मलमा चरम घोटाला, वाली लाइसकेपछि आएको मल ३ देखी १० किलोसम्म कम
काठमाडौं। धानको बाला लाग्ने बेला किसानले युरिया मलको चरम अभाव झेले। ढिला गरी सरकारले ल्याइदिएको छ तर जोख्दा सबजसो बोरामा ताल कम पाइएको छ। सरकारी स्वामित्व रहेको कृषि सामग्री कम्पनीले बिशाखापट्टनमबाट वीरगञ्ज सुख्खा वन्दरगाहमा भित्र्याएको मलका हरेक बोरामा निक कम पाइएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले १० किलोसम्म कम पाएको आफूले सुनेको […]





