

ललितपुर। स्वदेशी उद्योगलाई संरक्षण गर्ने उद्देश्यले सरकारले चिनीको आयातमा सीमा तोकेको एक हप्ता नबित्दै व्यापारीले मूल्य बढाएका छन् । यसअघि ६५ देखि ६८ रुपैयाँ प्रतिकिलो रहेको चिनी प्रतिकिलो ७५ देखि ८० रुपैयाँमा बेच्न थालिएको छ । यसअघि स्वेदेशी चिनीको मूल्य ७५ रुपैयाँसम्म थियो भने बजारमा आयातित चिनी ६५ देखि ६८ रुपैयाँसम्ममा पाइन्थ्यो । तर आयात […]

हरियो चिया पत्ती उत्पादनमा कमी

ललितपुर। पछिल्लो समय हरियो चिया पत्ती उत्पादनमा कमी आएको छ । उत्पादन कम हुँदा चिया प्रशोधन गर्ने कारखानालाई सधैँ हरियो पत्तीको अभाव हुने गरेको छ । केन्द्रीय तथ्याङ्क विभाग र चिया तथा कफी विकास बोर्डले गरेको सर्वेक्षण अनुसार नेपालमा चिया प्रशोधन गर्न एक सय १३ उद्योग सञ्चालनमा छन् । चिया प्रशोधन उद्योगको वार्षिक तयारी चिया […]

चालक सङ्घर्ष समितिको आन्दोलनका कारण बन्दरगाहमै थन्कियो मल

वीरगञ्ज। नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा बन्दरगाहमा थन्किएको छ । नेपाल स्वतन्त्र सवारी चालक सङ्घर्ष समितिले मङ्गलबारदेखि आन्दोलन गरेका कारण ढुवानी गर्न नसक्दा सो मल बन्दरगाहमै थन्किएको हो । ढुवानी हुन नसक्दा किसान चर्को मूल्यमा मल किन्न बाध्य छन् । भारतबाट तस्करी गरी ल्याइएको ५० किलो तौलको युरिया मल रु एक हजार २०० […]

चिनीमा सरकारकै सिन्डिकेट

काठमाडौं। स्वदेशी उद्योग प्रवद्र्धनको नाममा चाडबाडका मुखमा सरकारले वार्षिक एक लाख टन मात्रै चिनी आयात गर्न पाउने व्यवस्था गरेपछि भाउ बढेर उपभोक्ता मारमा पर्ने भएका छन् । प्रधानमन्त्री केपी ओलीको इच्छाअनुसार आइतबारको मन्त्रिपरिषद् बैठकले वार्षिक एक लाख टन मात्रै चिनी आयात गर्न पाउने निर्णय गरेको हो । नेपाली उद्योगबाट उत्पादित चिनीले आयातीतसँग प्रतिस्पर्धा गर्न नसकेर बिक्री नभएको […]

१४ करोडको लगानीमा तयार भएको तरकारी बजार संचालन

भरतपुर। १४ करोडको लगानीमा नारायणगढका व्यापारीहरुले निर्माण गरेको तरकारी बजार सोमबारदेखि सञ्चालनमा आएको छ । यसअघिको तरकारी बजार साँघुरो र अव्यवस्थित भएपछि व्यवसायीहरुले १४ करोड लगानीमा नयाँ बजार बनाएका हुन् । बर्षौदेखि लायन्सचोकमा तरकारी तथा फलफूलको ब्यापार गर्ने व्यापारीहरु बाजा गाजा बजाउँदै भरतपुर महानगरपालिका २ क्षेत्रपुरमा बनेको नयाँ तरकारी बजारमा सरेका छन् ।नयाँ तरकारी बजार […]

खाद्य संस्थानलाई दशैंको उपहार मकवानपुर र दाङबाट खसी, मुस्ताङबाट च्याङग्रा !

ललितपुर। नेपाल खाद्य संस्थानले यसपालीको दशैंलाई खसी र च्याँङग्रा राजधानीमा ल्याउने तयारी गरेको छ । संस्थानले मकवानपुर र दाङबाट खसी ल्याउने भएको छ । यस्तै मुस्ताङबाट च्याँङग्रा ल्याउने जानाकरी दिएको छ । संस्थानले दशैैंको लागि २ हजार खसि र च्याङग्रा काठमाडौं ल्याउने भएको हो । खसी र च्याङग्रा ढुवानी कार्य अन्तिम चरणमा पुगेको खाद्य संस्थानका […]

प्रतिलिटर दूधमा एक रुपैयाँ अनुदान कार्यक्रमले निरन्तरता पाउने

ललितपुर। दूध उत्पादन र बजारीकरण सहकारीमा आवद्ध कृषकलाई यस वर्ष पनि सरकारले सात करोड रुपैयाँ अनुदान दिने भएको छ । पशु सेवा विभागअन्तर्गत पशु उत्पादन निर्देशनालय, केन्द्रीय गाईभैंसी प्रवद्र्धन कार्यालयले दूध उत्पादनमा संलग्न किसानलाई दूध उत्पादन र बजारीकरणमा प्रोत्साहनका लागि आर्थिक वर्ष ०७२/७३ देखि प्रतिलिटर दूधमा एक रुपैयाँ थपिदिने कार्यक्रम संचालन गरेको थियो। आर्थिक वर्ष […]