पाल्पामा धान उत्पादन पन्ध्र प्रतिशतले वृद्धि

पाल्पा । यहाँका किसान दसँैतिहार सकेर धान काट्न, सुकाउन, खलो बनाउन, दाई लगाउने चटारोमा छन् ।बिहानदेखि साँझसम्म खेतको धान भित्र्याउन किसानको चहलपहल बढेको हो । यस वर्ष समयमा वर्षा भएको र रोग तथा कीराले नसताएकाले धानको बाला राम्रो हुनुका साथै बढी फलेको देखिन्छ । रुप्से गाविस– २, खहरेखोलाकी शान्ति कोइरालले विगतका वर्षको तुलनामा यसवर्ष धानबाली […]

कृषि मन्त्री चौधरीको पद धरापमा

काठमाडौं। सरकार बनेको लामो समयसम्म आफ्नो मन्त्रीहरुबाट सोचेअनरुप काम नभएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो मन्त्रीहरुसँग आक्रोशित  रुपमा प्रस्तुत भएका छन् । सरकारमा सहभागी आफ्नो दलका मन्त्रीका कामकारबाही समेत प्रभावकारी बन्न नसकेको भन्दै प्रधानमन्त्री दाहालले शुक्रबार पार्टीसम्बद्घ मन्त्रीहरुलाई बालुवाटार बोलाएर जिम्मेवारीमा ध्यान दिन आग्रह गरेका थिए । किसान संजाल र माओवादी केन्द्व निकट अखिल नेपाल किसान […]

मुडेको आलु अब ‘‘ब्रान्ड’’मा

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको मुडेमा उत्पादित आलुलाई ‘ब्रान्ड’ दिइएको छ । जिल्ला कृषि विकास कार्यालयले स्थानीय उत्पादनलाई मुलुकमै पहिलोचोटी ‘ब्रान्ड’ दिएपछि जिल्लाको पूर्वीगाउँ जेठल (मुडे) को आलु राजधानी भित्र्याइएको हो । ‘ट्यागिङ’ र ‘प्याकिङ’ सहित ब्रान्ड नाम दिएपछि यहाँ उत्पादित अर्गानिक आलु काठमाडौं पु¥याइएको हो । उपत्यकालगायत छिमेकी जिल्लामा समेत लोकप्रिय आलुलाई ‘मुडेको गुणस्तरीय आलु’ ब्रान्ड दिइएको […]

मरिच खेती प्रविधि

कमल नयन पन्त स्नातक तह(कृषि विज्ञान) कृषि तथा वन विज्ञान विश्वविद्यालय परिचय मसलाको राजा भनेर चिनिने मरिच एक बहुबर्षे, सदाबहार, लहरे झाड हुने वाली हो । यसको बोट लहरे झाङ हुने भएकाले यसलाई सहाराको आवश्यकता पर्छ । यसको वानस्पतिक नाम पाइपर निग्रम(Piper nigrum) हो जुन पिपरेसी (piperaceae) परिवार अन्तर्गत वनस्पति जगतमा पर्छ । यो वालीमा […]

बुटवलमा दैनिक ३५ क्विण्टलसम्म भित्रन थाल्यो सुन्तला

रुपन्देही । बुटवलमा दैनिक रुपमा ३५ क्विण्टलसम्म सुन्तला भित्रन थालेको छ। कात्तिक महीना शुरु भएदेखि नै बजारमा सुन्तलाको खरीद/बिक्री शुरु भए पनि रुपन्देहीमा भने तिहार लगत्तै औपचारिक रुपमा सुन्तलाको कारोबार शुरु भएको हो ।बुटवल कृषि उपज तथा थोक बजार केन्द्रका अध्यक्ष कलाधर पन्थीले बुटवल कृषि उपज केन्द्रमा अहिले दैनिक ३० देखि ३५ क्विण्टलसम्म सुन्तला भित्रिएको […]

किसानको अदुवा दुई वर्षदेखि बारीमै

बागलुङ। परम्परागत बाली लगाउन छाडेका बागलुङको विकट गाऊँ सल्यानका किसान अदुवाले बजार नपाउँदा चिन्तित बनेका छन् । भौगोलिक विकटताका कारण सहज रुपमा बजार पु¥याउन नसकिने र बजार पु¥याएपनि दुःख अनुसारको मूल्य नपर्ने भएका कारण किसानहरु चिन्तित बनेका हुन् । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनको लक्ष्यका साथ उत्पादन बृद्धिको अभियानमा लागेका सल्यान ढावका १५ परिवारले उत्पादन […]

औषधिका रुपमा जडीबुटीको प्रयोग बढ्दो

काठमाडौँ। औषधिको रुपमा प्रयोग हुने जडीबुटीको सङ्ख्यामा वृद्धि भएकोे छ । बनस्पति विभागले सात हजार फूल फुल्ने बनस्पतिमध्ये ८१९ प्रजातिका वनस्पति औषधिका रुपमा प्रयोग हुँदै आएको जनाएको छ । विभागका प्रवक्ता सुधीता बासुकलाले २०६५ सालको तुलनामा ११८ प्रजातिका जडीबुटी वृद्धि भएको जानकारी दिनुभयो । विसं २०६५ मा ७०१ जडीबुटी औषधिका रुपमा प्रयोग भएकामा अहिले सो […]

बागलुङमा ४० करोडभन्दा बढी मूल्यको आलु उत्पादन

बागलुङ। बागलुङमा यो वर्ष ४० करोडभन्दा बढी मूल्य बराबरको आलु उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार एक हजार हेक्टर क्षेत्रफलमा गरिएको बर्खे आलु खेतीबाट ११ हजार ६ सय ९४ मेट्रिक टन उत्पादन भएको छ । यस वर्ष एकै सिजनमा ४० करोड ९० लाख रुपैयाँ बराबरको आलु उत्पादन भएको कार्यालयका कृषि प्रसार प्रचार […]

म्याग्दीका भेडापालक किसानका लागि यो बर्ष ७० लाख रुपैयाँ बजेट

म्याग्दी। जिल्लाको उत्तरी भेगमा भेडापालक किसानका लागि यो बर्ष सरकारले ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। जिल्ला पशु सेवा कार्यालय मार्फत कालिगण्डकी करिडोरका भेडाबाख्रा पालक किसानलाई सहयोगका लागि उक्त बजेट आएको हो। भेडापालनलाई थप व्यवसायिक बनाई जिल्लालाई उन र मासुमा आत्मनिर्भर गराउन सहयोग गर्ने उद्देश्यले पशु उत्पादन निर्देशनालय र केन्द्रीय भेडाबाख्रा प्रवर्धन कार्यालय मार्फत […]

अर्घाखाँचीका किसान हाते ट्रयाक्टरको प्रयोगतर्फ आकर्षित

अर्घाखाँची। अर्घाखाँचीका किसान हाते ट्रयाक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् ।जिल्ला कृषि विकास कार्यालय अर्घाखाँचीले सहुलियत अनुदानमा ट्रयाक्टर वितरण गर्न थालेपछि उनीहरुले ट्रयाक्टरको प्रयोग बढाएका हुन् । जिल्ला कृषि विकास कार्यालयले गत असोज महिनामा थप २० वटा हाते ट्रयाक्टर वितरण गरेको छ । यस आर्थिक बर्षमा कृषि प्रसार कार्यक्रम अन्तरगत २० वटा हाते ट्रयाक्टर केहि महिना […]