अर्थ/बजार

तरकारीले मूल्य नपाउँदा किसान चिन्तित

लमही। उत्पादन भएको तरकारीले बजार नपाउँदा लमहीका किसान चिन्तित छन् । तरकारीले उचित बजार र मूल्य नपाउँदा उत्पादन भएका तरकारी सस्तोमा बेच्न उनीहरू बाध्य छन् । अहिले तीतेकरेला प्रतिकिलो रु पाँचदेखि १०, काँक्रा प्रतिकिलो रु १० देखि १५, लौका प्रतिकिलो रु ५ देखि १०, बोडी प्रतिकिलो रु १५ देखि २०मा बेच्नु परेको लमही नगरपालिका–७ घुम्नाकी […]

खाद्य संस्थानले शुक्रबारदेखि खसी, बोका विक्री गर्ने

ललितपुर। नेपाल खाद्य संस्थानले शुक्रबारदेखि दसैंका लागि खसी, बोका र च्याङग्रा विक्रीवितरण सूरु गर्ने भएको छ । नेपाल खाद्य संस्थान, बागमती अंचल कार्यालयले थापाथलीस्थित कार्यालय परिसरबाट शुक्रबारदेखि दसैंका लागि खसी, बोका र च्याङग्रा विक्रीवितरणको काम सुरु गर्ने जानकारी गराएको हो । संस्थानका लागि बागमती अंचल कार्यालय प्रमुख सुरेन्द्रराज विष्टले बिक्रीका लागि बिहिबार बिहानसम्म ९० वटा […]

चिनी आयातमा लगाइएको कोटा प्रणाली खारेज गर्न निर्देशन

ललितपुर। वार्षिक एकलाख मेट्रीक टन मात्र चिनी आयात गर्न पाउने व्यबस्था खारेज गर्न संसदको उप–समितिले सरकारलाइ निर्देशन दिएको छ । संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उप–समितिले चिनी आयातमा सरकारले लागू गरेको सिमित कोटा प्रणाली खारेज गर्न सुझाव दिएको हो । लेखराज भट्टको संयोजकत्वमा बनेको उप–समितिले बिहीबार लेखा समितिका सभापति भरत शाहलाई अध्ययन प्रतिवेदन बुझाउँदै […]

उखु किसानको पैसा तिर्न सक्दैनौं : चिनी उत्पादक संघ

ललितपुर। चिनी उत्पादक संघले पाँच दिन भित्र उखु किसानको बक्यौता रकम तिर्न नसक्ने जनाएको छ । चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले पाँच दिन भित्र किसानको बक्यौता रकम तिर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएको निर्देशनप्रति आपत्ति जनाउनुुभयो । सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिको मंगलबार बसेको बैठकमा उहाँले चिनीको बक्यौता तिर्न सरकारले आफूहरुको गोदाममा थन्किएर […]

चिनीको खुद्रा मूल्य तोकियो

काठमाडौं। चाडबाडको मुखमा व्यवसायीले चिनीमा मनलाग्दी पैसा असुल्न थालेपछि सरकारले प्रतिकिलो ७० रुपैयाँ खुद्रा मूल्य तोकेर बढीमा बिक्री गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । आयातमा बन्देज लगाएको बहानामा व्यापारीले ‘स्टक’ चिनीमा आफूखुसी मूल्य बढाएर एक किलोको ८५ रुपैयाँसम्म लिन थालेका थिए । सरकारले वार्षिक करिब एक लाख टन मात्रै आयात गर्न पाउने निर्णय गर्नुअघि […]

चिनीको मूल्य किलोको ६३ रुपैयाँ निर्धारण गर्न संसदीय समितिको सरकारलाई निर्देशन

ललितपुर। प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बैठकले बजारमा देखिएको चिनीलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि एवं अभावसम्बन्धी अध्ययन गर्न एक उपसमिति गठन गरेको छ । समितिको बिहीबार बसेको बैठकले सांसद लेखराज भट्टको संयोजकत्वमा गठित सो समितिमा सांसद प्रदीप यादव, पार्वता डिसी चौधरी, प्रेम आले र चन्दा चौधरी रहेका छन् । उपसमितिलाई सो विषयमा अध्ययन गरी समितिसमक्ष प्रतिवेदन […]

हायात र सोल्टी होटलमा मनाङको अर्गानिक आलु

मनाङ । मनाङमा फलाइएका अर्गानिक आलुको माग देशका तीन तारे र पाँचतारे होटलहरुबाट आउन थालेको छ । काठमाडौंका हायात होटल, सोल्टी होटलमा समेत यहाँका आलुको परिकार बन्ने गरेको छ । विगत केही वर्षयता मनाङका आलुको चर्चा हुन थालेको छ । वर्षको एक याम मात्र खेती हुने यस ठाउँमा आलु मुख्य बालीको रुपमा रहिआएको छ । […]

बारामा दुई अर्ब ६३ करोड भन्दा बढीको माछा उत्पादन

वीरगञ्ज। माछापालनका लागि उर्बरभूमि मानिएको बारामा वार्षिक रु दुई अर्ब ६३ करोड ७० लाख बराबरको माछा उत्पादन भए पनि ३० प्रतिशत माछा छिमेकी मुलुक भारतबाट आयात गर्नुपर्ने अवस्था छ । माछामा पर निर्भरता कायमै छ । प्रत्येक वर्ष बारामा १० हजार ३५ हेक्टर क्षेत्रफलमा माछापालन गरिँदै आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा सुपर […]

अदुवाको उचित मूल्य पाएपछि कृषक उत्साहित

पाँचथर। जिल्लाका किसान अदुवाको उचित मूल्य पाएपछि उत्साहित भएका छन् । सिकानले यसपालि अदुवाको बेचेर पोहोरभन्दा दोब्बर आम्दानी लिएका छन् । पोहोर यहाँका किसानले माउ अदुवा सरदर प्रतिकिलो रु २५ मा बेचेका थिए । यस वर्ष चरणचरण गरेर प्रतिकिलो रु ४० देखि रु ७५ सम्ममा बिक्री गरेका छन् । सरदर प्रतिकिलो रु ५० मा माउ […]

भुक्तानी नपाएपछि उखु किसान आन्दोलित

नवलपरासी। एक वर्ष बित्दा समेत भुक्तानी नपाएको उखु किसानहरुले आन्दोलनको चेतावनी दिएका छन्। चाडबाड नजिकिँदै जाँदा उखु बेचेको रकम चिनी मिल सञ्चालकहरुले भुक्तानी नगरेकाले आन्दोलनको बिकल्प नभएको उनीहरुले बताए। किसानहरुले प्रतापपुरको बेलाटारीमा उखु कृषकहरुको बृहत् भेला गरेर आन्दोलनमा जाने निर्णय गरेका हुन्। उनीहरुले माग पूरा नभए असोज १२ देखि त्यस क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्ग अनिश्चितकालीन […]