
ललितपुर। नेपालमा फलफूल उत्पादन र प्रसोधन उद्योगमा चिनियाँ लगानीकर्ताले ४ अर्ब बढी लगानी गर्ने भएका छन्।
चीन भ्रमणमा रहेका प्रधानमन्त्ती केपी शर्मा वलीसँगै गएका नेपाल उद्योग वाणिज्य महासंघसँग चिनियाँ लगानीकर्ताले नेपालमा ४ अर्ब ६ करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरेका छन्।
फलफूल उद्योग स्थापनाका लागि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र चिनियाँ लगानीकर्ताबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।
उक्त परियोजनाको कार्यान्वयन गर्न अन्य कामहरु द्विपक्षीय छलफलबाट तय गरिने बताइएको छ।