अर्थ/बजार

बिचौलियाको छानबिन शुरु

ललितपुर। कालीमाटी फलफूल तथा तरकारी बजार बोर्डले कालीमाटी बजारभित्र नियमविपरीत व्यापारी गर्ने ९८ जना व्यापारीको छानबिन सोमबारदेखि सुरु गर्ने भएको छ । बोर्डले मागेको लिखित स्पष्टीकरण पेस गरेका ९४ जना व्यापारीको सोमबारदेखि छानबिन सुरु गर्ने भएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिचौलियाको सूचीमा परेका ९८ जना व्यापारीलाई यसअघि ९ गतेसम्म […]

उखुको भुत्तानी नदिने चार उद्योगीलाई पक्राउ गर्न गृहको निर्देशन

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा ४ जना चिनी उद्योगीलाई तत्काल पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले निर्देशन दिएकोछ। चिनी उद्योगका सञ्चालकहरुले अटेर गरी उखु किसानलाई समयमा भुक्तानी नदिएको अभियोगमा उद्योग मन्त्रालयले ४ ठूला उद्योगीलाई पक्राउ गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो। गृह मन्त्रालयले अन्नपूर्ण सुगर एण्ड जेनेरल इन्डष्ट्री प्रालि सर्लाही र […]

प्रतिवर्ष १९ अर्बको खाद्यान्न आयात

काठमाडौँ । कृषिको परनिर्भरता उच्च बिन्दुमा पुगेपछि यसप्रति सर्वत्र चिन्ता व्यक्त भएका छन् । उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार राजधानीमा आयोजित कृषि वैज्ञानिकको राष्ट्रिय भेलामा जल, जमीन र जनशक्ति पर्याप्त भए पनि कृषिको परनिर्भरता बढेको भन्दै चिन्ता व्यक्त गरे । नजिकै रहेका कृषिराज्यमन्त्री रामकुमारी चौधरीले उपराष्ट्रपति नन्दबहादुर पुनको विचार ध्यानपूर्वक सुने । त्यहाँ मन्त्रीको प्रशंसा त […]

डीडीसीको दूधमा सोडा

काठमाडौं। सरकारी स्वामित्वको दुुग्ध विकास संस्थान (डीडीसी) कै दूधमा खाने सोडा पाइएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुुसार डीडीसीबाट संकलन गरिएका नमुनामा खाने सोडा प्रयोग भएको भेटिएको हो। गर्मीयाममा दूध फाट्नबाट जोगाउन प्रशोधनकर्ताले खाने सोडा प्रयोग गर्ने गरेका छन्। खाने सोडा दूधमा प्रयोग गर्न प्रतिबन्ध छ। ‘जाडोयाममा सोडा प्रयोग भएको कहिले […]

फलफूल उद्योगमा ४ अर्ब चिनियाँ लगानी आउने

ललितपुर। नेपालमा फलफूल उत्पादन र प्रसोधन उद्योगमा चिनियाँ लगानीकर्ताले ४ अर्ब बढी लगानी गर्ने भएका छन्। चीन भ्रमणमा रहेका प्रधानमन्त्ती केपी शर्मा वलीसँगै गएका नेपाल उद्योग वाणिज्य महासंघसँग चिनियाँ लगानीकर्ताले नेपालमा ४ अर्ब ६ करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरेका छन्। फलफूल उद्योग स्थापनाका लागि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र चिनियाँ लगानीकर्ताबीच […]

विदेशमा रहेका नेपालीलाई वैदेशिक रोजगार बचतपत्र खुल्यो

ललितपुर। नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका नेपालीलाई लक्षित गर्दै १० प्रतिशत ब्याजदरको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको छ । विशेषगरी वैदेशिक रोजगारीमा कार्यरत कामदारको परिवारलाई आर्थिक रूपले सम्पन्न बनाउने उद्देश्यले निष्कासन गरिएको यस वैदेशिक रोजगार बचतपत्रको ब्याज हरेक ६ महिनामा भुक्तान गर्ने राष्ट्र बैंकले जनाएको छ । यसैगरी यस बचतपत्रको समयावधि पाँचवर्षे रहेको छ […]

कृषि बीमा गर्दा दुर्घटना बीमा अनिवार्य गर्नुपर्ने

काठमाडौं । बीमा समितिले कृषि बीमा गर्ने कृषकको पनि अनिवार्य रुपमा दुर्घटना बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । कृषकलाई कृषि बीमाप्रति आकर्षण गर्न समितिले यस्तो व्यवस्था गरेको हो । कृषि बीमा गरेका कृषकहरुको दुई लाखसम्म दुर्घटना बीमा हुन्छ । दुर्घटनामा परेर मृत्यु हुने कृषकले मात्रै यस्तो योजनाबाट क्षतिपूर्ति बापतको रकम पाउनेछन् । बीमा समितिका उपनिर्देशक […]

तरकारी व्यवसायीलाई ९ गते देखि कार्बाही

ललितपुर। कालिमाटी फलफुल तथा तरकारी बजारमा कार्यविधि उलंघन गरेर व्यवशाय गर्ने व्यापारीलाई लिखित स्पष्टिकरण पेश गर्न दिएको म्याद आइतबार सकिएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले एक हप्ताको म्याद दिएर उनीहरुलाई कारबाही गर्ने भनेपनि व्यापारी पत्र बुझ्न नआएपछि कारबाही प्रक्रिया लम्विएको हो । आइतबार कारबाहीका लागि म्याद सकिएको भएपनि कालिमाटी फलफूल तथा तरकारी […]

शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण लिने हो ? तुरुन्तै आवेदन दिनुस्

काठमाडौं। राष्ट्रिय युवा परिषदले असार भित्रै शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ । परिषदले चालु आर्थिक बर्षको कार्याक्रम अन्तर्गत शैक्षिक योग्यताको प्रमाण पत्र धितोमा राखेर ३५ जनालाई ऋण दिन लागेको छ । परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले १५ दिन भित्र जिल्ला कार्यालयहरुबाट आवेदन दिन आव्हान गरेको बताए । उनले प्रमाणपत्र धितो राखेर […]

मापदण्ड नभएको डेरीलाई कारबाही शुरु

काठमाडौं। मापदण्ड अनुरुप दूध उत्पादन नगरेका डेरी उद्योगहरुलाई सरकारले प्रचलित खाद्य ऐन अनुसार कानूनी कारवाहीको प्रक्रिया अगाडी बढाएको छ । सोमबार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालको नेतृत्वमा राजधानीमा गरिएको अनुगमनमा २५ दूध प्रशोधन उद्योगका ४२ ब्राण्डका दूधका नमुना संकलन गरी केन्द्रीय खाद्य प्रयोगशाला परीक्षण गरिएको थियो । परिक्षणको क्रममा १७ नमूनामा चिल्लो […]