विदेशबाट फर्किएर तीन करोड रूपैयाँको लगानीमा आधुनिक गाईपालन

धनकुटा । वैदेशिक रोजगारबाट फर्किएर धनकुटा परेवादिन गाविसका एक यूवाले आफ्नै गाउँमा करोडौं रूपैयाँ खर्च गरेर आधुनिक गाई फार्म सञ्चालनमा ल्याएका छन् ।वैदेशिक रोजगारका क्रममा सात वर्ष कतार बसेर फर्किएका नाम्जाङ ७ का ४४ वर्षिय भरत गुरुङले तीन करोड रूपैयाँको लगानीमा आफ्नै गाउँमा उक्त फार्म खोलेका हुन् । विदेशबाट फर्किएर २०६८ सालबाट रू. पाँचलाखकोे लगानीमा […]

चिराइतोको मूल्य घट्न थालेपछि किसान चिन्तित

इलाम । चिराइतोको मूल्य घट्न थालेपछि किसान चिन्तित भएका छन् ।आलु, मकै, गहुँ जस्ता खाद्यान्न बाली मासेर चिराइतो सुरु गरेका किसान बर्सेनि चिराइतोको मूल्य ओरालो लागेपछि चिन्तित भएका हुन् । जिल्लाको २६ गाविसका किसानले खाद्यान्न बाली मासेर नगदेबालीका रूपमा चिराइतो लगाएका हुन् । “उचित मूल्य नपाउँदा लगानी समेत उठ्ने अवस्था छैन,” ९३ रोपनी जमिनमा चिराइतो […]

नेपालमा अण्डाको उत्पादन २५ प्रतिशतले घट्यो

चितवन । नेपालमा विगत एक दशकयता वैधानिक रुपमा बिक्री गर्नका लागि छिमेकी मुलुकबाट अण्डा आयात गरिएको छैन ।देशको उत्पादनले माग धानिरहेको व्यवसायीले बताइरहेका छन् । सरकार औपचारिक रुपमा नेपाल अण्डामा आत्मनिर्भर भएको भनेर घोषणा गर्ने तयारीमा छ । तर यतिबेला अण्डाको उत्पादन भने निकै घटेको छ । सरकारको तथ्याङ्क अनुसार ६४ जिल्लामा २१ हजार ९५६ […]

अन्धविश्वास हट्दै गएपछि कोटदेवलका बासिन्दाले दूध बिक्री गर्न थाले

बझाङ। बझाङको कोटदेवलका बासिन्दाले गाईभैँसीको दूध बिक्री गर्न थालेका छन् । गाईभैँसीको दूध बेच्न हुँदैन भन्ने अन्धविश्वास बिस्तारै हट्न थालेपछि कोटदेवलका बासिन्दाले दूध बिक्री गर्न थालेका हुन् । दूध बिक्री गर्दा गाईभैँसीले दूध कम दिने परम्परागत धारणाका कारण बझाङका धेरै ग्रामीण बस्तिमा दूध बिक्री गरिँदैन । महिला महिनावारी हुँदा समेत दूध, दही घिउ लगायत दूधका […]

सिन्धुलीका किसान मौरीपालनतर्फ आकर्षित

सिन्धुली। सिन्धुलीमा व्यावसायिक मौरीपालक किसानको संख्या बढ्दै गएको छ । जिल्ला कृषि विकास कार्यालयले आर्थिक तथा प्राविधिक सहयोग गर्न थालेसँगै मौरीपालन गर्नेको संख्या बढ्दै गएको हो । मौरीपालनबाट श्रमअनुसारको आम्दानी हुने किसानहरू बताउँछन् । कतिपय किसानले वार्षिक ६५ देखि ७० घार मौरी बिक्रीसमेत गर्ने गरेका छन् । एक घार मौरीले वर्षमा १५ केजीसम्म मह उत्पादन […]

शितल चिनी (सहिजन) खेति प्रबिधि (moringa olifera )

परिचयः शितल चिनी तराई तथा मथ्य पहाडमा छिटो तयार हुने रुख जुन मानव खाद्य पदार्थ, औषधी, रंग, घाँस तथा पानी शुद्धिकरणमा प्रयोग हुने अपहेलित बाली हो( सहिजन) । यसको उत्पति हिमालयको दक्षिणी भेकमा भएको मानिन्छ । यो विभिन्न देहमा विभिन्न नामले चिनिन्छ । यसलाई ड्रम पिट्ने लठी जस्तो भएकोले अंग्रेजीमा Drum stick भनिन्छ तथा जराको […]

अदुवाले मूल्य नपाएपछि किसान चिन्तित

पाल्पा । पाल्पाको प्रमुख नगदेबाली अदुवाले मूल्य नपाएपछि यहाँका किसान चिन्तित बनेका छन् । दसँै–तिहारका बेला अदुवाको राम्रो बजार मूल्यको खोजीमा रहेका किसानले अदुवाको मूल्य ओरालो लागेपछि झनै समस्यामा परेका हुन् । गत वर्ष प्रतिकिलो एक सय २० भन्दा माथि रहेको अदुवा अहिले ५० रुपैयाँभन्दा कम मूल्य भएपछि अदुवाको कारोबार प्रभावित भएको छ । विशेषगरी […]

डडेल्धुरामा उत्पादित बीउको मूल्य निर्धारण

डडेल्धुरा।डडेल्धुरामा उत्पादन गरिने कृषि तरकारीको बीउको मूल्य निर्धारण गरिएको छ ।बीउ व्यवसायी र किसानबीच बजार व्यवस्थापनसम्बन्धी गरिएको अन्तरक्रियामा तरकारीको बीउको मूल्य निर्धारण गरी खरिद बिक्री गर्ने दुई पक्षीय सम्झौता गरेको छ । डडेल्धुरामा उत्पादित सिमी प्रतिकिलो १६०, भिण्डी १२०, बोडी २००, केराउ १२०, मूला २१०, चम्सुर १५०, रायो, पालुंगो, धनिया र स्विसचार्ड २०० रुपैयाँ तोकिएको […]

तिहारमा मुस्ताङबाट पाँच हजार च्याङग्रा बाहिरिए

मुस्ताङ। नेपालीको दोस्रो ठूलो पर्व तिहारमा हिमाली जिल्ला मुस्ताङबाट पाँच हजार च्याङग्रा बाहिरिएका छन् । दसँैभन्दा तिहारमा एकदमै न्यून मात्रामा च्याङ्ग्रा बाहिरिन्छन् । दसँैमा यसबर्ष २१ हजार भेडाच्याङग्रा निर्यात भएको थियो । जिल्ला कृषि विकास कार्यालय मुस्ताङले म्याग्दी र मुस्ताङको सिमाना घासाबाट हरेक दसैँ र तिहारमा जिल्लाबाट बाहिरिने भेडाच्याङ्ग्राको तथ्याङ्क सङ्कलन गर्दै आएको छ । […]

कार्तिकको दोश्रो हप्तासम्म मुस्ताङबाट रु २३ करोडको स्याउ निकासी

मुस्ताङ। हिमाली जिल्ला मुस्ताङबाट २३ करोड मूल्य बराबरको स्याउ निकासी भएको छ ।भदौ अन्तिमसातादेखि कात्तिकको दोस्रो हप्तासम्म २३ करोडको स्याउ बिक्री भइसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अझै आठ करोडको हाराहारीमा स्याउ निर्यात हुने कृषि विकास कार्यालयका योजना अधिकृत तप्तबहादुर गुरुङले जानकारी दिए । ‘गत वर्ष मुस्ताङमा चार हजार ७०० मेट्रिक टन स्याउ […]